ट्रान्समिटर नहुँदा एक वर्षदेखि स्थानीय नागरिक समस्यामा
सिमकोट गाउँपालिका–२ स्थित ठेहे गाउँमा विधुतको ट्रान्समिटर नहुँदा एक वर्षदेखि बत्ति बाल्न नपाएको स्थानियले गुनासो गरेका छन् । वडाका स्थानीय बासिन्दाले पैरापोरी जल विद्युत उपभोक्ता समितिको वितरण लाइन तानेको एक वर्ष विति सक्दा पनि ट्रान्समिटर नहुँदा नागरिकले बत्ति बाल्नदेखि विभिन्न समस्या भोग्दै आएका छन् ।
गाउँमा एक बर्ष अगाडिनै सबै ठाउँको वितरण लाइन तानेर घरहरू वाईरिङ गरी सकेको भएपनि सहायक लाईन वितरणका लागि आवश्यक पर्ने ट्रान्समिटर नभएकै कारण बत्ति बाल्न नपाएपछि अन्धकारमा बस्न बाध्य भएको स्थानीय हर्कधन सुनारले गुनासो गर्नुभयो ।
उहाँका अनुसार ट्रान्समिटर जडान नभएकै कारण सोही गाउँपालिका–१ स्थित कुम्लीक सामुदायीक स्वास्थ्य इकाईमा आउने सेवाग्राही मर्कामा पर्दै आएका छन् ।सुत्केरी गराउनका लागि मङ्सिर २० गते सो स्वास्थ्य संस्थामा आए पनि विधुत अभावका कारण सुत्केरी गराउन समस्या भएको सोही स्वास्थ्य संस्थाका इन्चार्ज धन्जित भणरीले बताउनुभयो । इन्चार्ज भण्डारीका अनुसार विधुत आपुर्ति हुन नसकेपछि दैनिक दिन आउने सेवाग्राहीलाई उपचारमा समस्या हुने गरेको छ ।
त्यसै गरी स्वास्थ्य संस्थामा सुत्केरी गराए पश्चात बच्चालाई तताउने वेवी वार्मर समेत विधुत विहीन बनेको इन्चार्ज भण्डारीको भनाइ छ । गाउँका २० घरधुरी ट्रान्समिटर नभएकै कारण अन्धकारमा बस्न बाध्य भएका छन । गाउँमा उज्यालोका लागि बत्ति निर्माण गरिएको भएपनि एक वर्ष वित्दा पनि बत्ति बाल्न नपाउनु दुखको कुरा भएको अर्का स्थानीय मकविर सुनारले गुनासो गर्नुभयो ।
आफूले पटक पटक नेपाल विद्युत प्राधिकरणको हिल्दुम विद्युत वितरण केन्द्रमा गएर माग गरेपनि सो कार्यालयले कुनै सुनुवाइ नगरेको गुनासो गर्नुभयो । ट्रान्समिटर नहुँदा बालबालिकाहरूको पठनपाठनलाई प्रभावित बनाएको, सुत्केरीलाई समेत समस्या भएको सुनारको भनाइ छ ।
सो विषयमा हिल्दुम विधुत प्राधिकरण कार्यालयमा बुझ्दा ट्रान्समिटर खरिदका लागि ठेकेदार अर्विन लामालाई जिम्मा दिएको सोही कार्यालयका निमित्त कार्यालय प्रमुख मिमबहादुर कार्कीले बताउनुभयो । उहाँका अनुसार ठेकेदारले सो सामगी्र सिमकोट ल्याइसकेको र अबको केही दिनमा गाउँमा लगेर जडान गर्ने बताउनुभयो ।
नन्द सिंह
सम्बन्धित समाचारहरू
केवलकार निर्माण विवाद: २० जना प्रहरीसहित २४ जना घाइते
फुङलिङ नगरपालिका-११ पाथीभरा क्षेत्रमा केवलकार निर्माणको विरोधमा उत्रिएको ‘नो केवलकार समूह’ माथि प्रहरीले माघ १२ गते गोली चलाएको छ । केवलकार निर्माणको विरोध गर्दै आएको समूहले प्रहरीलाई आक्रमण गरेपछि प्रहरीले…
केवलकार निर्माण विवाद : प्रहरीको गोली प्रहारबाट एक जना घाइते, आन्दोलनकारीको आक्रमणमा तीन जना प्रहरी घाइते
पाथीभरा (मुकुम्लुङ) क्षेत्रमा केवलकार निर्माण विवादका क्रममा प्रहरीको गोली प्रहारबाट एक जना र आन्दोलनकारीको आक्रमणमा तीन जना प्रहरी घाइते भएका छन् । केलवकार निर्माण गर्न नदिने पक्षले ०८१ माघ १२…
बलात्कार प्रयास घटना विरुद्ध प्रहरी कार्यालयमा उजुरी
४१ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पाँचपोखरी थाम्पाल गाउँपालिका-८ का ४१ वर्षीय पदमबहादुर तामाङविरुद्ध माघ ११ गते इलाका प्रहरी कार्यालय मेलम्चीमा उजुरी दर्ता भएको छ । पीडित महिलालाई आरोपितले…
बलात्कार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी दर्ता
३० वर्षीया महिलालाई माघ ९ गते बलात्कार गरेको आरोपमा कालिञ्चोक गाउँपालिका-६ स्थायी घर भई भीमेश्वर नगरपालिका-६ बस्ने २८ वर्षीय मनिकुमार थामीविरुद्ध माघ ११ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भयो…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा मेलम्ची नपा-८ का २८ वर्षीय फुलमान गोलेलाई माघ १२ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले गत असार ४ गते बलात्कार गरेको…