ज्येष्ठ नागरिक हत्या घटनाका आरोपित गिरफ्तार

  ०८१ माघ ९ गते

मालिका गाउँपालिका–८ का ६० वर्षीय लालबहादुर घर्तिलाई कुटपिट गरी हत्या गरेको आरोपमा छोरा २९ वर्षीय डम्बरबहादुर घर्तिलाई प्रहरीले ०८१ माघ ८ गते गिरफ्तार गरेको छ ।

आरोपितले मादक पदार्थ सेवन गरेर लालबहादुरलाई माघ ७ गते कुटपिट गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी किरणजिवी दाहालले जानकारी दिनुभयो । शव घर नजिक बारीमा ढुङ्गाले पुरेको अवस्थामा फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । स्थानीयले हत्याको आशंका गरेका कारण जिल्लाबाट खटिएको एसपी राजन भुजेलसहितको प्रहरी टोलीले घटना स्थलमा अनुसन्धानपछि आरोपितलाई गिरफतार गरेर हिरासतमा राखेको छ ।

पीडित पक्षले आरोपित विरुद्ध माघ ८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरेका छन् । शवको पोष्टमार्टम माघ ८ गते गुल्मी अस्पताल, तम्घासमा गरिएको छ ।


टोपलाल अर्याल