ज्येष्ठ नागरिक हत्या घटनाका आरोपित गिरफ्तार
नेत्रावती डबजोङ गाउँपालिका-४, हजारेबिसटोलकी ७२ वर्षीया सुकमायाँ गुरुङको खुर्पाले हानेर हत्या गरेको आरोपमा ३८ वर्षीय मङ्गल गुरुङलाई प्रहरीले ०८० असोज १२ गते गिरफ्तार गरेको छ ।
आरोपित गुरुङ विरुद्ध पीडित पक्षले असोज १२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
जिल्ला प्रहरी कार्यालयका एसपी गौतम मिश्रका अनुसार पीडितले आरोपितलाई कुप्रे भनेर जिस्काउने गर्दा रिस उठेको र बाख्राले बाली खाएको रिसमा पीडितलाई खुर्पाले प्रहार गरेका थिए । उक्त प्रहारबाट पीडितको घटना स्थलमा नै मृत्यु भएको एसपी मिश्रले जानकारी दिनुभयो ।
शवको पोष्टमार्टमका लागि धादिङ अस्पतालमा लगिएको एसपी मिश्रले बताउनु भयो ।
सीताराम अधिकारी
सम्बन्धित समाचारहरू
१६ दिवसीय अभियानको अवसरमा र्याली तथा संवाद कार्यक्रम
लैङ्गिक हिंसा विरुद्धको अन्त्यको सुनिश्चितताः महिला बालबालिकामा लगानीको ऐक्यवद्धताू भन्ने राष्ट्रिय नाराका साथ ०८० मङ्सिर ९ गते देखि शुरु भएको ३२ औं अन्तर्राष्ट्रिय १६ दिवसीय महिला हिंसा विरुद्धको अभियानको क्रममा…
म्यासेञ्जर च्याटको विषयमा बालिकामाथि कुटपिट
उर्लावारी नगरपालिका-४ थापाडाँगीकी १६ वर्षीया बालिका आयुष्मा बस्नेतलाई म्यासेञ्जर च्याटको विषयलाई उर्लावारी नगरपालिका-५ सूर्यचोकका २० वर्षीय यूनिक शिवाले कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ । साथीको फेसबुक आइडी चलाएको…
यौन दुर्व्यवहार घटनाका आरोपितहरू गिरफ्तार
१४ वर्षीया दुई जना बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा इन्द्रावती गाउँपालिका-६ घरभई श्री कमला देवी माविका शिक्षक ४५ वर्षीय सुरेन्द्र कोइराला र सोही विद्यालयका शिक्षक ४९ वर्षीय कविराज पौड्याललाई प्रहरीले…
दलित भएकै कारण वृद्धाश्रममा बस्न नदिएको पीडितको आरोप, प्रहरीमा उजुरी
उर्लावारी नगरपालिका-१ की ६२ वर्षीया ज्येष्ठ नागरिक शोभा सुन्दास(परियार) ले दलित भएकै कारण विराटनगर महानगरपालिका-१ पुष्पलाल चोकस्थित जागृति वृद्धाश्रमले राख्न अस्वीकार गरेको आरोप लगाउनु भएको छ । दलित भएको भन्दै…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ३८ वर्षीय बुवालाई प्रहरीले ०८० मङ्सिर २१ गते कावासोतीबाट गिरफ्तार गरेको छ । बालिकाले घटनाको बारेमा आफ्नो साथिलाई सुनाउनुभएको थियो र साथिले आफ्नो…