डाक्टर कुटपिट घटनाका आरोपित गिरफ्तार
जिल्ला अस्पतालमा कार्यरत मेडिकल सुपरिटेन्डेण्ट ३२ वर्षीय डाक्टर सन्तोष राईलाई कात्तिक ३ गते कार्यकक्षमा कुटपिट घटनाका आरोपितलाई प्रहरीले गिरफ्तार गरेको छ ।
डाक्टर कुटपिट गरेको आरोपमा प्रहरीले इनरूवा नगरपालिका-६ का ३४ वर्षीय खेमराज थापालाई ०८१ कात्तिक ५ गते गिरफ्तार गरेको हो ।
जिल्ला अस्पतालमा उपचारका लागि भर्ना गरिएको एक जना बिरामीको रिपोर्ट गलत दिएको आरोपमा डाक्टर सन्तोष राईलाई कुटपिट घटनाका आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी रामप्रसाद तिमल्सिनाले बताउनु भयो ।
जिल्ला अस्पतालका कर्मचारी तथा चिकित्सकहरूले दोषीलाई कारबाही गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीलाई ज्ञापनपत्र बुझाएका छन् ।
इनरूवा नगरपालिकाका-६ का वडाध्यक्ष सुमन थापाको निर्देशनमा उहाँका भाई ३४ वर्षीय खेमराज थापाले डाक्टरको कार्यकक्षमै कुटपिट गरेको पीडित डाक्टरले बताउनु भयो ।
राष्टिय स्वतन्त्र पार्टी, नेकपा एमाले र नेकपा माओवादी केन्द्र तथा अस्पतार सुधार सर्घष समितिले घटनाको विरोधमा दोषीलाई कारबाहीको माग गर्दै ज्ञापनपत्र बुझाएका हुन् ।
मानव अधिकार रक्षकसम्बन्धी घोषणापत्र सन् १९९८ ले चिकित्सकलाई मानव अधिकार रक्षकका रूपमा परिभाषित गरेको छ ।
जयकृष्ण यादव
सम्बन्धित समाचारहरू
सामूहिक बलात्कार घटनाका आरोपितहरू गिरफ्तार
१४ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा भोटेकोशी गाउँपालिका— ४ का ३३ वर्षीय सुनिल पौडेल, सोही ठाउँका ३० वर्षीय सविन कार्की, २७ वर्षीय राजेश कार्की र ३० वर्षीय पाण्डे घिसिङ…
बलात्कार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा ३५ वर्षीय एक पुरुषलाई प्रहरीले ०८१ चैत ४ गते गिरफ्तार गरेको छ । आरोपितले चैत १ गते बेलुकी आफ्नै घरमा सुतिरहेकी छोरीलाई बलात्कार गरेको…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
२२ वर्षीया महिलालाई विवाहको प्रलोभन देखाई बलात्कारको प्रयास गरी हत्या गर्न खोजेको आरोपमा प्रहरीले भिमदत्त नगरपालिका–९ ब्रह्मदेवका २५ वर्षीय दिपक चन्दलाई ०८१ चैत ४ गते गिरफ्तार गरेको छ । पीडित…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मालिका गाउँपालिका–८, सिमलटारी स्थायी घर भइ भारतको भुपालमा काम गर्ने २४ कमल भन्ने चेत बहादुर क्षेत्रीलाई प्रहरीले चैत १ गते गिरफ्तार गरेको छ ।…
सामूहिक बलात्कार घटनाको उजुरी दर्ता
१६ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको घटनाका आरोपितहरू ४५ र ४० वर्षीय पुरुषहरूविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय सिरहामा दिएको उजुरी प्रहरीले ०८१ चैत ३ गते दर्ता गरेको छ ।…