ठेकेदारले समयमा खाद्यन्न ढुवानी नगर्दा सर्बसाधरण मर्कामा

  ०७९ साउन २९ गते

खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेड, मुगु शाखाको लागी खाद्यन्न ढुवानी गर्ने जिम्मा लिएको खड्का निर्माण सेवाले समयमा ढुवानी नगर्दा यो शाखामा खाद्यन्न लिन आउने सर्बसाधरण मर्कामा परेका छन ।

आर्थिक बर्ष ०७८।०७९ मा खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेड मुगु शाखाकोलागी खड्का निमार्ण सेवाले जिम्मा पाएको थियो । यो निमार्ण सेवाको प्रोपाईटर जुम्ला जिल्ला चन्दननाथ नगरपालिकाको उप मेयर रामदेबी ख्ड्का हुनुहुन्छ । ११ हजार क्विन्टल खाद्यन्न ढुवानीको जिम्मा पाएको खड्का निमार्ण सेवाले हालसम्म ८ हजार १ सय क्विन्टल मात्र ढुवानी गरेको र बाँकी २ हजार ९ सय क्विन्टल खाद्यन्न ढुवानी नगर्दा मुगु शाखाको गोदाममा खाद्यन्न शुन्य हुन थालेपछी खाद्यन्न लिन आउने सर्बसाधरणकालागी हप्तामा एक दिन आइतबार मात्र बिक्री वितरण गर्ने सुचना जारी गरेपछि सर्बसाधरण थप मर्कामा परेका हुन ।

सम्झौता अनुसारको खाद्यन्न ढुवानीको जिम्मा पाएको निमार्ण सेवाले समयमै ढुवानी नगर्दा खाद्यन्न अभाव भएको हो । ढुवानी भएको खाद्यन्न मध्ये ७ सय ५० क्विन्टल मात्र गोदाममा मौज्जाद रहेको छ । खाद्यन्न प्रायप्त हँुदा यो भन्दा अगाडी बिदाको दिन बाहेक दैनिक बिक्री भएको हुन्थ्यो, अहिले गोदाममा कम खाद्यन्न मौज्जाद भएका कारण दैनिक बिक्री बितरण गर्दा यो खाद्यन्न एक हप्तामै सकिने भएकाले अहिले आइतबार मात्र वितरण गरिदा सर्बसाधरणलाई मर्का पर्न गएको हो खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेड मुगु शाखाका प्रमुख पुष्कर भामले बताउनु भयो । बाँकी खाद्यन्न तत्काल ढुवानी गर्न ठेकेदार पक्षलाई ताकेता भइरहेको प्रमुख भामले जानकारी दिनु भएको छ ।

विदाको दिन बाहेक अन्य दिन खाद्यन्न लिन जाँदा सहजै रुपमा खाद्यन्न पाइने गरेको थियो । अहिले आइतबार मात्र बिक्रि गर्ने सुचनाले गाँउबाट आउने सर्बसाधरणले सबै भन्दा मर्का खेप्नु परेको छ । अन्य दिन खाद्यन्न बिक्रि नर्गर्ने भएपछी आइतबारसम्म कुर्नु भन्दा ४ सय महङ्गो तिरेर बजारबाट सर्बसाधरणले खाद्यन्न किनेर लैजाने गरेको छाँयानाथ रारा नपा–६ का राज बहादुर बुढाले गुनासो गर्नु भएको छ ।

बर्षाको बेला पानी घट्ट चलेका छैनन । अन्न पिस्ने अन्य उपकरण गाँउघरमा छैनन । यो समय बजारको भन्दा खाद्य संस्थानमा सहुलिएतमा चामल किन्न पाइन्थ्यो । खाद्य संस्थानमा १ हजार ४ सय ५० देखि १ हजार ६ सय ५० सम्म बिभिन्न जातका चामल पाइने भएपनी आइतबारमात्र बिक्रि गर्ने सुचनाले गाँउ घरबाट आउने हामी सर्बसाधरणहरू एक हप्ता कुर्नु भन्दा खाद्य संस्थानको मुल्य भन्दा बजारमा ४ सय बढी तिरेर चामल घर लैजाने गरेको छाँयानाथ रारा नगरपालिका—११ का बिर्ख बुढाले बताउनु भयो ।


जीवन सेजुवाल