ज्येष्ठ नागरिक हत्या कसुरमा कैद

  ०८१ असार २५ गते

बोदे बर्साइन नगरपालिका-९ स्वर्णपट्टीका ६२ वर्षीय बुद्धिलाल साहको हत्या आरोपमा सोही ठाउँका रामसेवक साहलाई ०८१ असार २४ गते ६ महिना कैद सजायको फैसला भएको छ ।

जिल्ला न्यायाधीश तिलकबहादुर कार्कीको इजलासले आरोपितलाई ६ महिना कैदका साथै ५ हजार रुपियाँ जरिवाना तिराउने फैसला भएको अदालतले जनाएको छ । फैसलामा आरोपितले मृतकककी पत्नी जाहेरवाली अर्मिती देवी तेलिनलाई एक लाख रुपियाँ क्षतिपूर्ति भर्नुपर्ने र फौजदारी कसुर पीडित राहत कोषमा दुई सय रुपियाँ जम्मा गर्नुपर्ने उल्लेख छ ।

करेण्ट लागी ०८० असार २२ गते मृत्यु भएका बुद्धिलाल साहकी पत्नी ५५ वर्षीया अर्मिती देवी तेलिनले रामसेवक साह विरुद्ध इलाका प्रहरी कार्यालय कडरबोनामा उजुरी दिनुभएको थियो । शवको पोष्टमार्टम गजेन्द्रनारायण सिंह अस्पतालमा ०८० असार २३ गते भएको थियो । इलाका प्रहरी कार्यालय कडरबोनाले ०८० असार २३ भवितव्य ज्यान सम्बन्धी कसुरमा उजुरी दर्ता गरेकोमा आरोपितलाई ०८० चैत २० गते गिरफ्तार गरी कर्तव्य ज्यानमा उजुरी परिणत गरेको थियो ।

जिल्ला अदालतमा ०८१ वैशाख १४ गते अभियोग पत्र दायर भएकोमा जिल्ला न्यायाधीश उदवीर नेपालीको इजलासले वैशाख १६ गतेदेखि आरोपित पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् ।


मनोहरकुमार पोखरेल