टिकापुर घटनाका मुख्य आरोपित पुर्पक्षका लागि जेल चलान
अदालतसामु फागुन १४ गते आत्मसमर्पण गरेका टिकापुर घटनाका मुख्य आरोपित रेशम चौधरी फागुन १४ गते नै पुर्पक्षका लागि जेल चलान भएका छन् । न्यायाधीश परशुराम भट्टराईको इजलासले उनलाई धनगढीस्थित कारागारमा राख्न आदेश दिएको हो ।
राष्ट्रिय जनता पार्टीको तर्फबाट कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित रेशम चौधरी ०७४ फागुन १४ गते कैलाली जिल्ला अदालत, धनगढीमा आफैँ उपस्थित भएका थिए ।
०७२ भदौ ७ गते थरूहट आन्दोलनका क्रममा नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित सात सुरक्षाकर्मी र एक बालकको टिकापुरमा ज्यान गएको थियो । सो घटनाका मुख्य आरोपित चौधरी सोही समयदेखि फरार रहेका थिए ।
चौधरी कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाका लागि विजयी भएपछि पत्नी रञ्जिता श्रेष्ठ चौधरीलाई वारेस दिँदै प्रमाणपत्र लिन पठाएको भए पनि विजयी प्रतिनिधि स्वयम् उपस्थित हुनु पर्ने भन्दै जिल्ला निर्वाचन कार्यालयले प्रमाणपत्र दिन अस्वीकार गरेको थियो ।
घटनाको अभियुक्त ठहर गरिएको भन्दै उनलाई निर्वाचन आयोगले विजय भएको प्रमाणपत्र समेत दिएको छैन ।
चौधरीले वारेसबाट प्रतिनिधि सभा सदस्य प्रमाणपत्र पाउँ भन्दै सर्वोच्च अदालतमा मुद्दा दर्ता गराउने प्रयास गरेकामा अदालतका मुख्य रजिष्ट्रार नहकुल सुवेदीले दरपीठ गरेका थिए । अदालतले अर्को पेशी फागुन १६ गतेका लागि तोकेको छ ।
इन्सेक कार्यालय, धनगढी
सम्बन्धित समाचारहरू
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ३८ वर्षीय बुवालाई प्रहरीले ०८० मङ्सिर २१ गते कावासोतीबाट गिरफ्तार गरेको छ । बालिकाले घटनाको बारेमा आफ्नो साथिलाई सुनाउनुभएको थियो र साथिले आफ्नो…
१५ औँ मानव अधिकार राष्ट्रिय महाभेला सुरु
'प्राकृतिक प्रकोप तथा विपदबाट प्रभावितहरुको मानव अधिकारको सुनिश्चितताः आजको आवश्यकता' भन्ने नाराका साथ १५ औँ मानव अधिकार राष्ट्रिय महाभेला ०८० मङ्सिर २२ गतेदेखि ललितपुरमा सुरु भएको छ । मानव अधिकारका…
हत्या प्रयास घटनाका आरोपित गिरफ्तार
तादी गाउँपालिका-४, सुन्दरादेवीकी २७ वर्षीया सूर्यमाया तामाङको खुकुरी प्रहार गरी हत्या प्रयास गरेको आरोपमा सोही ठाउँका पति ३० वर्षीय लक्ष्मण तामाङलाई प्रहरीले ०८० मङ्सिर २१ गते गिरफ्तार गरेको छ ।…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले झापा गाउँपालिका-४ का २२ वर्षीय जसवन्तकुमार गणेशलाई मङ्सिर २१ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले पटक-पकट र अन्तिम पटक ०८० मङ्सिर १८…
हेपाहा प्रवृतिका नाम सच्चाउने कानुनको अभावमा अपमान सहनुपरेको दलित समुदायको गुनासो
दलित भएकै कारण नागरिकता प्रदान गर्ने कार्यालयका कर्मचारीहरुले मनोमानी रुपमा अपमानित हुने प्रकृतिका नामहरु राखि दिएकै कारण समाजमा अहिले पनि अपमानित हुनुपरेको जिल्लास्थित दलित समुदायका व्यक्तिहरुले गुनासो गर्नु भएको छ…