टिकापुर घटनाको पहिलो पेशी सर्यो, तीन वर्षदेखि अरोपितहरू पुर्पक्षमै
तीन वर्षदेखि टिकापुर घटनाका आरोपितविरूद्ध चलाइएको मुद्दाको साउन २४ गते तोकिएको पहिलो पेशी सारिएको छ ।
पेशी सारेपछि टिकापुका स्थानीयहरूले असन्तुष्टी जनाएका छन् । टिकापुर नपा–९ का स्थानीय टिकाराम चौधरीले तीन वर्ष पुरा हुनै लाग्दासम्म पनि सुनुवाइ नहुनु बिडम्वना भएको बताए । उनले दोषीलाई कारवाही र निदोर्ष व्यक्तिलाई स–सम्मान न्याय दिनु पर्नेमा अदालतले आफैले तोकेको पेशी पनि सार्नु भनेको कुनै षड्यन्त्र भैइरहेको समेत आरोप लगाए ।
न्यायधीश पर्शुराम भट्टराई काठमाडौँमा स्वास्थ्य उपचार गरी साउन २४ गते मात्रै फर्केकाले टिकापुर घटना मुद्दाको पेशी हुन नसकेको कैलाली जिल्ला अदालतका नायब सुब्वा भानुभक्त पाण्डेले बताए । उनले साउन २४ गते हुने भनिएको पेशी साप्ताहिक मुद्दा पेशीमा नचढाइएकोले उक्त मुद्दाको अर्को पेशी साउन ३० गते तोकेको बताए ।
प्रतिवादीतर्फबाट मुद्दाको वकालत गरिरहेका अधिवक्ता गजेन्द्र केसीले साउन ३० गते हुने पेशीमा अदालतले साक्षी आदेश जारी गर्ने बताए । उनले टिकापुर घटनाको मुद्दा नियमित पेशीमा चढे चाँडै नै किनारा लाग्ने बताए ।
थरूहट आन्दोलनको क्रममा ०७२ भदौ ७ गते आन्दोलनकारी र प्रहरीबिचको दोहोरो झडपमा परी एक नाबालकसहित सात प्रहरीको ज्यान गएको थियो । उक्त घटनामा संलगन रहेको आरोपमा एक नाबालक, राष्ट्रिय जनता पार्टीकातर्फबाट प्रतिनिधि सभाका सदस्यमा विजयी भएका रेशम चौधरीसहित २६ जनालाई विभिन्न मुद्दा चलाई पुर्पक्षको लागि कारागार चलान गरिइएको छ । उनीहरूविरूद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँका चोरी मुद्दा चलाएको जिल्ला अदालत कैलालीले जनाएको छ ।
रविना चौधरी
सम्बन्धित समाचारहरू
१५ वर्षदेखि टहरामा पढ्दै छन् दुम्लिङका चेपाङ बालबालिका
धादिङको बेनीघाट रोराङ गाउँपालिका-२, दुम्लिङस्थित सहारा आधारभूत विद्यालयमा १५ वर्षदेखि चेपाङ बालबालिका टहरामा पढ्दै आएका छन् । अत्यन्त गरिब र बिहान बेलुकी छाक टार्न समेत धौ धौ पर्ने चेपाङ समुदायका…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
४० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा रोशी गाउँपालिका-९, नार्केस्थित सागर मेडिकलका सञ्चालक ५० वर्षीय चेतन रामलाई प्रहरीले ०८० मङ्सिर १४ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले मङ्सिर…
ज्येष्ठ नागरिक हत्या घटनाका आरोपित गिरफ्तार
गोसाइकुण्ड गाउँपालिका-५, सानो भार्खुका बुबा ६६ वर्षीय छेवाङ तामाङको लाठीले टाउकोमा हानेर हत्या गरेको आरोपमा ४० वर्षीय गोपाल तामाङलाई प्रहरीले ०८० मङ्सिर १५ गते गिरफ्तार गरेको छ । मदिरा सेवन…
भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास निर्माणको काम शुरु
विनासकारी भूकम्पले घरमा क्षति गरेपछि त्रिपालमुनि बसेका पीडितहरुका लागि अस्थायी आवास निर्माणमा पहिलो किस्ता रकम स्थानीय तहमा पठाएपछि निर्माणको काम शुरु भएको छ । विपद व्यवस्थापन कोषमा जम्मा भएको रकम…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मेचीनगर नगरपालिका-६ बर्मेली टोलका ३४ वर्षीय जगतमणि आर्चायलाई मङ्सिर १४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८० मङ्सिर ८ गते बलात्कार…