ज्येष्ठ नागरिक हत्या प्रयास घटनाका आरोपित गिरफ्तार
सिद्धलेक गाउँपालिका-६ का ७२ वर्षीय हरिप्रसाद सिलवाललाई आफूहरूमाथि अमानवीय व्यवहार गर्दा खुकुरी प्रहार गरी हत्या प्रयास गरेकाे आरोपमा सोही ठाउँकी ३७ वर्षीया पार्वती सिलवाल र उहाँकी देवर ३५ वर्षीय कुमार सिलवाललाई प्रहरीले ०८० असाेज ६ गते गिरफ्तार गरेकाे छ ।
पीडितलाई आरोपितहरूले असोज ६ गते खुकुरी प्रहार गरी हत्या प्रयास गरेको भन्दै पीडित पक्षले सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सन्तुलाल प्रसाद जैसवारले जानकारी दिनुभयाे ।
पीडितकाे उपचार शिक्षण अस्पताल, काठमाडौँमा भइरहेकाे छ । आरोपितहरूलाई हिरासतमा राखि थप अनुसन्धान गरिरहेको डिएसपी जैसवारले इन्सेकलाई जानकारी दिनुभयाे ।
सीताराम अधिकारी
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा धुलिखेल नगरपालिका-९ का २० वर्षीय महेश तोलङ्गेलाई प्रहरीले ०८० मङ्सिर १७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले मङ्सिर १० गते धुलिखेलको एक…
मानव बेचबिखन तथा ओसारपसार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया दुई जना र १७ वर्षीया एक जना बालिकालाई बेचबिखन तथा ओसारपसार गरेको आरोपमा तनहुँ नगरपालिका-२ घर भई हाल टोखा नगरपालिका-९, नयाँ बसपार्कस्थित पश्चिम लुम्बिनी गेष्ट हाउस सञ्चालिका २५…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा अजिरकोट गाउँपालिका– ५ का ३१ वर्षीय पुरुषलाई प्रहरीले मङ्सिर १६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८० मङ्सिर १५ गते यौन…
हत्या घटनाका आरोपित गिरफ्तार
मध्यविन्दु नगरपालिका– १० का ६० वर्षीय होमबहादुर दराईको हत्या गरेको आरोपमा ३५ वर्षीय छोरा रुपेश दराईलाई प्रहरीले मङ्सिर १६ गते गिरफ्तार गरेको छ । होमबहादुरलाई २०८० मङ्सिर १६ गते साँझ…
बिना कसुर थुनामा राखेको भन्दै हिरासतभित्रै अनशनमा
सहकारीको रकम अपचलन गरेको आरोपमा गिरफ्तार परी अनुसन्धानमा रहनुभएका लमजुङको कालिका सहकारीका सञ्चालक समितिका सदस्य मिलन शर्मा दनाई आफूलाई बिना कसुर थुनामा राखेको भन्दै मङ्सिर १५ गते बिहान ५ बजेबाट…