झडपमा घाइते भएका शाहीको उपचारका क्रममा मृत्यु
खार्पुनाथ गाउँपालिकाको मतगणना स्थलको झडपमा घाइते भएका सोही गाउँपालिका–५ याङ्चुका ६१ वर्षीय छत्त शाहीको उपचारका क्रममा जेठ ४ गते मृत्यु भएको मृतकका छोरा सागर शाहीले जनकारी दिनु भएको छ ।
शाहीको नेपालगञ्ज मेडिकल कलेज बाँकेमा उपचारका क्रममा मृत्यु भएको हो ।
मतगणना स्थलबाहिर बसिरहेको बेला वैशाख ३१ गते गठबन्धन पक्षको ढुङ्गा प्रहारबाट शाही लगायतका नेकपा एमालेका तीन जना कार्यकर्ता घाइते भएको नेकपा एमाले निकट युवा संघका जिल्ला अध्यक्ष तथा मृतकका छोरा सागर शाहीले आरोप लगाउनु भएको छ ।
झडपमा घाइते हुनेमा सोही गाउँपालिका–५ याङ्चुका ३५ वर्षीय मन्दिरसिंह ऐडी र १८ वर्षीय नविन ऐडी रहेका छन् ।
टाउकोमा गम्भिर चोट लागेका घाइते तीनै जनालाई जिल्ला अस्पताल हुम्लामा वैशाख ३१ गते उपचारका लागि ल्याइएको थियो । तर जिल्ला अस्पताल हुम्लामा पनि उपचार हुन नसकेपछि बुबालाई जेठ १ गते जिल्ला बाहिर रिफर गरिएको सागरले जानकारी दिनु भएको छ ।
घटनाका सम्बन्धमा घोर भत्र्सना गर्दै नेकपा एमाले हुम्ला जिल्ला कमिटिले जेठ ५ गते प्रेस विज्ञप्ति प्रकाशन गरेको छ । हुम्ला जिल्ला उपाध्यक्ष डबल रावत र सचिव तिर्थराज बोहराद्वारा प्रकाशित विज्ञप्तिमा घटनामा संलग्न व्यक्तिलाई कानून बमोजिमको कारबाहीको माग गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी सीता परियारले उपचारका क्रममा शाहीको मृत्यु भएको खबर आएको बताउनु भएको छ ।
घटनाका सम्बन्धमा मृतकका आफन्तले नौ जनाका विरुद्व जिल्ला प्रहरी कार्यालय, हुम्लामा जेठ ४ गते किटानी जाहेरी दिएका छन् । घटनामा संलग्न व्यक्तिको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय, हुम्लाका डीएसपी कृष्णराज ओझाले जानकारी दिनु भयो ।
नन्द सिंह
सम्बन्धित समाचारहरू
घरेलु हिंसा पीडित महिलाद्वारा इन्सेकको सहयोगमा मुद्दा दर्ता
घरेलु हिंसा पीडित कपिलवस्तु नगरपालिका–६ गोबरी घर भई हाल कपिलवस्तु नगरपालिका –११ माइती घरमा बस्दै आएकी २० वर्षीया छायाँ बरीले इन्सेकको सहयोगमा जिल्ला अदालतमा असार २१ गते मुद्दा दर्ता गराउनु…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार २३ गते)
असार २३ गते ६० जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ८० हजार ५८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १ हजार ३…
बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी
१३ वर्षीया बालिकालाई विवाह गर्ने प्रलोभनमा पारी बलात्कार गरेको आरोपमा पीडित पक्षले बराहक्षेत्र नगरपालिका–१ का १९ वर्षीय जयकुमार राईविरूद्ध असार २१ गते इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघटीमा उजुरी दिएको छ…
बलात्कार गरेको कसुरमा १२ वर्ष कैद सजायको फैसला
१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले फिदिम नगरपालिका–९ का २२ वर्षीय कृष्ण राइलाई १२ वर्ष कैद सजायको फैसला सुनाएको छ । न्यायाधीश योगेन्द्रप्रसाद शाहको असार २१ गतेको इजलासले…
कर्णालीका ५५ प्रतिशत बालबालिकामा कुपोषण
नेपालको संविधानको धारा ३८ र धारा ३९ मा प्रत्येक नागरिकलाई खाद्यवस्तुको अभावले जीवन जोखिममा पर्ने अवस्थाबाट सुरक्षित हकको अधिकार भएको उल्लेख गरिए पनि कर्णालीमा गरिबीकै कारण ज्यान गएको पाइन्छ ।…