डढेको गाउँ फेरियो, अग्नी पीडितहरूको मन फेरिएन !
सिङ्गो बस्ती नै जलेर ध्वस्त भएको एक वर्ष हुनै लाग्यो । गत वैशाख १८ गते बडागाउँ १ र २ का दजाकोट र माझगाउँका ५४ घर र थुप्रै गोठ र पशु चौपाय जलेर नष्ट भए । सो घटनामा एक जनाको ज्यानसमेत गयो । करोडौँको भौतिक सम्पति छिनभरमै खरानी भयो । एउटा बर्खा कट्यो । अहिले गाउँ फेरिएर उस्तैउस्तै भएको छ । तर, मानवीय र भौतिक क्षति व्यहोरेका अग्नी पीडितहरूको मन भने फेरिएको छैन । बडागाउँ-१ दजाकोटकी हरिकला रासकोटीले आगोमा पति मात्र गुमाइनन् सम्पुर्ण श्रीसम्पती पनि बाँकी रहेन । 'त्यो दिन सम्झन सक्दिन । त्यही दिनदेखि मेरा श्रीमान र सम्पति नै रहेन ।'-उनले भनिन्-'म उस्तै छु । परिस्थति उस्तै छ ।' 'सुत्यो कि ओछ्यानमा शीतको थोपा चुहिन्छ ।'-रासकोटीले भनिन्-'टीनको छाप्रोमै एक वर्ष बित्न थाल्यो ।' 'घर नबनाए पैसा (सहयोग) पाइन्न भन्छन् । बनाएकाले पनि पाएका छैनन् ।'-उनले भनिन् । 'काठ छैन, पानी छैन । रकम भए सबै हुने रहेछ ।'-उनले गुनासो गरिन्-'सुरुमा दिएका टीनका पाताबाहेक सुक्को आएको छैन ।'
छिमेकी काली कुमारी गाहाले पनि घर बनाउन घडेरी सम्याएको धेरै भयो । तर, के ले घर ठड्याउने उनीसँग पनि कुनै उपाय छैन । 'घर गोठ जले । १४ वटा बाख्रा, भैँसी र हल गोरु एकै चोटमा मरे ।'-उनले भनिन्-'पीडा मुटुमै भएपनि घरमा बस्ने आशा पुरा भएन ।' सोही ठाउँकी मीना गाहाले भनिन्-' बर्खामा पानीको डर ! हिउँदमा चिसो ! एक वर्षम्म राहत पाइएन । राहत पाउन के गर्नुपर्छ -' उनले बरु राहत नआउनेनै भए सबैलाई आफू खुसी गर्न भने राम्रो हुने प्रतिक्रिया दिइन् ।
घर बनाउँदै गरेका बडागाउँ-१ का जुक्तबहादुर छन्तेलले तत्कालीन परिस्थिति सबैले बिर्सिएका कारण अग्नीपीडित छाप्रोमै कष्टपुर्ण जीवन बिताउन बाध्य भएको बताए । 'गाउँमा काठ, पानी र पैसा छैन, समिति काम गरेपछि राहत भन्छ ।'-उनले भने-'भएकाले त पहिले बनाउने नभएकाले कहिले -' उनले सुरुमा जिल्लादेखि केन्द्रसम्मको ध्यान बडागाउँमा भएपनि १० महिनासम्म पहिलो किस्ता नपाउँदा कोही नबोलेको गुनासो गरे । 'मेरो त केही थियो र सुरु गरेँ ।'-उनले भने-'गाउँमा कर्मी, ढुङ्गा, पानी केही छैन । त्यो बाध्यता कसले बुझने -' छन्तेलका अनुसार घरको पहिलो तल्ला, दोस्रो तल्ला र सम्पन्न भएपछि क्रमशः ३०, ३० र ४० प्रतिशत रकम भुक्तानी गर्ने निर्णय भएको थियो । तर, घर सकिन थालेपनि पहिलो किस्ता नआएको उनले गुनासो गरे ।
