झुम्का कारागारका अधिकांश कैदीबन्दीमा छालाजन्य रोग
झुम्का कारागारमा रहेका अधिकांश कैदीबन्दीहरूमा छालाजन्य रोगको सङ्क्रमण पाइएको छ ।
जिल्ला अस्पतालको सहयोगमा कारागारभित्र जेठ १ गतेदेखि तीन दिनसम्म सञ्चालन गरिएको स्वास्थ्य शिविरमा स्वास्थ्य जाँच गराएका अधिकांश कैदीबन्दीहरूमा छालाजन्य रोगको सङ्क्रमण पाइएको जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डाक्टर देवराज घिमिरेले बताउनु भयो ।
कैदीबन्दीहरूमा शरीर चिलाउनेदेखि लुतो र दादको अत्यधिक सङ्क्रमण पाइएको मेसु घिमिरले बताउनु भयो ।
स्वास्थ्य जाँचका क्रममा मानसिक समस्या, हाडजोर्नीको समस्या, हर्निया, आँखा र मधुमेहसम्मका बिरामी फेला परेको मेसु घिमिरेले बताउनु भयो ।
कारागारमा रहेका अधिकांश कैदीबन्दीमा छालाजन्य सङ्क्रमण फेला पर्नुको प्रमुख कारण भीडभाड रहेको मेसु घिमिरेको भनाइ छ ।
मेसुसहित ४० जना चिकित्सकको टोलीले १ हजार ६ सय ८० जना कैदीबन्दीको स्वास्थ्य जाँचपड्ताल गरेको कारागारका प्रशासक भिमप्रसाद भट्टराईले बताउनु भयो ।
कैदीबन्दीहरूको स्वास्थ्य जाँचका लागि दुई चरणमा शिविर सञ्चालन गरिने कारागारका प्रशासक भट्टराईले बताउनु भयो । भट्टराईका अनुसार पहिलो चरणमा ए र बी ब्लकमा रहेका कैदीबन्दीहरूको स्वास्थ्य जाँच गरिएको छ ।
स्वास्थ्य शिविरमा विशेषज्ञ सेवा, जनरल मेडिसिन सेवाका साथै नाक, कान, घाँटीसहित भिडियो एक्स–रे र सर्जरीसहितको सेवा उपलब्ध गराइएको छ ।
कारागारमा रहेका कैदीबन्दीहरूलाई आधारभूत स्वास्थ्य उपचारको हक भएकाले सोही अनुसार कारागारमा शिविर सञ्चालन गरिएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको भनाइ छ ।
जयकृष्ण यादव
सम्बन्धित समाचारहरू
बालसुधार गृहबाट फरार बालकैदीबन्दीहरू पुनः गिरफ्तार
वीरगंज महानगरपालिका–४ बिर्तास्थित बालसुधार गृहबाट फरार दुई जना बालकैदीबन्दीहरूलाई प्रहरीले पुनः गिरफ्तार गरेको छ । बालसुधार गृहको कमजोर व्यवस्थापनका कारण सुधार गृहबाट ०८० असोज १२ गते फरार भएका दुई जना…
चिकित्सक कुटपिट घटनाका आरोपित गिरफ्तार
सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेजका इन्टर्न डा. मनिष खड्कामाथि कुटपिट गरेको आरोपमा काठमाडौँ महानगरपालिका-९, सिनामङ्गलका ३४ वर्षीय सरोज गौतम र गुल्मी घर भइ काठमाडौँ महानगरपालिका-७, चाबहिल बस्ने २२ वर्षीय रूपक गौतमलाई…
ज्येष्ठ नागरिकको अधिकारको सुनिश्चित गर्न आयोगको आग्रह
राष्ट्रिय मानव अधिकार आयोगले सरकार तथा सरोकारवाला निकायलाई ज्येष्ठ नागरिकहरूको अधिकार सुनिश्चित गर्न आग्रह गरेको छ । आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले ०८० असोज १४ गते विज्ञप्ति जारी गर्दै बदलिँदो…
न्यायका लागि पहल गरिदिन बेपत्ता पारिएका व्यक्तिका परिवारद्वारा इन्सेकसमक्ष आग्रह
साबिक पिपलडाडाँ गाविस-२ हाल चौतारा सागाचोकगढी नगरपालिका-६ की सीता बस्नेतले बेपत्ता पतिको न्यायका लागि पहल गरिदिन ०८० असोज १४ गते इन्सेकसमक्ष आग्रह गर्नुभएको छ । सीता बस्नेतकी पति कृष्णबहादुर बस्नेत…
बलात्कार घटनाका आरोपित गिरफ्तार
पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले जन्तेढुङ्गा गाउँपालिका-६ दिप्लुङका २४ वर्षीय ट्वाँके माइला भनिने राजु राईलाई असोज १३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८० असोज १३…