झरना हेर्न गएकी महिलाको डुबेर मृत्यु नभइ हत्या गरिएको पीडित पक्षको आरोप
रोल्पाको सुनछहरी झरना घुम्न गएकी नेपालगञ्ज उपमनपा–१८ की २४ वर्षीया चन्द्रा सुनारको डुबेर नभई योजनावद्ध रुपमा हत्या गरिएको पीडित पक्षले आरोप लगाएका छन् ।
पीडित पक्षका अनुसार १० वर्ष अघि चन्द्रा र उमेश सुनारले प्रेम विवाह गरेका थिए । केही महिना उनीहरूसँगै बसे पछि गएर उमेशले वास्ता गर्न छाडेका थिए ।
“आरोपित उमेशले लामो समय वास्ता नगर्नु र एक्कासी गत वैशाख २६ गते रोल्पा आउ भन्दै ५ हजार रूपियाँ पठाएका थिए । रोल्पा पुगेको तीन दिनमै उनको हत्या भयो । ” मृतकका आफन्त देउमल सुनारले भन्नु भयो ।
सुनारका अनुसार आरोपितको अर्की महिलासँग सम्बन्ध रहेको थियो । त्यसै कारणले हत्या गरेको हुनसक्ने सुनारले बताउनु भयो ।
हत्या घटनाको उजुरी दिन खोज्दा प्रहरीले उजुरी लिन नमानेको मृतकका आफन्त देउमल सुनारले बताउनु भयो ।
घटनाका सन्दर्भमा सुनछहरी गाउँपालिकाका अध्यक्ष धनबहादुर पुन मगरले प्रहरीले उजुरी लिन नमानेको भन्दै पीडितपक्ष बाँकेको कोहलपुरबाट फोन गरेको बताउदै घटना जेजस्तो भएपनि प्रहरीले उजुरी लिनुपर्ने बताउनु भयो ।
प्रहरीले उजुरी नै नलिनु गैरजिम्मेवार कुरा भएको अध्यक्ष मगरले बताउनु भयो । मगरका अनुसार घटना ०८० वैशाख २९ गते साझ चारदेखि पाँच बजेको समयमा भएको हो । घटना अलि शङ्काष्पद नै रहेको अध्यक्ष मगरको भनाइ रहेको छ ।
घटनाका सम्बन्धमा जिल्ला प्रहरी कार्यालय रोल्पाका डिएसपी श्यामकुमार सारू मगरले प्रहरीले जाहेरी लेखेर ल्याउन भनेको तर पीडित पक्षले नै जाहेरी पोष्टमार्टम पछि दिन्छौ भनेपछि अहिले उजुरी दिएको र घटनाको बारेमा थप अनुसन्धान भइरहेकोे बताउनु भयो ।
मृतकका आफन्तका अनुसार घटना स्थलमा मदिराको बोत्तल, शङ्काष्पद औषधि, यौनाङ्गमा घाउ भएको र नग्न अवस्थामा रहेको थियो ।
आरोपित उमेश पोवाङ प्रहरी चौकीमा कार्यरत छन् । घटनास्थल प्रहरी चौकीबाट डेढ घण्टाको पैदल दुरीमा छ ।
शवको पोस्टमार्टम वैशाख ३१ गते जिल्ला अस्पताल रेउघामा गरी सोही दिन शव आफन्तलाई बुझाइएको छ ।
तिलक जिएम
सम्बन्धित समाचारहरू
नौ दिनदेखि धर्नामा बसेका अभियन्ता ईः को स्वास्थ्यप्रति संवेदनशील बन्न आयोगको आग्रह
फुटपाथ व्यवसायीलाई उचित व्यवस्थापन गर्नु पर्ने मागसहित नौ दिनदेखि काठमाडौँ महानगरपालिका मेयरको कार्यालय अगाडि धर्नामा बसिरहनुभएका अभियन्ता ईः को स्वास्थ्यप्रति संवेदनशील बन्न राष्ट्रिय मानव अधिकार आयोगले आग्रह गरेको छ ।…
सहकर्मी कुटपिट घटनाको विरोधमा डाक्टरहरूद्वारा प्रदर्शन
पोखराको मणिपाल शिक्षण अस्पताल लगायत देशका विभिन्न ठाउँमा चिकित्सकहरूमाथि निरन्तर आक्रमण बढिरहेको भन्दै काठमाडौँमा डाक्टरहरूले प्रदर्शन गरेका छन् । सेतो कोट लगाएर प्रदर्शनमा उत्रिएका डाक्टरहरूले आक्रमणमा संलग्नलाई कडा कारबाही गर्नु…
विद्यालय शिक्षा विधेयकको विरोधमा राहत शिक्षक नौ दिनदेखि आन्दोलनमा
सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकमा आफ्ना मुद्दाहरू नसमेटिएको भन्दै सामुदायिक विद्यालयका राहत शिक्षक ०८० असोज २ गतेदेखि विभिन्न कार्यक्रम गर्दै आन्दोलनमा रहेका छन् । नेपाल राहत शिक्षक केन्द्रीय…
बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा बहुदरमाई नगरपालिका–७ का ४५ वर्षीय सुशिल राउत कुर्मी विरुद्ध पीडितले जिल्ला प्रहरी कार्यालयमा २०८० असोज ५ गते दिएको उजुरी प्रहरीले असोज ७ गते दर्ता…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सन्धिखर्क नगरपालिका–१ बस्ने २० वर्षीय रामबहादुर पुनलाई असोज ८ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले असोज ७ गते बलात्कार गरेको भन्दै पीडित…