टिकापुर घटनाका दोषीलाई उन्मुक्ति नदिन भूपू प्रहरी सङ्गठनको आग्रह
छुट्टै थरुहट स्वयत्त प्रदेश माग गर्दै गरिएको आन्दोलनका क्रममा ०७२ भदौ ७ गते कैलालीको टिकापुरमा आठ जनाको ज्यान जाने गरी भएको घटनाका दोषीलाई उन्मुक्ति नदिन भूतपूर्व प्रहरी सङ्गठनले सरकारसँग आग्रह गरेको छ ।
वर्तमान सरकारका गृहमन्त्री बिमलेन्द्र निधिले टिकापुर घटना राजनीतिक घटना भएको र टिकापुर घटनामा गिरफ्तारीमा परेका आरोपितहरूलाई रिहा गर्ने अभिव्यक्ति दिइरहेको खबर विभिन्न सञ्चार माध्यमहरूले प्रकाशन तथा प्रशारण गरिरहेका बेला भूपू प्रहरी संगठनले यस्तो आग्रह गरेको हो ।
६१ औँ प्रहरी दिवसको अवसरमा ०७३ असोज २० गते बैतडी सदरमुकाम आइपुगेका भूपू प्रहरी सङ्गठनका पदाधिकारीहरूले घटनाका आरोपितलाई उन्मुक्ति दिए आफूहरूलाई मान्य नहुने बताएका छन् ।
'कर्तव्य पालनाको सिलसिलामा निर्मम हत्या गरिएका आठ जना प्रहरी र एक बालकको हत्यामा संलग्नलाई उन्मुक्ति नदिन भुपू प्रहरी सङ्गठनको तर्फबाट सरकारसमक्ष आग्रह गर्दछौँ ।'-भूपू प्रहरी सङ्गठनका जिल्ला अध्यक्ष रणबहादुर विष्टले भने ।
टिकापुर घटनाका मुख्य योजनाकारका रूपमा आरोपित रेशम चौधरीलाई प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणको क्रममा भारतको ताजमहल होटलमा भेटेको तस्विर सार्वजनिक भएपछि टिकापुर घटनाका दोषीले उन्मुक्ति पाउने पो हुन कि भन्ने चिन्ता रहेको विष्टले बताए ।
टिकापुर घटनामा बैतडीको रौलेश्वर गाविस-९ का ४९ वर्षीय प्रहरी इन्स्पेक्टर बलराम विष्ट र हटैराज-१ का हवल्दार (मृत्यू प्रयन्त बढुवा) लोकेन्द्रबहादुर चन्दको मृत्यु भएको थियो ।
नरी बडु
सम्बन्धित समाचारहरू
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
२२ वर्षीया महिलालाई विवाहको प्रलोभन देखाई बलात्कारको प्रयास गरी हत्या गर्न खोजेको आरोपमा प्रहरीले भिमदत्त नगरपालिका–९ ब्रह्मदेवका २५ वर्षीय दिपक चन्दलाई ०८१ चैत ४ गते गिरफ्तार गरेको छ । पीडित…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मालिका गाउँपालिका–८, सिमलटारी स्थायी घर भइ भारतको भुपालमा काम गर्ने २४ कमल भन्ने चेत बहादुर क्षेत्रीलाई प्रहरीले चैत १ गते गिरफ्तार गरेको छ ।…
सामूहिक बलात्कार घटनाको उजुरी दर्ता
१६ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको घटनाका आरोपितहरू ४५ र ४० वर्षीय पुरुषहरूविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय सिरहामा दिएको उजुरी प्रहरीले ०८१ चैत ३ गते दर्ता गरेको छ ।…
महिला बेचबिखन घटनाका आरोपित गिरफ्तार
३४ वर्षीया महिलालाई आकर्षक तलबको प्रलोभन देखाई इराक पुर्याइ मानव बेचबिखन गरेको आरोपमा नुवाकोट जिल्ला तारकेश्वर गाउँपालिका–५ घर भएका ३४ वर्षीय हिरा तामाङलाई प्रहरीले ०८१ फागुन ३ गते गिरफ्तार गरेको…
जङ्गली च्याउ खाँदा १० जना बिरामी मध्ये एक जनाको मृत्यु
जिल्लाको व्यास नगरपालिका-३ मा जङ्गली च्याउ घरमा ल्याएर खाँदा एकै परिवारका १० जना बिरामी परेका छन् । म्याग्दे गाउँपालिका-६ सर्वलाङ बस्ने ३० वर्षीय नारायण मगरले बारीमा उम्रेको जङ्गली च्याउ टिपेर…