डक्टर केसीलाई काठमाडौँ लगियो, झडपमा परी घाइते भएका प्रहरीको उपचार गरिँदै

२० दिनदेखि जुम्लामा अनशनरत डक्टर गोविन्द केसीलाई साउन ३ गते नेपाली सेनाको टेलिकप्टरबाट काठमाडौँ लगिएको छ । काठमाडौँ लैजाने तयारी गर्दैगर्दा उनका समर्थकले अवरोध गर्न खोजेपछि प्रहरी र उनका समर्थकबिच झडप भएको छ ।

photo201804719jumla

डक्टर केसीका समर्थक र प्रहरीबीच झडप हुँदा दर्जनौँ घाइते भएका छन् । आन्दोलनकारीले प्रहार गरेको सिसा लागेर प्रहरी जवान कमल उपाध्याय गम्भीर घाइते भएका छन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उनको उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रतिष्ठान परिसरमा नै आन्दोलनकारी र प्रहरीबिच दोहोरो झडप हुँदा लाखौँको क्षति भएको प्रारम्भिक अनुमान छ ।


मानदत्त रावल