ज्येष्ठ नागरिक हत्या घटनाका आरोपित गिरफ्तार
पथरीशनिश्चरे नगरपालिका-७ स्थित मायालु चोकका ६० वर्षीय ज्येष्ठ नागरिक चन्द्रबहादुर तामाङ्गको हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका २५ वर्षीय रविन राईलाई असोज ६ गते गिरफ्तार गरेको छ ।
ससुराको हत्या गरेको आरोपमा रविनलाई ०८१ असोज ६ गते धनकुटाको मूलघाटबाट अनुसन्धानका लागि गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय, पथरीका डिएसपी मोहनविक्रम दाहालले बताउनु भयो ।
टाउको र चिउँडोमा धारिलो हतियारले चोट लागेको अवस्थामा चन्द्रबहादुरको ०८१ असोज ५ गते घरभित्रै शव फेला परेको इलाका प्रहरी कार्यालय, पथरीका डिएसपी मोहनविक्रम दाहालले बताउनु भयो ।
घरमा ज्वाईं ससुरा मात्रै बस्दै आएको र घटना भएको रात सुसुरा र ज्वाईंले मदिरा सेवन गरेको प्रमाण भेटिएकाले मदिरा सेवनपछि ज्वाईंले ससुराको हत्या गरेको डिएसपी दाहालले बताउनु भयो ।
शव पोष्टमार्टमका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, घोपाको शवगृहमा राखिएको छ।
विनोद सुवेदी
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
३४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा लुङ्ग्री गाउँपालिका–२ का २३ वर्षीय दिपक विकलाई प्रहरीले ०८१ कात्तिक २७ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले कात्तिक २६ गते बलात्कार गरेको…
बलात्कार गरेको कसुरमा जन्म कैदको फैसला
पाँच वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले ५३ वर्षीय बुबालाई जन्म कैदको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश डल्लुराम चौधरीको ०८१ कात्तिक २७ गतेको इजालसले कसुर ठहर गर्दै…
सिरिजङ्घा गाउँपालिका–३ मा महिला मतदाता कम
जिल्लामा रिक्त रहेको एक मात्र सिरिजङ्घा गाउँपालिका–३ सिकैँचाको वडाध्यक्ष पदका लागि मङ्सिर १६ गते हुन लागेको उपनिर्वाचनमा कुल मतदाता एक हजार ५ सय २८ रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ…
संक्रमणकालीन न्याय नागरिक निगरानी समितिद्वारा ध्यानाकर्षण
बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष र सदस्यहरुको नियुक्ति पारदर्शी र स्विकार्य हुनुपर्ने माग गर्दै संक्रमणकालीन न्याय नागरिक निगरानी समिति कोशी प्रदेशले जिल्ला प्रशासन कार्यालय…
सङ्क्रमणकालीन आयोगका पदाधिकारीमा निष्पक्ष र सक्षम व्यक्तिलाई सिफारिस गर्न मानव अधिकारकर्मीद्वारा ध्यानाकर्षण
बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्ष तथा सदस्यका लागि निष्पक्ष र सक्षम व्यक्तिहरूलाई सिफारिस गर्न मानव अधिकारकर्मीहरूले ०८१ कात्तिक २८ गते ध्यानाकर्षण गराएका छन् ।…