ठमेलका दुई डान्सबारबाट ११ जना बालिकाको उद्धार
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), शुभ अवसर ग्राम नेपाल, मिडिया एड्भोकेसी ग्रुप (म्याग) र जिल्ला प्रहरी परिसर, काठमाडौँको समन्वयमा ठमेलस्थित दुई ओटा डान्सबारबाट ०८० असोज १९ गते राती ११ जना बालिकाको उद्धार गरिएको छ ।
जिल्ला प्रहरी परिसर, इन्सेक, शुभ अवसर ग्राम नेपाल, मिडिया एड्भोकेसी ग्रुप (म्याग) र जिल्ला प्रहरी परिसर अन्तर्गत रहेको कालिमाटीस्थित महिला बालबालिका, ज्येष्ठ नागरिक तथा दलित सेवा केन्द्रको संयुक्त उद्धार टोलीले ठमेलका विभिन्न डान्सबार र दोहोरी साँझहरूमा नाबालिकाहरूलाई जबर्जस्ती काम लगाउने गरेको सूचनाका आधारमा त्यस क्षेत्रमा अनुगमन गरेर अमिर लज एण्ड बारबाट १० जना र मिनी हेभन डान्सबारबाट १ जना बालिकाको उद्धार गरेको थियो ।
उद्धार गरेका बालिकाहरूको असोज १९ गते सोह्रखुट्टेस्थित पिपल्स मेडिकल कलेजमा स्वास्थ्य परीक्षण गरेर सिनामङ्गल स्थित सुभ अवसर ग्रामको सेफहाउसमा राखिएको छ ।
उद्धार गरिएका बालबालिकालाई मनोपरामर्श दिइ उनीहरूको आवश्यकता अनुसार पठनपाठन र तालिम प्रदान गरिने र अभिभावकको जिम्मा लगाइने शुभ अवसर ग्रामका कार्यक्रम व्यवस्थापक विकास ढुङ्गानाले बताउनु भयो ।
जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रमुख एसएसपी भुपेन्द्र खत्रीले बालबालिकाहरूलाई जबर्जस्ती काम लगाउने, शारीरिक एवम् मानसिक शोषण गर्ने र पारिश्रमिक नदिने डान्सबार सञ्चालकहरूलाई बालबालिका ऐन, २०७५ अनुसार कारबाही गरिने उल्लेख गर्नुभयो ।
विमल पौडेल
सम्बन्धित समाचारहरू
हत्या घटनाका आरोपितहरू गिरफ्तार
कलैया उपमहानगरपालिक-१ बैंक रोड स्थित नव जन्म सुधार केन्द्रमा रहेका कलैया उपमहानगरपालिक-९ का ३२ वर्षीय धिरेन्द्र मण्डल भनिने प्रदिप मण्डलको हत्या गरेको आरोपमा प्रहरीले सुधार केन्द्रका सञ्चालक सहित १० जनालाई…
हत्या घटनाका आरोपित पति गिरफ्तार
शम्भुनाथ नगरपालिका-२ की २२ वर्षीया गायत्रीकुमारी साहको हत्या गरेको आरोपमा प्रहरीले उनका पति २६ वर्षीय सन्तोष साहलाई ०८१ फागुन १ गते गिरफ्तार गरेको छ । हत्या गरी फरार रहेका आरोपितलाई…
प्रदेश खाद्य परिषद् गठनको माग गर्दै कृषि मन्त्रीलाई ज्ञापन पत्र
कर्णाली प्रदेशमा खाद्य परिषद् गठनको माग गर्दै नागरिक समाज संस्थाहरुले फागुन ०१ गते गते कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विनोदकुमार शाहलाई ज्ञापन पत्र बुझाएका छन् ।…
गाउँपालिका अध्यक्ष चढ्ने गाडीमा तोडफोड
रोहिणी गाउँपालिका–३, लक्ष्मीनगरस्थित घरभइ रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादव चढ्ने गाडीमा फागुन १ गते राति तोडफोड भएको छ । अपरिचित व्यक्तिले फागुन १ गते राति घरमा पार्किङ गरेर राखेको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा शान्तिनगर गाउँपालिका–४, जुम्लेकुलाका २२ वर्षीय चन्द्रप्रसाद नाथलाई प्रहरीले फागुन १ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितलाे माघ ३० गते बलात्कार गरेको भन्दै…