ट्राफिक प्रहरीले गरेको चेकजाँचका क्रममा विवाद, स्थानीयको आक्रमणमा परी दुई जना ट्राफिक घाइते
नेपागलगञ्ज उपमहानगरपालिका–१७ परसपुर स्थित ट्राफिक प्रहरीले जेठ ६ गते गरेको चेकजाँचका क्रममा भएको विवादपछि स्थानीयले गरेको आक्रमणमा परी ट्राफिक प्रहरी असई जङ्गबहादुर बस्नेत र ट्राफिक प्रहरी जवान मानबहादुर ठगुन्ना घाइते भएका छन् । घाइते दुवै जनाको उपचार भेरी अस्पताल नेपालगञ्जमा गरिएको ट्राफिक प्रहरीले जनायो ।
ट्राफिक प्रहरीका इन्स्पेक्टर तिलक सुनारका अनुसार चेकजाँचको क्रममा भाग्न खोजेका मेराज शेष सवार भे ११ प १२५५ नं. प्लेटको बुलेट मोटरसाइकल अनियन्त्रित भई अर्को मोटरसाइकलसँग ठोक्किनै लाग्दा जोगिने क्रममा लडेर घाइते हुनु भएको छ ।
घाइते शेषलाई प्रहरीले उद्धार गरी भेरी अस्पताल पुर्याएको थियो । शेषको उपचार सोही अस्पतालमा गरिएको थियो ।ट्राफिक प्रहरीले गरेको चेकजाँच अनावश्यक रहेको र चेकजाँचकै कारण शेष दुर्घनामा परी घाइते भएको भन्दै प्रहरीमाथि स्थानीय जाइलागेका थिए ।
ट्राफिक प्रहरी असई जङ्गबहादुर बस्नेतलाई स्थानीयले घरेलु हतियार हँसिया तथा भाँटा प्रयोग गरी आक्रमण गरेका इन्स्पेक्टर सुनारले बताउनु भयो ।
घटना लगत्तै गणेशमान चौकदेखि परसपुरसम्म ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएका थियो । शेषसँग उक्त समयमा हेल्मेट नलगाई र सवारी लाइसेन्स तथा ब्लुबुक समेत नरहेको ट्राफिक प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी रामप्रसाद घर्तीमगरले घाइतेको सामान्य अवस्था रहेकाले कानुनी प्रक्रियामा जान नपर्ने बताउनु भयो ।
लक्ष्मी थारू
सम्बन्धित समाचारहरू
श्रमको हक : पारिश्रमिक नपाएको शिक्षिकाको गुनासो
नेपालको संविधान २०७२ को धारा ३४ मा श्रमको हक सम्बन्धी व्यवस्था गरिएको छ । सोही धाराको उपधारा १ मा पारिश्रमिक लिई रोजगारदाताका लागि शारीरिक वा बौद्धिक कार्य गर्नेलाई कामदार वा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले बर्दघाट नगरपालिका–४ का २९ वर्षीय लोकबहादुर नेपालीलाई प्रहरीले जेठ २२ गते घरबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले जेठ २१ गते बलात्कार गरेको…
विकासलाई वातावरणमैत्री बनाउनुपर्छ-राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले विकासलाई वातावरणमैत्री बनाउनुपर्नेमा जोड दिनु भएको छ । विश्व वातावरण दिवसका अवसरमा जेठ २२ गते शुभकामना व्यक्त गर्दै उहाँले एक सन्देश जारी गर्नु भएको छ । सन्देशमा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सिरानचोक गाउपालिका–४ का १९ वर्षीय सौरभ कुमाललाई प्रहरीले जेठ २१ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले जेठ २० गते बलात्कार गरेको भन्दै…
मुख्यमन्त्रीलाई मानवअधिकार रक्षकको सुरक्षा र संरक्षणसम्बन्धी मस्यौदा विधेयक हस्तान्तरण
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्षडा.कुन्दन अर्याल नेतृत्वको टोलीले जेठ २१ गते मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई भेटि मानव अधिकारको सुरक्षा र संरक्षणसम्बन्धी मस्यौदा विधेयक हस्तान्तरण गरेको छ ।…