ट्रष्ट पुल बगाएपछि बालबालिका विद्यालय जानबाट वञ्चित
अविरल वर्षाका कारण ट्रष्ट पुल बगाउँदा बालबालिका विद्यालय जानबाट वञ्चित भएका छन् । शिवालय गाँउपालिका–६ स्थित टुनीबगरमा आएको बाढीले ट्रष्ट बगाउँदा खोला तर्ने बैकल्पिक व्यवस्था नहुँदा एक हप्तादेखि विद्यालय बन्द भएको हो ।
भदौ २ गते आएको बाढीले पुल नै बगाइदिएपछि बालबालिका आवतजावत गर्ने बैकल्पिक व्यवस्था नहुँदा खडगदेवी माध्यामिक विद्यालय टुनीवगरका विद्यार्थी प्रभावित भएका छन् । विद्यालय पुग्न बैकल्पिक बाटो नहुँदा सञ्चालनमा आउन सकेको छैन । बाढीले पुल बगाउँदा बैकल्पिक बाटो नहुँदा सो विद्यालयमा अध्ययनरत करिव ३ सय ५० विद्यार्थीको पढाइ प्रभावित भएको छ । बाढीले पुल बगाएपछि शिलाय गाउँपालिका–६ रोकायजाँत, रिसिना, टुनीवगर, बुर्दा गाउँ बस्तीका बालबालिका विद्यालयको पठनपाठनबाट वञ्चित भएका छन् ।
बाढीले पुल बगाएपछि एक हप्ता अघि बन्द भएको विद्यालय सञ्चालनमा आउन नसकेपछि सूचना प्रकाशित गरी बन्द गरिएको थियो । शिबालय गाउँपालिका–६ का जनक बुढाले एक हप्ता अघि बाढीले पुल बगाएर विद्यार्थीलाई समस्या भए पनि सरोकारवाला निकायले ध्यान नदिँदा लामो समय विद्यालय बन्द गर्दा बालबालिका शिक्षा पाउनबाट वञ्चित भएको बताउनु भयो । गुणस्तरीय शिक्षा भन्दै गर्दा बाढी पहिरोले बाटो अवरुद्ध गरेपछि खुलाउने प्रयास नहुँदा बालबालिका घरमै बस्न बाध्य भएका हुन् ।
शिबालय गाउँपालिकाका अध्यक्ष शेरबहादुर शाहीका अनुसार अविरल वर्षासँगै आएको बाढीले टुनीवगरको ट्रष्ट तथा नागरिकको घर र खेतीयोग्य जमिनमा नोक्सान गरेको जानकारी पाएपछि स्थलगत अध्ययन गरी फर्किएको बताउनु भयो । बाटो बन्द भइ विद्यार्थीहरू विद्यालय जानबाट वञ्चित भएकाले केही दिनमा खोलामा जाली लगाएर अस्थायी रूपमा काठे पुलको व्यवस्था गरिने अध्यक्ष शाहीले जानकारी दिनुभयो । अनुगमन गरी फर्केपछि इन्जिनियर मनोज केसीलाई बाढी प्रभावित क्षेत्रमा लाग्ने खर्च र तत्काल समाधान गर्ने विधिका बारेका प्रक्रिया अघि बढेको उहाँले बताउनु भयो । बाढीले पुल बगाएर विद्यार्थी शिक्षाबाट वञ्चित भएकाले उहाँले दुख व्यक्त गर्नुभयो । केही दिनमै अस्थायी काठेपुल निर्माण गरी विद्यालय सञ्चालनमा ल्याउने अध्यक्ष शाहीको भनाइ छ ।
बाढीपहिरोले सडक अवरुद्ध गरेपछि गाउँबस्तीमा सहज रूपम पुग्ने अवस्था छैन । पानी नपरेको दिन खोलामा काठ प्रयोग गरी विद्यालय आवतजात गर्न सकिने भए पनि बर्खाको समयमा पानी परेपछि विद्यार्थीको बिचल्ली हुने भएकाले विद्यालय बन्द गर्नु परेको प्रधानाध्यापक बीरबहादुर शाहीले बताउनु भयो । गाउँपालिकाका इन्जिनियर मनोज केसीका अनुसार काठको पुल बनाएर विद्यार्थी, सर्वसाधारणलाई आवतजावत गर्न स्थानीयलाई काठको व्यवस्थापन गर्न लगाएको बताउनु भयो । एक दुई दिनमा जाली लगाएर तत्काल अस्थायी रूपमा काठको पुल निर्माण गरी आवतजावतमा सहजता ल्याउने केसीले बताउनु भयो ।
बासुदेव शर्मा
सम्बन्धित समाचारहरू
हत्या घटनाका आरोपित बाबु गिरफ्तार
६ वर्षीय किस्मत पुनको हत्या गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय ताराखोला गाउँपालिका घर भइ बागलुङ नगरपालिका-३ बस्ने २७ वर्षीय बाबु केशबहादुर पुनलाई असोज २९ गते गिरफ्तार गरेको छ । असोज…
औषधि र स्वास्थ्यकर्मी अभाव हुँदा स्वास्थ्य सेवा प्रभावित
आमाछोदिङमो गाउँपालिकाका स्वास्थ्य संस्थाहरुमा औषधि र स्वास्थ्यकर्मी अभाव भएपछि नियमित उपचार सेवा प्रभावित भएको छ । हाकु स्वास्थ्य चौकीमा एक जना पनि स्थायी कर्मचारी छैनन् । पाङलिङ, गेर र नेसिङमा…
बाढीले पुल बगाएपछि समस्यामा विद्यार्थी
असोज १० देखि १२ गते सम्मको वर्षापछि त्रिशुली बढेर झोलुङ्गे पुल बगाउँदा शहिद लखन गाउँपालिका–४ ठेउवाटारका विद्यार्थीलाई विद्यालयसम्म पुग्न समस्या परेको छ बाढीले चितवनको इच्छाकामना गाउँपालिका–४ धारापानी र शहिद लखन…
मुगुका महिलामा पाठेघरको समस्या बढ्दै
मुगुका अधिकांश महिलामा पाठेघरको समस्या बढ्ने गरेको छ । पर्याप्त पोषणयुक्त खानाको अभावले पाठेघर खस्ने समस्या देखिने गरेको हो । प्रजनन् अङ्ग परिपक्क नहुँदै आमा बन्ने, गर्भवती र सुत्केरी अवस्थामा पनि…
समस्यै समस्यामा जिल्ला अस्पताल, स्वास्थ्य सेवाबाट सेवाग्राही वञ्चित
कोशी प्रदेशमा रहेका जिल्ला अस्पतालमा स्वास्थ्य उपकरणदेखि स्तरन्नोतिमा समस्यै समस्या रहेको इन्सेक अनुगमनका क्रममा पाइएको छ । जिल्ला अस्पतालमा विविध खाले समस्याका कारण सेवाग्राही स्वास्थ्य सेवाबाट समेत वञ्चित हुनु परेको…