टिआरसी विधेयक अन्तिम चरणमाः मन्त्री गिरी
कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक छानबिन आयोगसम्बन्धी (टिआरसी) विधेयक अन्तिम चरणमा पुगेको बताउनुभएको छ ।
जनसंवाद कार्यक्रमका शिलशिलामा पर्वत आउनुभएको मन्त्री गिरीले चैत १४ गते पर्वतको कुश्मा बजारमा आयोजित कार्यक्रममा टिआरसी विधेयक अन्तिम चरणमा रहेको बताउनुभएको हो ।
उहाँले केही राजनीतिक दलहरुको बुँदागत रुपमा थोरै असहमति रहेको बताउँदै छलफल र संवादको माध्यमबाट अन्तिम चरणमा पुगेको बताउनुभयो । मन्त्री गिरीले भन्नुभयो, ‘विधेयकमा विभिन्न राजनीतिक दलका नेताहरुको बिचमा धेरै चरणमा छलफल भएको छ, संसदका समितिहरुमा पनि चरणवद्ध छलफल भएको छ, अधिकांश बुँदामा सहमति भए पनि केही बुँदामा अझै छलफल गरेर टुङ्गाेमा पुग्छौँ ।’
खासगरी पीडितलाई न्याय दिलाउने गरी विधेयक ल्याउनुपर्नेमा दलहरू सहमत भएको उहाँले बताउनुभयो । विधेयक पास भैसकेपछि कतैबाट विरोधका स्वरहरू ननिस्किउन् भन्नेतर्फ सचेत हुँदै पूर्ण तयारी र सहमतिका साथ पारित गरिने मन्त्री गिरीले बताउनुभयो ।
सन्तोष थापा
सम्बन्धित समाचारहरू
कोशी प्रदेशमा खुल्लातर्फ चार सय बढी र नियमिततर्फ ८० हजार बढी परीक्षार्थीले एसइई दिँदै
न्यूनतम कक्षा आठ उत्तिर्ण गरेका (खुल्ला परीक्षार्थी) सहित कोशी प्रदेशबाट ८० हजार ९ सय ३४ जना परीक्षार्थीले यस वर्षको (कक्षा १० को परीक्षा) एसइई परीक्षा दिई रहेका छन् । आज…
बाल सुधारगृहको समस्या समाधान गर्न इन्सेकद्वारा प्रशासनमा ज्ञापनपत्र
विराटनगर महानगरपालिका-३ स्थित बाल सुधारगृहमा देखिएको समस्या समाधान गर्न इन्सेकले ज्ञापनपत्र बुझाएको छ । बाल सुधारगृहमा देखिएको समस्या समाधान गर्न माग गर्दै इन्सेक कोशी प्रदेश कार्यालय, ओरेक, सिविन नेपाल लगायतका…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
५८ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा वीरगञ्ज उपमहानगरपालिका-३२ चोर्नि टोल का ४० वर्षीय मेघनाथ यादबलाई प्रहरीले गिरफ्तार गरेको छ । आरोपितले पीडित महिलालाई चैत ३ गते घरमा बसिरहेको अवस्थामा…
सामूहिक बलात्कार घटनाका आरोपितहरू गिरफ्तार
१४ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा भोटेकोशी गाउँपालिका— ४ का ३३ वर्षीय सुनिल पौडेल, सोही ठाउँका ३० वर्षीय सविन कार्की, २७ वर्षीय राजेश कार्की र ३० वर्षीय पाण्डे घिसिङ…
बलात्कार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा ३५ वर्षीय एक पुरुषलाई प्रहरीले ०८१ चैत ४ गते गिरफ्तार गरेको छ । आरोपितले चैत १ गते बेलुकी आफ्नै घरमा सुतिरहेकी छोरीलाई बलात्कार गरेको…