ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई वडामै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण
मालिकार्जुन गाउँपालिकाले ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरुलाई वडासम्मै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । गाउँपालिका केन्द्रमा रहेको माछापुच्छ्ररे बैंकसम्म आउन नसक्ने ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरुलाई शिविरको माध्यमबाट वडामै सामाजिक सुरक्षा भत्ता वितरण गरिएको हो ।
गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वडामै प्रदान गरेपछि ज्येष्ठ नागरिक पनि खुसी भएका छन् । ज्येष्ठ नागरिक गणेशसिह धामीले भन्नु भयो, ‘गाउँपालिकाले वडा तहमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेपछि बैंकसम्म पुग्नुपर्ने बाध्यता हटेको छ ।’ यस कार्यले हामीलाई निकै राहत महशुस भएको छ । गाउँपालिकासम्म पुग्न धेरै समय लाग्थ्यो । वडामै आएर भत्ता पाएपछि समय बचत पनि भएको उहाँले बताउनु भयो ।
आर्का ८५ वर्षीय बीरसिह धामी सामाजिक सुरक्षा भत्ता बुझाउन वडामै कर्मचारी आएपछि मख्ख हुनुहुन्छ । उहाँले भन्नु भयो, ‘हामीजस्ता अपाङ्गता भएका व्यक्तिको लागि वडामै भत्ता बुझ्न पाउन खुसीको कुरा हो । गाउँपालिका पुग्दा कति ओकालीओराली गर्नु पर्यो । अहिले वडामै कर्मचारी र बैंक नै पुगेपछि यो भन्दा सहजता अरु के हुन सक्छ ।’
मालिकार्जुन गाउँपालिका–२ का चिमती धामी तीन घण्टा हिड्नु पर्ने ठाउँमा अहिले वडामै भत्ता बुझाउन कर्मचारी पुगेपछि एक घण्टामै भत्ता लिन सहज भएको सुनाउनु हुन्छ । गाउँपालिकाले जनतालाई वडासम्मै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेपछि स्थानीयको समय पनि बचत भएको छ ।
गाउँपालिकाले आठ ओटा वडामध्ये ६ ओटा वडाहरुमा पुगेर १ सय ५४ जना महिला तथा ८० जना पुरुष गरी २ सय ३४ जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ ।
सामान्य हिडडुल गर्न नसक्ने ज्येष्ठ नागरिकहरु, अपाङ्गता भएका नागरिक बैंकसम्म स्वयंम उपस्थित हुन नसक्ने अवस्था आएपछि गाउँपालिकाले हरेक त्रैमासिकमा लाभग्राहीहरुलाई वडास्तरबाटै भत्ता वितरण गर्ने गरेको मालिकार्जुन गाउँपालिका सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखा प्रमुख लोकेन्द्रसिंह धामीले बताउनु भयो ।
मालिकार्जुन गाउँपालिका वडा नम्बर १, २, ३, ४, ५ र ६ का वडामा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको हो ।
वडा नम्बर ७ का ज्येष्ठ नागरिकको खाता भने ग्लोबल बैंकमा खोलिएको छ । ग्लोबल बैंक वडामा नहुँदा सामाजिक सुरक्षा भत्ता लिन सास्ती हुने गरेको वडाध्यक्ष बहादुर चन्दले बताउनु भयो । उहाँले भन्नु भयोे– ‘पहिल्यै ग्लोबल बैंकमा खाता खोलिएको रहेछ, अहिले टाँढा भएर समस्या भयो भन्ने गुनासो छ ।’ गाउँपालिकामार्फत वडामै सामाजिक सुरक्षा पुग्ने व्यवस्थाको लागि आग्रह गरिएको उहाँले बताउनु भयो ।
नरेन्द्रसिह कार्की
सम्बन्धित समाचारहरू
हत्या घटनाका आरोपित बाबु गिरफ्तार
६ वर्षीय किस्मत पुनको हत्या गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय ताराखोला गाउँपालिका घर भइ बागलुङ नगरपालिका-३ बस्ने २७ वर्षीय बाबु केशबहादुर पुनलाई असोज २९ गते गिरफ्तार गरेको छ । असोज…
औषधि र स्वास्थ्यकर्मी अभाव हुँदा स्वास्थ्य सेवा प्रभावित
आमाछोदिङमो गाउँपालिकाका स्वास्थ्य संस्थाहरुमा औषधि र स्वास्थ्यकर्मी अभाव भएपछि नियमित उपचार सेवा प्रभावित भएको छ । हाकु स्वास्थ्य चौकीमा एक जना पनि स्थायी कर्मचारी छैनन् । पाङलिङ, गेर र नेसिङमा…
बाढीले पुल बगाएपछि समस्यामा विद्यार्थी
असोज १० देखि १२ गते सम्मको वर्षापछि त्रिशुली बढेर झोलुङ्गे पुल बगाउँदा शहिद लखन गाउँपालिका–४ ठेउवाटारका विद्यार्थीलाई विद्यालयसम्म पुग्न समस्या परेको छ बाढीले चितवनको इच्छाकामना गाउँपालिका–४ धारापानी र शहिद लखन…
मुगुका महिलामा पाठेघरको समस्या बढ्दै
मुगुका अधिकांश महिलामा पाठेघरको समस्या बढ्ने गरेको छ । पर्याप्त पोषणयुक्त खानाको अभावले पाठेघर खस्ने समस्या देखिने गरेको हो । प्रजनन् अङ्ग परिपक्क नहुँदै आमा बन्ने, गर्भवती र सुत्केरी अवस्थामा पनि…
समस्यै समस्यामा जिल्ला अस्पताल, स्वास्थ्य सेवाबाट सेवाग्राही वञ्चित
कोशी प्रदेशमा रहेका जिल्ला अस्पतालमा स्वास्थ्य उपकरणदेखि स्तरन्नोतिमा समस्यै समस्या रहेको इन्सेक अनुगमनका क्रममा पाइएको छ । जिल्ला अस्पतालमा विविध खाले समस्याका कारण सेवाग्राही स्वास्थ्य सेवाबाट समेत वञ्चित हुनु परेको…