टिकापुर घटनाका वादी र प्रतिवादीलाई साक्षी पेश गर्न जिल्ला अदालतद्वारा आदेश
जिल्ला अदालत कैलालीले टीकापुर घटनाको मुद्दाको पहिलो पेशीमा वादी र प्रतिवादी दुवै पक्षका साक्षी अदालतमा पेश गर्न साउन ३० गते आदेश जारी गरेको छ ।
घटनाको तीन वर्षपछि साउन ३० गते भएको पहिलो पेशीमा न्यायाधीश परशुराम भट्टराईको इजलासले दुवै पक्षको साक्षी अदालतमा पेश गर्न आदेश जारी गरेको हो ।
अदालतले वादी पक्षको साक्षी जिल्ला वकिलको कार्यालयमार्फत र प्रतिवादी पक्षको साक्षी निजहरूमार्फत अदालतमा उपस्थित गराउने आदेश जारी गरेको कैलाली जिल्ला अदालतका श्रेस्तेदार इन्द्रबहादुर कठायतले बताए ।
उनले यो आदेशपछि अर्को पेशी तोक्ने र त्यसमा दुवै पक्षको साक्षी उपस्थित गराई फेरि अर्को पेशी तोक्ने जानकारी दिए ।
थरूहट आन्दोलनको क्रममा ०७२ भदौ ७ गते आन्दोलनकारी र प्रहरीबिचको दोहोरो झडपमा परी एक नाबालकसहित सात प्रहरीको ज्यान गएको थियो ।
उक्त घटनामा संलगन रहेको आरोपमा एक नाबालक, राष्ट्रिय जनता पार्टीका तर्फबाट प्रतिनिधि सभाका सदस्यमा निर्वाचित रेशम चौधरीसहित २६ जनालाई विभिन्न मुद्दा चलाएर पुर्पक्षको लागि कारागार चलान गरिएको छ ।
टिकापुर घटनाका ३२ जना आरोपित फरार रहेको प्रहरीले जनाउँदै आएको छ । उनीहरू विरूद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँका चोरी मुद्दा चलाएको जिल्ला अदालत कैलालीले जनाएको छ ।
रविना चौधरी
सम्बन्धित समाचारहरू
१५ वर्षदेखि टहरामा पढ्दै छन् दुम्लिङका चेपाङ बालबालिका
धादिङको बेनीघाट रोराङ गाउँपालिका-२, दुम्लिङस्थित सहारा आधारभूत विद्यालयमा १५ वर्षदेखि चेपाङ बालबालिका टहरामा पढ्दै आएका छन् । अत्यन्त गरिब र बिहान बेलुकी छाक टार्न समेत धौ धौ पर्ने चेपाङ समुदायका…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
४० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा रोशी गाउँपालिका-९, नार्केस्थित सागर मेडिकलका सञ्चालक ५० वर्षीय चेतन रामलाई प्रहरीले ०८० मङ्सिर १४ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले मङ्सिर…
ज्येष्ठ नागरिक हत्या घटनाका आरोपित गिरफ्तार
गोसाइकुण्ड गाउँपालिका-५, सानो भार्खुका बुबा ६६ वर्षीय छेवाङ तामाङको लाठीले टाउकोमा हानेर हत्या गरेको आरोपमा ४० वर्षीय गोपाल तामाङलाई प्रहरीले ०८० मङ्सिर १५ गते गिरफ्तार गरेको छ । मदिरा सेवन…
भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास निर्माणको काम शुरु
विनासकारी भूकम्पले घरमा क्षति गरेपछि त्रिपालमुनि बसेका पीडितहरुका लागि अस्थायी आवास निर्माणमा पहिलो किस्ता रकम स्थानीय तहमा पठाएपछि निर्माणको काम शुरु भएको छ । विपद व्यवस्थापन कोषमा जम्मा भएको रकम…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मेचीनगर नगरपालिका-६ बर्मेली टोलका ३४ वर्षीय जगतमणि आर्चायलाई मङ्सिर १४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८० मङ्सिर ८ गते बलात्कार…