झाडापखालाबाट बालकको मृत्यु
दिप्रुङ चुईचुम्मा गाउँपालिका-१ याम्खाका चार वर्षीय बालक दीप्सन भुजेलको झाडापखालाका कारण ज्यान गएको अस्पताल प्रशासनले जनाएको छ ।
झाडापखालाबाट ग्रसित बालकको अन्तिम अवस्थामा उपचारका लागि ०८१ भदौ २ गते अस्पताल ल्याएको केही समयमा बालकको मृत्यु भएको जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डाक्टर रूपेश संग्रौलाले बताउनु भयो ।
झाडापखालाबाट सिकिस्त भएका बालकलाई अन्तिम समयमा उपचारका लागि जिल्ला अस्पताल ल्याएको र आफूहरूले उपचारको प्रयास गर्दागर्दै बालकको मृत्यु भएको डाक्टर रूपेश संग्रौलाको भनाइ छ ।
डाक्टर संग्रौलाले भन्नुभयो- झाडापखालाबाट ग्रसित भएका बालकलाई अवस्था अन्तिममा परिवारका सदस्यले साउन २ गते पौने चार बजे अस्पताल ल्याउनु भएको थियो, बच्चाको आँखा फुलिसकेको थियो, हामीले उपचारको प्रयास गर्दागर्दै मृत्यु भयो ।
यसअघि राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मिहिर ठाकुरको समूहले ०८० असोज २३ गते जिल्ला अस्पतालको अवस्था अनुगमन गर्दा जीवन जल नपाएपछि अस्पताल प्रशासनसँग प्रष्टीकरण सोधेको थियो ।
तत्कालीन र अहिलेको अवस्था फरक भएको र जीवन जल नपाउनु वा चिकित्सकको लापरवाहीका कारण बालकको मृत्यु नभएको अस्पतालले जनाएको छ ।
घरमा हुँदा बालकलाई धेरै पटक झाडापखाला लागेको र अन्तिम समयमा जिल्ला अस्पताल ल्याएको मृतक बालककी आमाको भनाइ छ ।
तारानाथ फुयल
सम्बन्धित समाचारहरू
औषधि र स्वास्थ्यकर्मी अभाव हुँदा स्वास्थ्य सेवा प्रभावित
आमाछोदिङमो गाउँपालिकाका स्वास्थ्य संस्थाहरुमा औषधि र स्वास्थ्यकर्मी अभाव भएपछि नियमित उपचार सेवा प्रभावित भएको छ । हाकु स्वास्थ्य चौकीमा एक जना पनि स्थायी कर्मचारी छैनन् । पाङलिङ, गेर र नेसिङमा…
बाढीले पुल बगाएपछि समस्यामा विद्यार्थी
असोज १० देखि १२ गते सम्मको वर्षापछि त्रिशुली बढेर झोलुङ्गे पुल बगाउँदा शहिद लखन गाउँपालिका–४ ठेउवाटारका विद्यार्थीलाई विद्यालयसम्म पुग्न समस्या परेको छ बाढीले चितवनको इच्छाकामना गाउँपालिका–४ धारापानी र शहिद लखन…
मुगुका महिलामा पाठेघरको समस्या बढ्दै
मुगुका अधिकांश महिलामा पाठेघरको समस्या बढ्ने गरेको छ । पर्याप्त पोषणयुक्त खानाको अभावले पाठेघर खस्ने समस्या देखिने गरेको हो । प्रजनन् अङ्ग परिपक्क नहुँदै आमा बन्ने, गर्भवती र सुत्केरी अवस्थामा पनि…
समस्यै समस्यामा जिल्ला अस्पताल, स्वास्थ्य सेवाबाट सेवाग्राही वञ्चित
कोशी प्रदेशमा रहेका जिल्ला अस्पतालमा स्वास्थ्य उपकरणदेखि स्तरन्नोतिमा समस्यै समस्या रहेको इन्सेक अनुगमनका क्रममा पाइएको छ । जिल्ला अस्पतालमा विविध खाले समस्याका कारण सेवाग्राही स्वास्थ्य सेवाबाट समेत वञ्चित हुनु परेको…
चक्रिवाङ्गका २५ घरधुरी खानेपानीबाट वञ्चित
प्यूठान नगरपालिका-३, चक्रिवाङ्ग गाउँका २५ घरधुरी वर्षौँदेखि स्वच्छ खानेपानीबाट वञ्चित भएका छन् । वर्षौँदेखि रहेको बस्तीमा सरकारले खानेपानीको व्यवस्था नगर्दा चक्रिवाङ्ग गाउँका नागरिकहरू बस्ती नजिकै बाट बगेको जुम्रीखोलाको दुषित पानी…