झुम्का कारागारमा कैदीबन्दीबिच झडप
झुम्का कारागारमा कैदीबन्दीबिच ०७८ चैत ३० गते झडप भएको कारागार प्रशासनले जनाएको छ ।
कारागार प्रशासनका अनुसारमा झडपमा २५ जना कैदी घाइते भएका छन् ।
कारागारको बी ब्लकमा रहेका कैदीबन्दीको समूहबिच झडप भएको कारागारका जेलर प्रदीप शाहले बताउनु भयो ।
झडपमा परी २५ जना कैदी घाइते भएका छन् । जसमध्ये पाँच जनालाई गम्भीर चोट लागेकाले उपचारका लागि जिल्ला अस्पतालमा भर्ना गरिएको छ ।
कारागारको चौकीदार को बन्ने ? भन्ने विषयमा विवाद हुँदा दुई समूहबिच झडप भएको जेलर प्रदीप शाहको भनाइ छ ।
झडपमा परी घाइते भएकामध्ये २० जनाको कारागारमै स्वास्थ्यकर्मी झिकाएर उपचार गरिएको जेलर शाहले बताउनु भयो ।
झुम्का कारागारको बी ब्लकका चौकीदारसमेत रहेका कैदी खड्गबहादुर राई र ए ब्लकका जोन नाल्बो लिम्बूलाई मुढा बनाउने कच्चा पदार्थ खरिद गर्न बजार निस्किएको बेला जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले ०७८ चैत २ गते गिरफ्तार गरी अन्यत्र सरुवा गरेपछि कारागार अशान्त भएको कारागार प्रशासनको भनाइ छ ।
राईलाई डिल्लीबजार कारागार र लिम्बूलाई भिमफेदी कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सञ्जयसिंह थापाले बताउनु भयो ।
सरुवा भएर अन्यत्र सारिएका दुई चौकीदारको ठाउँमा नयाँ चौकीदार कसलाई बनाउने भन्नेमा विवाद हुँदा झडप भएको र हाल अवस्था सामान्य भएको जेलर प्रदीप शाहले बताउनु भएको छ ।
झडपमा परी घाइते भएकाहरूको विवरण अनुसन्धानका लागि गोप्य राखिएको कारागार प्रशासनले जनाएको छ ।
जयकृष्ण यादव
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार १७ गते)
असार १७ गते ३५ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ७ सय २९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ४१ वर्षीय आफन्तलाई असार १५ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले असार १ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडितले आफन्तको सहयोगमा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको घटनाका आरोपित कुशे गाउँपालिका–५ दमदालाका २८ वर्षीय मायाराम नेपालीलाई प्रहरीले असार १६ गते गिरफ्तार गरेको छ । बालिका कोठामा एक्लै सुतेको अवस्थामा असार १३ गते…
प्रदेश सरकार र वादी समुदायबिचको सहमति कार्यान्वयनका लागि पाँच सदस्यीय कार्यदल गठन
गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य लगायतका माग राख्दै करिव डेढ वर्ष अघि कर्णाली प्रदेशको मुख्यमन्त्री कार्यालय अगाडि १८ दिनसम्म लगातार धर्ना दिएका वादी समुदाय र प्रदेश सरकारबीच भएको सहमति कार्यान्वयका…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बसबरीया गाउँपालिका–६ सोहरवाका २३ वर्षीय भिखारी राय यादवलाई असार १५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले जेठ १४ गते बलात्कार गरेको…