यम बहादुर रासकोटीको घर बनाउँदै गरेका गोपाल गाहाले प्राविधिक स्टमेट अनुसार बनाउनुपर्ने बाध्यताले पनि धेरै अन्यौलमा परेको बताए । 'आफूखुसी बनाउने भए जसोतसो धेरैले राहत पर्खिने थिएनन् ।'-उनले भने-'प्राविधिकले तयार पारेको नक्सा अनुसार बनाउन धेरैले सक्दैनन् ।' उनले गिटी बालुवा, टाढाको पानी, काठ र सिकर्मी गर्दा राहत रकमले प्राविधिक स्टमेट अनुसार एक तल्लो पनि बनाउन नसकिने बताए । बडागाउँमा आगलागीबाट ५८ घर पुर्ण क्षति भएका थिए ।
अग्नी पीडित राहत संकलन तथा वितरण समिति बडागाउँका कोषाध्यक्ष हरि छन्तेलले स्थानीय समितिले पुर्ण अधिकार नपाउँदा अर्को बर्खामा पनि अग्नी पीडित टहरोमै बस्नुपर्ने अवस्था आएको बताए । रकम भुक्तानी गर्ने प्रक्रिया झञ्झटिलो, अग्नी पीडितको वर्ग विभाजनमा विवाद, प्राविधिक समयमै गाउँ नपुग्नुलगायतका समास्या रहेका कारण पीडितहरूले समयमै राहत रकम पाउन नसकेको उनको भनाइ छ । 'गाउँमा मान्छे अझै त्रिपाल र टहरोमै बसेका छन् ।'-छन्तेलले भने-'घर बनाएर बस्ने बेला भयो पहिलो किस्ता दिन सकिएको छैन ।' उनका अनुसार बडागाउँमा क वर्गका अग्नी पीडित २८, ख वर्गका २४ र ग वर्गका ६ घरपरिवार रहेका छन् । उनीहरूले क्रमश, ३ लाख ३५ हजार, २ लाख ७० हजार र २ लाख २५ हजार रुपियाँ राहत पाउने निर्णय भएको छ । त्यस्तै आंशिक क्षति भएका गोठ १६ वटा छन् । उनीहरूले ६० हजार रुपियाँ पाउने निर्णय भएको छन्तेलले बताए ।
टोपलाल अर्याल
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कैलारी गाउँपालिकाका–३ डोङ्पुरका २० वर्षीय आरजु चौधरीलाई ०८१ माघ ३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८१ भदौ १८ गते बलात्कार…
इन्सेकका महासचिव डा. रघुनाथ अधिकारीलाई मातृशोक
इन्सेकका महासचिव डा. रघुनाथ अधिकारीकी ममतामयी आमा चन्द्रावती अधिकारीको ९२ वर्षको उमेरमा २०८१ माघ ४ गते असामयिक निधन भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का अध्यक्ष डा. कुन्दन अर्यालद्वारा…
बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा शिवराज नपा–६, पैकेबण्डाका ३० वर्षीय उमर थारु कुजडा विरुद्ध इलाका प्रहरी कार्यालय, चन्द्रौटामा ०८१ माघ २ गते उजुरी दर्ता भएको छ । पीडित महिलालाई…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा मायादेवी गाउँपालिका–६ का २३ वर्षीय मनिष कुर्मीलाई प्रहरीले ०८१ माघ २ गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले पुस २९ गते यौन दुर्व्यवहार…
सशस्त्र द्वन्द्वका पीडितको सेवा सुविधा कटौती नगर्न मुख्यमन्त्री कँडेललाई ध्यानाकर्षण
सशस्त्र द्वन्द्वका पीडितलाई राहत, परिपूरण, न्याय र संस्थागत सुधारसँग जोडिएको भत्ता सुविधा सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विषय भएकाले विगतदेखि पाउदै आएको सुविधालाई कटौती नगरी विगतमा जस्तै सुविधा यथावत पाउने गरी कार्यविधि…