झडपमा परी घाइते भएका मण्डलको उपचारका क्रममा मृत्यु
हंसपुर नगरपालिकाको केन्द्र सार्ने विषयमा भएको विवादपछि उत्पन्न झडपमा परी घाइते भएका हंसपुर नपा–२ बघचौराका ६७ वर्षीय तपेश्वर मण्डलको उपचारका क्रममा जनकपुर अञ्चल अस्पतालमा भदौ १८ गते राति मृत्यु भएको छ ।
गत साउन २१ गते कार्यालय सार्न खोज्दा हंसपुर नगरपालिकाका मेयर रामज्ञान मण्डल र उपमेयर रेणुदेवी झाको समूहबिच झडप भएको थियो ।
सोही झडपमा परी घाइते भएका मण्डल जनकपुर अञ्चल अस्पतालमा उपचारार्थ भर्ना भएका थिए । उपचारकै क्रममा भदौ १८ गते उनको मृत्यु भएको जनकपुर अञ्चल अस्पतालका मेडिकल सुपरिटेण्डेण्डेण्ट नागेन्द्रप्रसाद यादवले बताए ।
उनको मृत्यु भएपछि हंसपुर नगरपालिकाका उपमेयर झाका समर्थक स्थानीयले भदौ १९ गते दिउँसो अस्पतालमा आएर घटनाका दोषीलाई कारबाही गर्न र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिनु पर्ने माग गर्दै प्रदर्शन गरेका हुन् ।
यसैबिच इन्सेक प्रदेश २ कार्यालयका संयोजक राजु पासवान, ओरेक धनुषा संयोजक रोजलिन बछार र थर्ड एलायन्सका प्रदेश संयोजक विनोदकुमार रविदासले अस्पतालमा पुगेर प्रर्दशनको अनुगमन गर्नुका साथै हंसपुर नगरापालिकाका स्थानीयसँग भेटी घटनाका बारेमा जानकारी लिएका छन् ।
उपचारमा संलग्न डाक्टर कामेश यादवले बायाँ गोडा भाँचिएकाले उपचारका क्रममा रहेका मण्डलको मृत्यु भएको बताए ।
घटनालाई लिएर आन्दोलन जारी रहेको र पोष्टमार्टमका लागि मृतक पक्ष नआएका कारण पोष्टमार्टम हुन नसकेको उनले बताए ।
अजयकुमार साह
सम्बन्धित समाचारहरू
प्रहरीको भवन निर्माण अलपत्र हुँदा सेवा प्रवाहमा समस्या !
पाँच वर्षदेखि निर्माणाधीन जिल्ला प्रहरी कार्यालयको भवन अलपत्र हुँदा सेवा प्रवाहमा समस्या भएको छ । समयमै भवन निर्माण हुन नसक्दा नियमित कामकाजमा असहज भइरहेको छ । भवन नहुँदा कहिले जीर्ण…
सामुदयिक स्वास्थ्य चौकी खोल्सीमा भौतिक सामग्री अभावः सेवाग्राहीलाई समस्या
सिमकोट गाउँपालिका–८ स्थित सामुदायिक स्वास्थ्य इकाइ खोल्सीमा भौतिक सामग्रीको अभाव भएको छ । उक्त सामुदायिक स्वास्थ्य इकाइमा बिरामीहरूलाई सेवा दिने विभिन्न भौतिक संरचनाको अभाव भएपछि सेवाग्राहीले सास्ती खेप्नु परेको हो…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भिमदत्त नगरपालिका–३ तिलकपुरका २२ वर्षीय रवि चदारालाई ०८१ फागुन ४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई बिभिन्न प्रलोभन देखाई आरोपितले ०८१ असोज…
स्वास्थ्कर्मी कुटपिट घटनाका आरोपित गिरफ्तार
सेती प्रादेशिक अस्पताल, धनगढीमा कार्यरत डाक्टर वेदप्रकाश पन्तलाई कुटपिट गरेको आरोपमा प्रहरीले धनगढी उपमहानगरपालिका–१३ का २४ वर्षीय कृष्ण रानालाई ०८१ फागुन ५ गते गिरफ्तार गरेको छ । डाक्टर पन्तले आइसीयुमा…
नारायणी अस्पतालमा चिकित्सकको अभाव हुँदा सेवाग्राहीहरू मर्कामा
वीरगञ्जस्थित नारायणी अस्पतालमा ०७९ साउन महिनादेखि विशेषज्ञ चिकित्सकको अभाव हुँदा सेवाग्राहीहरू मर्कामा परेका छन् । नारायणी अस्पतालमा विशेषज्ञ चिकित्सकको दरबन्दी पाएका चिकित्सकहरू काजमा अन्य अस्पतालमा कार्यरत भएको कारण अस्पतालमा सेवा…