डाक्टरहरू बिरामी जाँच्न छाडेर तलवका लागि आन्दोलित
भरतपुरस्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका चिकित्सक र अन्य कर्मचारीहरू साउन महिनादेखि बढेको तलव र ग्रेड खान नपाएको भन्दै काम नै ठप्प पारेर बसेपछि पुस १८ गते अस्पतालको सेवा प्रभावित बनेको छ । विरोधका कारण सबैभन्दा बढी अप्रेशन सेवाका बिरामीहरू प्रभावित बनेका थिए ।
पुस महिनाको १५ गते सम्म तलव खुवाउने भन्दै सञ्चालक समितिका अध्यक्ष डा. प्रकाश न्यौपानेले भने पनि सो अनुसार नभएकाले काम छाडेर बस्नुपरेको डा. अनिलविक्रम कार्कीले बताए ।
चिकित्सक र अन्य स्वास्थ्य प्राविधिक तथा प्रशासनिक कर्मचारीले काम ठप्प पारेपछि अध्यक्ष डा. न्यौपाने सोमबार नै जहाजबाट चितवन आइ कर्मचारीको गुनासो सुन्न अस्पताल पुगेका थिए । 'मैले सचिव र मन्त्री ज्यूलाई टिप्पणी उठाइसकेको छु, मन्त्रिपरिषद्को वैठक बसेलगत्तै कर्मचारीको तलव र अन्य सुविधाको समस्या हल हुन्छ ।'-अध्यक्ष डा. न्यौपानेले भने-'तलव खुवाउने काम बोर्ड वैठकबाट निर्णय गराउनु पर्ने हुन्छ । तर, अहिले बोर्ड सदस्य पूर्ण नहुनाले समस्या भएको हो ।'
अस्पतालको सेवा नै ठप्प पारेर विरोध हुन थालेपछि अध्यक्षले काममा अवरोध गर्नेलाई कारवाही गर्ने बताएका छन् । अस्पताल सञ्चालनसम्बन्धी नियमावलीमा काममा बाधा गरेमा सम्बन्धित कर्मचारीलाई कारवाही हुने नियम रहे पनि अस्पतालले हालसम्म कसैलाई पनि उचित कारवाही गर्न सकेको छैन ।
दिपेन्द्र अधिकारी
सम्बन्धित समाचारहरू
यौन दुर्व्यवहार गरेको कसुरमा दुई महिना कैद सजाय फैसला
सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालत चितवनका न्यायाधीश रितेन्द्र थापाको इजलासले रत्ननगर नगरपालिका-१३ बस्ने ४५ वर्षीय विष्णुबहादुर रानाभाटलाई ०७९ चैत १२ गते दुई महिना कैद सजाय हुने…
बलात्कार गरेको कसूरमा सात वर्ष कैद फैसला
२० वर्षीया युवतीलाई बलात्कार गरेको कसूरमा नारायण नगरपालिका–६ काँडाचौरका २१ वर्षीय राहुल सार्कीलाई दैलेख जिल्ला अदालतले सात वर्ष कैद फैसला गरेको छ । जिल्ला न्यायाधीश बलराम लम्सालको चैत १२ गतेको इजलासबाट…
पत्रकार कुटपिट घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी
गजुरी गाउँपालिका-१ निवासी नेपाल पत्रकार महासङ्घ धादिङका सदस्य तथा ग्यालेक्सी फोरके टेलिभिजनका संवाददाता ३४ वर्षीय विकास रौनियारलाई अवैध बालुवा उद्योगको समाचार र भिडियो खिचेको भनि कुटपिट गरेको आरोपमा सोही ठाउँका…
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको छ । केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको राष्ट्रिय जनगणना ०७८ को प्रतिवेदन अनुसार नेपालको कुल जनसंख्यामध्ये पुरुषको संख्या…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
३७ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले ४३ वर्षीय चैत १० गते गिरफ्तार गरेको छ । आरोपितले बहुविवाह गरेर छुट्टै बस्दै आएकोमा चैत ७ गते घरमै पुगेर बलात्कार प्रयास…