ज्येष्ठ नागरिक हत्या घटनाका आरोपित गिरफ्तार

बिन्दवासिनी गाउँपालिका-५ प्रसाैनी भाठाकी ८५ वर्षीया हजुरआमा समराजी पाण्डेकाे हत्या आराेपमा इलाका प्रहरी कार्यालय पाेखरियाले ०८० चैत २९ गते ३२ वर्षीय नाति अजय कुमार पाण्डेलाई गिरफ्तार गरेकाे छ ।

आराेपित पाण्डेले चैत २९ गते साँझ मदिरा सेवन गरी हजुरआमालाई कुटपिट गरी घाइते बनाएका थिए । घाइते हजुरआमाकाे साेही दिन उपचारको क्रममा पोखरिया अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएकाे छ ।

आराेपित विरुद्ध पीडित पक्षले चैत २९ गते इलाका प्रहरी कार्यालय पाेखरियामा उजुरी दिनु भयाे । साेही उजरीकाे आधारमा आराेपितलाई गिरफ्तार गरी घटना बारे थप अनुसन्धान गरिरहेकाे इलाका प्रहरी कार्यालय पाेखरियाका इन्स्पेक्टर माेहन बिक्रम केसीले जानकारी दिनु भयाे ।

शवकाे चैत ३० गते वीरगंजस्थित नारायणी अस्पतालमा पाेष्टमार्टम गरिएकाे इन्स्पेक्टर केसीले बताउनु भयाे ।


शम्भुकुमार सुमन