डाक्टरको लापरवाहीले बालकको मृत्यु भएको आरोपमा आफन्तजनद्वारा अस्पतालमा तोडफोड
चन्द्रपुर नगरपालिका–७ बनबहुअरीका १० वर्षीय बालक दिपेश माझीको उपचारको क्रममा डाक्टरको लापरवाहीका कारण मृत्यु भएको आरोप लगाउँदै मृतक बालकका आफन्तजनले चन्द्रपुर अस्पतालमा तोडफोड गरी क्षति पुर्याएका छन् ।
पीडितका बाबु रुपलाल माझीले छोरालाई ०७९ भदौ २० गते बिहान उपचारको लागि चन्द्रपुर अस्पतालमा लगिएको र केही समयपछि सुई लगाएर उल्टो औषधि गरेर डाक्टरको लापरवाहीका कारण मृत्यु भएको भन्ने आरोप लगाउनु भएको छ । उहाँले दोषीलाई कारवाही गर्नुपर्ने माग गर्नु भएको छ ।
अस्पतालका प्रमुख डाक्टर सुवास चौधरीले बिरामीलाई भदौ २० गते करिब ५ः३० बजे स्थानीय क्लिनिक जयशिव प्याथोलोजीमा उपचारको क्रममा जोखिम बढेको भन्दै चन्द्रपुर अस्पताल ल्याइएको र बिहान उपचारको क्रममा मृत्यु भएको बताउनु भयो ।
अस्पतालमा आउनुभन्दा पहिला क्लिनिकमा उपचार गरेको रिपोर्ट हेर्दा १२ वर्षभन्दा माथिको व्यक्तिले खाने औषधि १० वर्षको बालकलाई खुवाइएको प्रमुख डाक्टर चौधरीको भनाइ छ ।
‘जसको साइडइफेक्ट भनेको रगत बोमिट गर्ने, मिर्गौलामा समस्या हुने लगायतका लक्षणहरु हुन्छन् । बिरामी ल्याएको करिब ३० मिनेटमा बिरामीको अवस्थाको रिपोर्ट लिन नपाउँदै मृत्यु भएको हो ।’–उहाँले भन्नु भयो ।
अस्पतालमा ढुङ्गामुढा गर्दा झ्यालका शिशाहरू फुटेको र अन्य बिरामीको सुरक्षामा कठीनाइ भइरहेको उहाँले बताउनु भयो ।
अस्पतालको तर्फबाट शान्ति सुरक्षा तथा क्षतिपुर्ति सहितको निवेदन इलाका प्रहरी कार्यालय चन्द्रनिगहापुरमा दिने तयारी रहेको उहाँले बताउनु भयो ।
शवको पोष्र्टमार्टमका लागि भदौ २० गते नारायणी अस्पताल वीरगंज लगिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगहापुरका डिएसपी सन्तुलालप्रसाद जयसवालले बताउनु भयो ।
कोपिला तिमल्सिना
सम्बन्धित समाचारहरू
न्याय सम्पादनमा ढिलाईका कारण २९ वर्ष सम्मका आरोपित बालसुधार गृहमा बस्न बाध्य
बाँके जिल्ला जिल्लाको जयन्दु बाल सुधार गृहमा रहेका बालबालिकाहरूको अदालतबाट न्याय सम्पादनमा ढिलाई भएका कारण २९ वर्ष सम्मका आरोपितहरू बाल सुधार गृहमा बस्न बाध्य छन् । जसका कारण बाल सुधार…
जनप्रतिनिधिले कुटपिट गरेको पीडितको आरोप
चौदण्डीगढी नगरपालिका-९ का २८ वर्षीय राकेश हुजदारलाई वडाध्यक्ष ४३ वर्षीय प्रकाश राउतले माघ २४ गते कुटपिट गरी दायाँ हात भाँचिदिएको आरोप पीडितले लगाउनु भएको छ । चौदण्डीगढी नगरपालिका-९ पश्चिम ज्यामिरेस्थित…
दरबन्दी अनुसारका स्वास्थ्यकर्मी नहुँदा सेवाग्राही प्रभावित
सिन्धुली अस्पतालमा दरबन्दी अनुसार स्वास्थ्यकर्मी नहुँदा स्वास्थ्य सेवाग्राहीले पाउने पर्ने सेवा प्रभावित भएको छ । अस्पतालमा करिव दुई महिना देखि भिडियो एक्सरे सेवा बन्द भएको छ । जसका कारण सेवा…
बालिका हत्याको कसुरदारलाई जन्मकैदको फैसला
बर्दिवास नगरपालिका १४ सुगमवस्तीका सादिम आलमको ६ वर्षीया छोरी गुलबसा खातुनलाई ०७७ साल मङ्सिर ७ गते हत्या गरेको कसुरमा जिल्ला अदालत महोत्तरीले सोही ठाउँका २६ वर्षीय अरुण कुमार सहलाई माघ…
नाबालक छोरी हत्याको आरोपमा आमालाई जन्मकैदको फैसला
तीन वर्षीया नाबालक छोरीलाई बिष खुवाई हत्या गरेको कसूरमा दैलेख जिल्ला अदालतले माघ २४ गते आमालाई जन्मकैद फैसला गरेको छ । दाङ्ग जिल्लाको घोराही उपमहानगरपालिका–१२ रतनपुर विवाह भएकी २२ वर्षीया…