झडपका गम्भीर घाइतेलाई थप उपचारका लागि सुर्खेत र नेपालगञ्ज पठाइयो
स्थानीय तहको चुनाव प्रचार प्रसारको क्रममा चौरजहारी र आठवीसकोटमा भएको नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको झडपमा घाइते भएका आठवीसकोटका दुई जना घाइतेलाई थप उपचारका लागि वैशाख २४ गते हेलिकप्टरमार्फत सुर्खेत लगिएको छ भने चौरजहारीमा घाइते भएका दुई जनालाई थप उपचारको लागि नेपालगञ्ज पठाइएको छ ।
आ–आफ्नो पार्टीको प्रचार प्रसारका क्रममा विवाद हुँदा वैशाख २३ गते राति झडप भएको र त्यस क्रममा चौरजहारी र आठवीसकोटमा ६ जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय, रुकुम पश्चिमका डीएसपी बिष्णु सोतीले जानकारी दिनुभयो । उहाँका अनुसार गम्भीर घाइते हुनेमा तुलबहादुर कामी, शंकर बोहरा, यज्ञ बिष्ट, त्रिलोचन गिरी, डिल्लीराज बोहरा र सीता बोहरा रहेका छन् । डिल्ली र सीता बोहरालाई थप उपचारका लागि गाडीमार्फत नेपालगञ्ज लगिएको छ ।
रुकुममा दैनिक जसो राजनीतिक दलका बीचमा झडप हुने गरेको र यसले शान्ति सुरक्षामा खलल पुगेकाले सुरक्षालाई थप कडा बनाउन जिल्ला स्तरमा छलफल भइरहेको र सोही अनुसार सुरक्षा व्यवस्थालाई कडाईका साथ लागु गर्ने डिएसपी सोतीको भनाई छ । आठवीसकोट झडपमा नेकपा माओवादी केन्द्रका तर्फबाट वडाध्यक्ष पदका उम्मेद्वार केशरमान बिक, माओवादी केन्द्रका कार्यकर्ता तुलबहादुर बिक, सन्तोष बिक र झडप नियन्क्रण गर्ने त्रममा दुई जना नेपाल प्रहरी पनि सामान्य घाइते भएको उहाँले जानकारी दिनुभयो । घाइते भएका प्रहरीको नाम डीएसपी सोतीले खुलाउन भएन ।
त्यसैगरी चौरजहारी झडपमा गुमान नेपाली सामान्य घाइते भएका छन् । घाइतेहरूको नगर अस्पतालमा प्राथमिक उपचारपछि डिस्चार्ज भएको र अवस्था सामान्य रहेको उहाँको भनाई छ । घटना भएका क्षेत्रमा थप सुरक्षाकर्मी परिचालन गरेको डिएसपी सोतीले जानकारी दिनुभयो ।
मनिषा केसी
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार २० गते)
असार २० गते ३४ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ८ सय ३५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…
न्याय सम्पादन प्रभावित भएपछि सेवाग्राही समस्यामा
झण्डै दुई महिनादेखि जिल्ला अदालत, अछाममा जिल्ला न्यायाधीश नहुँदा न्यायिक प्रक्रिया प्रभावित भएपछि सेवाग्राहीहरु समस्यामा परेका छन् । वैशाख पहिलो सातादेखि न्यायाधीश नविनकुमार जोशीको सरुवा भएर अन्यत्र गएकाले मुद्दाको पेसी…
न्यायिक प्रक्रियामा जनताको सहज पहुँच हुनु पर्नेमा जोड
न्यायिक प्रक्रियामा जनताको सहज पहुँच हुनु पर्नेमा नेपालगञ्ज उप– महानगरपालिकाका प्रमुख प्रशान्त बिष्टले जोड दिनु भएको छ । डिसिएको सहयोग र इन्सेक नेपालगञ्जको आयोजना तथा जिल्ला प्रहरी कार्यालयको सहकार्यमा असार…
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
रङ्गेली नगरपालिका–१ बवियाविर्ताकी ३० वर्षीया बविता मल्लिकलाई आगो लगाएर हत्या गरेको आरोपमा प्रहरीले २३ वर्षीय पति अशोक मल्लिकलाई असार १७ गते गिरफ्तार गरेको छ । घरायसी विवादका क्रममा आरोपितले असार…
नगरपालिकाद्वारा मानव अधिकार समूहलाई सम्मान
वाणगंगा नगरपालिकाको ११ औं नगर सभामा जिल्लाको प्रथम बालश्रम मुक्त नगरपालिका घोषणा गर्न इन्सेकद्वारा गठित मानव अधिकार समूहले महत्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै असार १७ गते मानव अधिकार समूहलाई सम्मान…