ज्येष्ठ नागरिक हत्या घटनाका आरोपित गिरफ्तार
भोटखोला गाउँपालिका–५ लुम्सुङका ७३ वर्षीय गोठे राईलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले २५ वर्षीय छोरा प्रेमकुमार राईलाई माघ १५ गते गिरफ्तार गरेको छ ।
घरायसी विवादका क्रममा आरोपितले माघ १५ गते बाबुलाई दाउराले प्रहार गरी गम्भीर घाइते बनाएका थिए ।
घाइतेको उपचारका लागि जिल्ला अस्पताल खाँदवारी ल्याउने क्रममा माघ १५ गते बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर सरोज खनालले बताउनु भयो ।
आरोपितलाई भोटखोला गाउँपालिका–५ हटिया बजारबाट गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।
शवको पोष्टमार्टम जिल्ला अस्पलातमा माघ १५ गते गरिएको छ ।
पीडित पक्षले माघ १६ गते शव बुझी भोटखोला गाउँपालिका–५ लुम्सुङमा सद्गत गरेको छ ।
भविन कार्की
सम्बन्धित समाचारहरू
बालविवाहविरुद्ध उजुरी दर्ता
१३ वर्षीया बालिकाको सिरहा बरियारपट्टी गाउँपालिका–२ जानकीनगरका २५ वर्षीय मिथलेश रायसँग बालविवाह भएको भन्दै जिल्ला प्रहरी कार्यालयमा जेठ २५ गते उजुरी दर्ता भएको छ । छिन्नमस्ता गाउँपालिका–१ बरहीका ४२ वर्षीय…
बलात्कार घटनाकाे कसुरमा १२ वर्ष कैद र जरिवाना
१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा शम्भुनाथ नगरपालिका–४ सखुवाका २० वर्षीय दिपक सरदारलाई जेठ २६ गते १२ वर्ष कैद सजायको फैसला भएको छ । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले आरोपितलाई…
वीरेन्द्रनगरमा पिउने पानीको चरम अभाव
कर्णाली प्रदेशको राजधानी वीरेन्दनगरमा पिउने पानीको चरम अभाव चुलिदै गएको छ । गर्मी मौसम सुरु भएसँगै प्रयोगमा ल्याइएका पानीका मुहानमा समेत पानीको सतह घट्दा उपत्यकामा खानेपानीको चरम संकट चुलिएको हो…
बलात्कार मुद्दा मुल्तबीमा राख्ने फैसला
२४ वर्षीया महिलालाई फेदाप गाउँपालिका–३ जलजलेका ३२ वर्षीय इन्द्र नेपालीले बलात्कार गरेको भनी परेको मुद्दा जिल्ला अदालतले मुल्तबीमा राख्रे फैसला गरेको छ । जिल्ला अदालतमा ०७९ मङ्सिर २० गते दायर…
समान कामको असमान ज्याला
वीरेन्द्रनगर–३ की कल्पना रास्कोटी १६ वर्ष यता निर्माण कार्यमा मजदुरका रुपमा काम गर्दै आउनुभएको छ । आर्थिक अवस्था कमजोर भएकी कल्पनाका दुई दम्पति नै निर्माण कार्यमा मजदुरका रुपमा काम गर्दै…