झाडापखलाको कारण १० दिनदेखि विद्यालय बन्द, पढाई प्रभावित
दुषित पानीका कारण मुसिकोट नगरपालिका–४ वडागाउँको दजाकोटमा फैलिएको झाडा पखलाको प्रकोपका कारण १० दिनदेखि विद्यालय बन्द हुँदा पढाई प्रभावित भएको छ ।
गत वैशाख ८ गतेबाट गाउँका सबै नागरिक बिरामी पर्न थालेपनि स्थानीय पशुपति निमावि पनि बन्द गरिएको थियो ।
घरका अभिभावक र बालबालिका नै बिरामी पर्न थालेको र विद्यालयमा अझै धेरै सर्ने सम्भावना भएकाले विद्यालय बन्द गरिएको प्रधानाध्यापक जुक्तबहादुर छन्तेलले बताए ।
विद्यालयमा अहिले १ सय १५ जना बिद्यार्थीले अध्ययन गर्दै आएका छन् । समस्या अझै नियन्त्रणमा नआएकाले विद्यालय सञ्चालन नहुँदा नयाँ शैक्षिक सत्रको पढाई प्रभावित भएको प्रधानाध्यापक छन्तेलले बताए ।
झाडा पखलाकै कारण पशुपति निमाविको कक्षा ६ मा अध्ययन गर्ने १२ वर्षीय रेशम सिञ्जालीको मृत्यु भएको भएका छ । उनी टेक बहादुर रेश्मीका छोरा हुन् ।
मुसिकोट नगरपालिकाका कार्यपालिका सदस्य हरि छन्तेलका अनुसार परिवारले गलत सुचना दिएका कारण बालकको मृत्यु भएको थियो ।
‘सोही विद्यालयमा एक विद्यार्थीको ज्यान नै गयो, गाउँका सवै जसो बिरामी परेका कारण विद्यालय खोल्ने कुरै भएन ।’–छन्तेलले भने–‘अहिले अवस्था सुधार भएको छ । खोल्ने विषयमा सल्लाह गरिरहेका छौँ ।’
झाडापखालाबाट प्रभावित दजाकोटको सिङ्गो बस्तीमा खानेपानीको ठुलो समस्या देखिएको छ । एक सातादेखि गाउँमा प्रयोग गर्दै आएको पानीमा कोलिफर्म देखिएको थियो ।
गाउँ नजिकै अन्य कुनै खानेपानीको स्रोत नभएकाले टाढा रहेको तालखोला भन्ने ठाउँबाट नगरपालिकाले ट्याङ्करबाट खानेपानी वितरण गरिएको छ ।
तर, त्यो पर्याप्त नभएको स्थानीय युवा विमल छन्तेलले बताए । दजाकोट गाउँमा पिउने पानी शुद्धिकरण जाँच गर्नका लागि खानेपानी तथा ढल व्यवस्थापन विभागको पानी परिक्षण घुम्ती सेवा (वाटर एम्बुलेन्स) आएको छ ।
झाडापखाला प्रभावित क्षेत्रमा दुषित पानीका कारण रोगको थप प्रकोप फैलिन नदिन खानेपानी तथा सरसफाई मन्त्री बिना मगरको निर्देशनमा विभागको पानी शुद्धिकरण चेक गर्न आधुनिक उपकरणसहितको वाटर एम्बुलेन्स गाउँमा आएको मेयर सोमनाथ सापकोटाले बताए ।
टोपलाल अर्याल
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कैलारी गाउँपालिकाका–३ डोङ्पुरका २० वर्षीय आरजु चौधरीलाई ०८१ माघ ३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८१ भदौ १८ गते बलात्कार…
इन्सेकका महासचिव डा. रघुनाथ अधिकारीलाई मातृशोक
इन्सेकका महासचिव डा. रघुनाथ अधिकारीकी ममतामयी आमा चन्द्रावती अधिकारीको ९२ वर्षको उमेरमा २०८१ माघ ४ गते असामयिक निधन भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का अध्यक्ष डा. कुन्दन अर्यालद्वारा…
बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा शिवराज नपा–६, पैकेबण्डाका ३० वर्षीय उमर थारु कुजडा विरुद्ध इलाका प्रहरी कार्यालय, चन्द्रौटामा ०८१ माघ २ गते उजुरी दर्ता भएको छ । पीडित महिलालाई…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा मायादेवी गाउँपालिका–६ का २३ वर्षीय मनिष कुर्मीलाई प्रहरीले ०८१ माघ २ गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले पुस २९ गते यौन दुर्व्यवहार…
सशस्त्र द्वन्द्वका पीडितको सेवा सुविधा कटौती नगर्न मुख्यमन्त्री कँडेललाई ध्यानाकर्षण
सशस्त्र द्वन्द्वका पीडितलाई राहत, परिपूरण, न्याय र संस्थागत सुधारसँग जोडिएको भत्ता सुविधा सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विषय भएकाले विगतदेखि पाउदै आएको सुविधालाई कटौती नगरी विगतमा जस्तै सुविधा यथावत पाउने गरी कार्यविधि…