ज्वोरोका बिरामीले सिटामोल पनि पाउँदैनन्, बिरामी बढेसँगै अस्पतालका शैया भरिदै
चाँगुनारायण नगरपालिका–८ सुडालका प्रमानन्द श्रेष्ठलाई ज्वरो आएको दुईदिन भयो । डाक्टरसँग सल्लाह गर्दा सिटामोल खानुस भनेको तर बजारमा सिटामोल किन्न जाँदा सिटामोल नपाएको उहाँ गुनासो गर्नु हुन्छ ।
अहिलेको ज्वरो कोभिड पनि हुनसक्ने भएकाले चिकित्सकसँग फोनबाटै परामर्श लिए पनि बजारमा औषधि भने नपाएको उहाँ बताउनु हुन्छ ।
“सिटामाल पाइएन तातो पानी खाएर बसेको छु, अझै गाह्रो भए अस्पताल जाने सोचमा छु, अस्पतालनै जान पनि डर लाग्छ, सरकारी अस्पतालमा बेड खाली छैन रे निजीमा महंगो छ, सिटामोल पाएको भए अलि ज्वरो ओर्लिन्थ्यो कि ।”
भक्तपुरमा ज्वरोका बिरामी बढेसँगै सिटामोलको अभाव भएको गुनासो आए पनि बजारमा आफै गएर खोज्दा पनि यहाँका औषधि पसल एवम् फार्मेसीहरूमा सिटामोलको अभाव भएको पाइएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताउनु भयो ।
सिटामोलको अभाव भएको व्यापक गुनासो आएपछि प्रशासनले भक्तपुरको मुख्य बजार सूर्यविनायक, कमलविनायक, दुधपाटीलगायतका क्षेत्रका २० ओटा औषधि पसलमा गएर बुझ्दा सिटामोलको अभाव पाइएको बताउँदै उहाँले केही व्यापारीले लुकाएको पनि पाइएकोले दुई पसललाई कारबाही पनि गरिएको बताउनु भयो ।
घरघरमा ज्वरो तथा रुघाखोकीका बिरामी थपिदै गएपछि सिटामोलको माग बढे पनि आपूर्ति नहुँदा सिटामोलको अभाव भएको हो । भक्तपुरका फार्मेसी सञ्चालक रुद्र न्यौपानेले सिटामोलको माग धेरै भएको तर आपूर्ती भने शून्य जस्तै भएकाले सिटामोलको अभाव भएको बताउनु भयो ।
सरकारले सित्तैमा दिने भनेको सिटामोल किन्न खोज्दा पनि नपाइएको गुनासो गर्नु हुन्छ भक्तपुर नगरपालिका–१ दूधपाटीका सन्तोष श्रेष्ठ ।
उहाँले अस्पताल आसपासका फार्मेसीमै सिटामोल नपाइने भन्दै उहाँले धेरै जसो बिरामी चिकित्सकको सिफारिस बिनानै सिटामोल लगेर जाने गरेकाले पनि औषधि अभाव भएको हुन सक्ने बताउनु भयो ।
भक्तपुर अस्पतालकी मेडिकल सुपरिटेण्डेन्ट डाक्टर सुमित्रा गौतमले भक्तपुर अस्पालमा भएको सिटामोल चिकित्सकको सिफारिस बिना दिन नसकिने बताउनु भयो ।
उहाँले भन्नुभयो, “हाम्रो अस्पतालमा सिटामोल छ, अहिले पनि अस्पतालको फार्मेसीमा ४५ सय सिटामोल छ, स्टोरमा पनि छ, भक्तपुर अस्पतालले आफ्नो अस्पतालमा आउने बिरामीलाई चिकित्सकको सिफारिस अनुसार निःशुल्क सिटामोल दिइरहेको छ ।”
आवश्यकता भन्दा बढी सिटामोल लैजाने र घरमा स्टोर गरेर राख्ने प्रचलनले पनि अभाव हुन सक्ने उहाँ बताउनु हुन्छ ।
ज्वरोको बिरामी ह्वात्तै बढ्दा बाहिर सिटामोल अभाव भएको हुनसक्ने भन्दै उहाँले भक्तपुर अस्पतालमा दैनिक ७ सय भन्दा बढी बिरामी बिहरंग सेवा लिन आउने गरेको बताउनु भयो ।
त्यस मध्येमा २ सय ५० भन्दा बढी ज्वरो आएकै बिरामी हुने गरेको जानकारी दिँदै डाक्टर गौतमले ज्वरोको बिरामी भने निकै बढेको बताउनु भयो ।
कोभिड सङ्क्रमित बिरामी पनि थपिदै जाँदा अस्पतालको शैया भरिन थालेको बताउँदै उहाँले अस्पतालमा रहेको ६ शैयाको आइसीयू कोरोनाका बिरामीले भरिएको र आइसीयू नचाहिने कारोनाका बिरामीलको चाप पनि बढेको बताउनु भयो ।
डाक्टर गौतमले अस्पतालले दैनिक गर्ने पीसीआर परीक्षणमा ८५ प्रतिशतसम्म कोभिड–१९ पोजेटिभ आउने गरेकोमा माघ ९ गते भएको परीक्षणमा भने ६५ प्रतिशतलाई कोभिड सङ्क्रमण देखिएको बताउनु भयो ।
ज्वरोका बिरामीले अरु अस्पताल पनि भरिन थालेको बताउँदै जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख कृष्ण मिजारले सिटामोल अभाव भएको स्वीकार्नु हुन्छ ।
कतिपय ज्वरोका बिरामी अस्पताल नआई घरमै सिटामोल खाएर बस्ने गरेको भन्दै उहाँले बिरामी बढेसँगै माग बढ्दा सिटामोलको अभाव भएको बताउनु भयो ।
रमेश गिरी
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कपिलवस्तु बाणगंगा नपा–१० ओदारीका १९वर्षीय मनोज चौधरी र तिलोत्तमा नपा–१० सुपौलीका कुलबहादुर थापालाई माघ १० गते घरबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रुबीभ्याली गाउँपालिका-६ का ४६ वर्षीय आफ्नै बुवालाई प्रहरीले ०७९ माघ १२ गते गिरफ्तार गरेको छ । पीडित सुतेकै अवस्थामा नीलकण्ठ नगरपालिका-१२ साङकोष अस्थाई घरमा…
पीडित महिलालाई इन्सेकद्वारा आर्थिक सहयोग प्रदान
कथित बोक्सी आरोपमा कुटिएकी सिद्धलेक गाउँपालिका–२ बिसटारी की ४७ वर्षीया हिरादेवी सिलवाललाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले ०७९ माघ १३ गते सहयोग नगद उपलब्ध गराएको छ । इन्सेकको पीडित…
कानुनी प्रकृयामा जानका लागि पीडितलाई इन्सेकको सहयोग
आर्थिक अवस्था कमजोर भई कानुनी प्रकृयामा जान नसकेका दुई जना घरेलु हिंसा पीडित महिलालाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय, सुर्खेतले आर्थिक सहयोग गरेको छ । जाजरकोट जिल्लाको…
अनुगमनमा गएका वडा सदस्यमाथि कुटपिट
छिन्नमस्ता गाउँपालिका–५ का वडा सदस्य ४७ वर्षीय योगेन्द्रप्रसाद शर्मा, उहाँका बुबा ७५ वर्षीय बिन्देश्वर शर्मा र भतिजा ३० वर्षीय संजयकुमार शर्मालाई ०७९ माघ ११ गते सोही ठाउँका ५० वर्षीय जयनाथ…