झुटो सिफारिस दिएको आरोपमा जनप्रतिनिधि गिरफ्तार
मृतक व्यक्तिलाई जीवित र जीवित व्यक्तिलाई मृतक भनि सिफारिस दिएको आरोपमा प्रहरीले देवानगञ्ज गाउँपालिका-७ का वडाध्यक्ष सूर्यनारायण यादवलाई भदौ २६ गते गिरफ्तार गरेको छ ।
देवानगञ्ज गाउँपालिका-७ को वडा कार्यालयमा सर्जमिन हुँदा मृतक व्यक्तिलाई जीवित र जीवित व्यक्तिलाई मृतक भनि सिफारिस दिएको भनि लिखतसम्बन्धी कसुरमा वडाध्यक्षलाई ०८१ भदौ २६ गते गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी नवीनकृष्ण भण्डारी बताउनु भयो ।
तत्कालीन राजगञ्ज सिनुवारी गा.वि.स.को कार्यालयमा राम यादवले झुट्टा विवरण पेस गरी सम्बन्धित पञ्जिकाधिकारीद्वारा मृत्यु दर्ता प्रमाण पत्र बनाइ सुनसरी जिल्ला अदालतमा पेश गरेको मृत्यु दर्ता प्रमाण पत्रलाई पुनः प्रमाणित गरेकाले वडाध्यक्ष यादवलाई गिरफ्तार गरिएको डिएसपी भण्डारीले बताउनु भयो ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन सम्बन्धी कसुरमा देवानगञ्ज गाउँपालिका-७ वडा कार्यालयमा सर्जमिन हुँदा वडाध्यक्ष सूर्यनारायण यादवले देवानगञ्ज गाउँपालिका-७ का सीताराम यादवको छोरा राम यादवको मृत्यु भइसकेको भनी झुट्टा विवरण लेखाइ सर्जमिन गर्नु भएको प्रहरीको भनाइ छ ।
सोही विवरण अदालत सहित विभिन्न कार्यालयहरूमा पठाइ राम भनिने रामानन्द यादवलाई अदालतबाट तोकिएको १० दश वर्षको कैदको लागत कट्टा गराउने नियत राखेकाले लिखत सम्बन्धी कसुरमा कारबाही गर्न यादवलाई गिरफ्तार गरी अनुसन्धान थालिएको डिएसपी भण्डारीले बताउनु भयो ।
देवनागञ्ज गाउँपालिका कार्यपालिकाका सदस्यहरू र वडाअध्यक्षहरुले यादवलाई राजनीतिक प्रतिशोधका कारणले गिरफ्तार गरेको भन्दै बिना सर्त रिहा नगरेसम्म गाउँपालिका र वडा कार्यालयहरू अनिश्चित कालका लागि बन्दको घोषणा गरेका छन् ।
गाउँपालिकाका कार्यवाहक अध्यक्ष अनिलकुमार भगतले वडाध्यक्ष यादवलाई राजनीतिक प्रतिशोधका कारण गिरफ्तार गरिएकाले अध्यक्ष यादवलाई विना सर्त रिहा नगरेसम्म आफूहरूले गाउँपालिका र वडा कार्यालयहरू अनिश्चित कालका लागि बन्दको घोषणा गरेको पत्रकार सम्मेलनमा जानकारी गराउनु भएको छ ।
जयकृष्ण यादव
सम्बन्धित समाचारहरू
बलात्कार गरेको कसुरमा नौ वर्ष कैद सजायको फैसला
१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा तुलसीपुर–१४ का १५ वर्षीय बालकलाई ९ वर्ष कैद गर्ने फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश तेजनारायण पौडेलको इजलासले फागुन ६ गते दोषी ठहर…
बलात्कार गरेको कसुरमा १८ वर्ष कैद सजायको फैसला
१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा घोराही उमनपा–१२ का १९ वर्षीय गणेशप्रसाद चौधरीलाई जिल्ला अदालतले १८ वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश रोमाकान्त ज्ञवालीको इजलासले फागुन…
इन्सेक र मानवअधिकार आयोगद्वारा आत्महत्या घटनाको अनुगमन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र राष्ट्रिय मानवअधिकार आयोग मधेस प्रदेशले नवराजपुर गाउँपालिका–१ मा भएको आत्महत्या घटनाको ०८१ फागुन ४ गते संयूक्त रुपमा अनुगमन गरेको छ । राष्ट्रिय मानवअधिकार आयोग…
अपहरण तथा शरीर बन्धक घटनाका आरोपितविरुद्ध उजुरी
२१ वर्षीया युवतीलाई अपहरण गरी शरीर बन्धक बनाई फरार रहेका आरोपित जनकपुरधाम उपमहानगरपालिका-२१ कुर्थाका २२ वर्षीय सुमित रायविरुद्ध ०८१ फागुन ५ गते पीडित पक्षले जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिनुभएको…
विद्यार्थीमाथि भएको जातीय विभेद घटनाको इन्सेक र मानवअधिकार आयोगद्वारा अनुगमन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र राष्ट्रिय मानवअधिकार आयोग, मधेस प्रदेशले लहान नगरपालिका-१४ स्थित बस्तीपुर माध्यमिक विद्यालयमा दलित छात्रमाथि भएको जातीय छुवाछुत तथा विभेद घटनाको ०८१ फागुन ४ र ५…