ज्येष्ठ नागरिक हत्या घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

  ०८० पुस १४ गते

कालिन्चोक गाउँपालिका-३ की ७८ वर्षीया कृष्णमाया बुढाथोकीलाई घरायसी विवाद हुँदा कुटपिट गरी हत्या गरेको आरोपमा सोही ठाउँका छोरा ३५ वर्षीय दिपक बुढाथोकी विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०८० पुस १३ गते उजुरी दर्ता भएको छ ।

पीडितलाई आरोपितले पुस १० गते सामान्य विवादमा लाठी प्रहार गरेर कुटपिट गरी फरार भएका थिए । उक्त कुटपिटबाट गम्भीर घाइते हुनुभएको बुढाथोकी पुस १३ गते मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर जीवन श्रेष्ठले बताउनु भयो ।

शवको पोष्टमार्टम पुस १३ गते पशुपति स्मृति अस्पताल, चरिकोटमा भयो । पोष्टमार्टमपछि परिवारले सोही दिन शव बुझी सदगत गरेको कालिन्चोक गाउँपालिका-३ का वडाध्यक्ष दलबहादुर तामाङले जानकारी दिनुभयो ।

घटनाका आरोपित फरार रहेकोले थप अनुसन्धान गरिरहेको इन्स्पेक्टर श्रेष्ठले बताउनु भयो ।


उद्धव पोखरेल