झडपमा मतगणना प्रतिनिधिसहित तीन जना घाइते
छविस पाथिभेर गाउँपालिकामा नेकपा माओवादी केन्द्र र नेकपा एमालेका कार्यकर्ताबिच असार १५ गते दिउँसो झडप भएको छ । झडपमा मतगणना प्रतिनिधिसहित तीन जना घाइते भएका छन् भने माओवादी केन्द्रका ६ जना कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
घाइते मध्ये वडा नं ५ का मतगणना प्रतिनिधि एवम् अनेरास्वियुका केन्द्रिय सम्पर्क विभागका सचिव सागर भट्टको खुट्टा भाँचिएको छ । यस्तै एमालेका कार्यकर्ता सुवास भट्टको टाउको र कानमा चोट लागेको छ । एमालेकै सिद्धराज थापाको हात भाँचिएको अनेरास्वियुका केन्द्रिय महासचिव ऐन महरले जानकारी दिएका छन ।
असार १४ गते साँझ मदिरा खाएर होहल्ला गरिरहेका माओवादी कार्यकर्तालाई नियन्त्रणमा लिनका लागि आफूहरूले प्रहरीलाई खबर गरेको र त्यही रिसमा आज माओवादी केन्द्रका कार्यकर्ताले आफूहरूलाई आक्रमण गरेर घाइते बनाएको घाइते सागर भट्टले जानकारी दिएका छन् । उनले माओवादी केन्द्रले जिल्ला बाहिरबाट 'गुण्डा' मगाएर कुटपिट गरेको आरोप लगाए । उनले घाइते तिनै जनाको उपचार जिल्ला अस्पताल बझाङमा भइरहेको बताए ।
घटनाको विषयमा जानकारी दिँदै अनेरास्ववियुका महासचिव ऐन महरले आफ्ना निहत्था कार्यकर्तामाथि माओवादी केन्द्रका सांसद जनक बुढाको निर्देशनमा साङ्घातिक आक्रमण गरेको आरोप लगाउँदै दोषीलाई कारबाही हुनुपर्ने र घाइतेको उपचारको व्यवस्था गरिनु पर्ने बताएका छन् ।
नेकपा माओवादी केन्द्रका सांसद जनक बुढाले दोहोरो झडपमा आफ्ना पाँच जना कार्यकर्ता घाइते भएको र ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको बताएका छन् । उनले जिल्ला बाहिरबाट 'गुण्डा' मगाएर आक्रमण गरेको कुरा पूर्ण रूपमा असत्य भएको बताउँदै भने-'चुनाव सकिएका जिल्लाका केही साथीहरू प्रचारका क्रममा यता आएका हुन सक्छन् । हाम्रा पनि उता गएका थिए । तर, 'गुण्डा' मगाएर आक्रमण गरेको भन्ने एमालेको आरोपमा कुनै सत्यता छैन ।'
गिरफ्तार गरिएका आफ्ना कार्यकर्ता रिहा नगरेसम्म छविसपाथिभेरे गाउँपालिकाको मतगणना हुन नदिने बताउँदै बुढाले भने-'निर्वाचनको बेला यस्ता सामान्य घटनाहरू सबै तिर हुन्छन् । यसैको निहुँमा एक पक्षका कार्यकर्तालाई नियन्त्रणमा लिनु राम्रो होइन ।'
प्रहरीले भने कसैलाई नियन्त्रणमा नलिएको बताउदै छलफलका लागि उनीहरूलाई बोलाएको बताए । जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रामबहादुर चन्दले भने-'हामीले कसैलाई नियन्त्रणमा लिएका छैनौँ । छलफलका लागि दुवै पक्षलाई बोलाएका हौँ । एक पक्ष आएको छ अर्को पक्ष आउँदै छ ।' झडपले उग्ररूप लिएपछि प्रहरीले लाठी चार्ज गरेर स्थिति नियन्त्रणमा लिएको उनले बताए ।
प्रकाश बिक
सम्बन्धित समाचारहरू
बलात्कार कसुरमा ७ वर्ष कैद र २ लाख जरिवाना सजायको फैसला
४९ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले बरेङ गाउँपालिका–२ पोखराचौरका ४६ वर्षीय टिकाराम क्षेत्रीलाई ७ वर्ष कैद सजाय फैसला गरेको छ । २०७७ माघ २८ गते महिलालाई बलात्कार गरेको…
लोडसेडिङ्गको समय बढाएपछि एसइई परिक्षा तयारीका विद्यार्थीलाई सास्ती
सदरमुकामस्थित सिमकोट गाउँपालिकामा दैनिक १६ घण्टा विद्युत लोडसेडिङ्ग हुँदा आगामी चैत १७ गतेदेखि सुरू हुने एसइई परिक्षाको तयारी गर्दै आएका विद्यार्थीहरूले सास्ती खेपेका छन् प्रत्येक दिन सदरमुकाम सिमकोटमा लोडसेडिङ्ग हुँदै…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा सुरुङ्गा नगरपालिका–४ कदमाहा टोलका ४२ वर्षीय बच्चु भनिने शिव शंकर चौधरी माघ १८ गते गिरफ्तार भएका छन् । आफ्नै पसलमा व्यपार गरेर बसिरहेकी…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले खडक नगरपालिका–२ दुहबी टोलका ४१ वर्षीय शनिदेव चौधरीलाई माघ १६ गते गिरफ्तार गरेको छ । पीडितकी आमाले दिएको उजुरी दर्ता गर्दै इलाका प्रहरी…
डाक्टरको लापर्बाहीले अस्पतालमा सुत्केरीकको मृत्यु भएको आफन्तको आरोप
मरिण गाउँपालिका-४ वाक्सिङटारकी २७ वर्षीया सीता तामाङको उपचारको क्रममा सिन्धुली अस्पतालका डाक्टरको लापर्बाहीले ०७९ माघ १८ गते मृत्यु भएको आरोप लगाउँदै मृतकका आफन्तहरूले माघ १८ गते अस्पताल परिसरमा विरोध प्रदर्शन…