टिकापुर घटनाः उच्च अदालतद्वारा रेशम चौधरीसहित आठ जनालाई जन्मकैदको फैसला
जिल्ला अदालत, कैलालीले ०७५ फागुन २२ गते गरेको फैसलालाई सदर गर्दै उच्च अदालत, दिपायलले टिकापुर घटनाका मुख्य आरोपित रेशम चौधरीसहित आठ जनालाई जन्मकैदको फैसला सुनाएको छ ।
उच्च अदालत, दिपायलका न्यायाधीसद्वय टेकनारायण कुँवर र सीताराम मण्डलको संयुक्त इजलासले पुस २ गते सो फैसला सुनाएको हो ।
जन्मकैदको सजाय हुनेमा रेशम चौधरी, हरिनारायण चौधरी, प्रदीप चौधरी, बीरबहादुर चौधरी, राजेश चौधरी, सीताराम चौधरी, गङ्गाराम चौधरी र लक्ष्मण थारु रहेका छन् ।
उच्च अदालत, दिपायलले जन्मकैदको फैसला सुनाएका लक्ष्मण थारुलाई यसअधि जिल्ला अदालत, कैलालीले तीन वर्षको सजाय सुनाएको थियो । लक्ष्मण थारु तीन वर्ष भन्दा बढी पुर्पक्षमा रहेकाले जिल्ला अदालतको फैसलापछि रिहा भएका थिए ।
कैलाली जिल्ला क्षेत्र नम्बर १ बाट निर्वाचित सङ्घीय सांसद रेशम चौधरीसहित सात जनाको फैसला उच्च अदालत, दिपायलले सदर गरेको उच्च अदालतका रजिष्टार सिता रेग्मीले बताउनु भयो ।
कैलाली जिल्ला अदालतका तत्कालिन न्यायाधीश परसुराम भट्टराईको इजलासले ०७५ फागुन २२ गते रेशम चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला सुनाएको थियो ।
११ जनामध्ये श्रवण चौधरी नाबालक भएकाले बालबालिकासम्बन्धी ऐन २०४८ को दफा ११(३०)अनुसार १० वर्ष मात्र कैद फैसाला गरिएको थियो ।
टिकापुर घटनाका आरोपित लक्ष्मण थारु, लाहुराम चौधरी, रामकुमार कठरिया, सन्तकुमार चौधरी, विश्राम भनिने जीतबहादुर डगौरा, प्रेमबहादुर चौधरी, किसनलाल चौधरी, रामप्रसाद चौधरी, दिलबहादुर चौधरी, सङ्गम भनिने सन्तोष थारु(चौधरी) र चुन्नीराम चौधरीलाई कैलाली जिल्ला अदालतले तीन वर्ष कैद सजायको फैसला गरेको थियो ।
कैलाली जिल्ला अदालतको सो फैसला चित्त नबुझेको भन्दै जन्मकैदको सजाय पाएका रेशम चौधरी सहितका ११ जनाले ०७६ वैशाखमा उच्च अदालत, दिपायलमा पुनरावेदन गरेका थिए ।
प्रतिवादीकोहरूकोतर्फबाट बहस गर्ने कानुन व्यवसायी गम्भिरसिंह ऐरले अदालतले गरेको फैसलालाई सबैले स्वीकार गर्नु पर्ने र फैसलामा चित्त नबुझे सर्वोच्च अदालतमा जान सकिने कानुनी अधिकार रहेको बताउनु भयो ।
थरूहट आन्दोलनको क्रममा ०७२ भदौ ७ गते टिकापुर घटनामा एक जना नाबालकसहित सात प्रहरीको ज्यान गएको थियो ।
उक्त घटनामा संलग्न रहेको आरोपमा एक नाबालक, राष्ट्रिय जनता पार्टीका तर्फबाट प्रतिनिधि सभाका सदस्यमा निर्वाचित रेशम चौधरीसहित २६ जनालाई विभिन्न मुद्दा चलाई पुर्पक्षको लागि कारागार चलान गरिइएको थियो । उनीहरूविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँका चोरी मुद्दा चलाइएको थियो ।
इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढी
सम्बन्धित समाचारहरू
१५ वर्षदेखि टहरामा पढ्दै छन् दुम्लिङका चेपाङ बालबालिका
धादिङको बेनीघाट रोराङ गाउँपालिका-२, दुम्लिङस्थित सहारा आधारभूत विद्यालयमा १५ वर्षदेखि चेपाङ बालबालिका टहरामा पढ्दै आएका छन् । अत्यन्त गरिब र बिहान बेलुकी छाक टार्न समेत धौ धौ पर्ने चेपाङ समुदायका…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
४० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा रोशी गाउँपालिका-९, नार्केस्थित सागर मेडिकलका सञ्चालक ५० वर्षीय चेतन रामलाई प्रहरीले ०८० मङ्सिर १४ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले मङ्सिर…
ज्येष्ठ नागरिक हत्या घटनाका आरोपित गिरफ्तार
गोसाइकुण्ड गाउँपालिका-५, सानो भार्खुका बुबा ६६ वर्षीय छेवाङ तामाङको लाठीले टाउकोमा हानेर हत्या गरेको आरोपमा ४० वर्षीय गोपाल तामाङलाई प्रहरीले ०८० मङ्सिर १५ गते गिरफ्तार गरेको छ । मदिरा सेवन…
भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास निर्माणको काम शुरु
विनासकारी भूकम्पले घरमा क्षति गरेपछि त्रिपालमुनि बसेका पीडितहरुका लागि अस्थायी आवास निर्माणमा पहिलो किस्ता रकम स्थानीय तहमा पठाएपछि निर्माणको काम शुरु भएको छ । विपद व्यवस्थापन कोषमा जम्मा भएको रकम…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मेचीनगर नगरपालिका-६ बर्मेली टोलका ३४ वर्षीय जगतमणि आर्चायलाई मङ्सिर १४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८० मङ्सिर ८ गते बलात्कार…