ज्येष्ठ नागरिक महिलाको शव घर भित्रै धानको बोराले थिचिएको अवस्थामा फेला
सुनकोसी गाउँपालिका-१, आँपघारीकी ७२ वर्षीया पदममाया नेपालको शव घर भित्रै धानको बोराले थिचिएको अवस्थामा ०८० असोज २८ गते फेला परेको छ ।
घरमा एक्लै बस्दै आउनुभएकी नेपालको शव घर भित्रै धानको बोराले थिचिएको देखेपछि छिमेकीले प्रहरीमा खबर गरेका थिए । नेपाल असोज २६ गतेदेखि सम्पर्क विहिन भएपछि खोजी गर्ने क्रममा असोज २८ गते विहान उहाँको घरमा नै मृत्यु भएको अवस्थामा फेला पारिएको हो ।
सुनकोसी गाउँपालिका-१ का वडा अध्यक्ष रामकुमार श्रेष्ठले पदममायाको शव पुरानो लुगा र दुई बोरा धानले थिचिएको अवस्थामा फेला परेको बताउनु भयो । बाहिरबाट चुकुल लगाएको र घरमा केही कुहिएको गन्ध आएपछि छोरा र छिमेकीले ढोका खोलेर हेर्दा शव गनाई सकेको अवस्थामा फेला परेको बताउनु भयो ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी चिरञ्जीवी दाहालले मृतक पदममाया नेपाल घरमा एक्लै बस्दै आएको र असोज २६ गतेदेखि सम्पर्क विहिन भएपछि खोजी गर्ने क्रममा घरमा नै शव फेला परेको जानकारी दिनुभयो ।
डिएसपी दाहालका अनुसार घरको भुइँमा धानको बोराले थिचिएको अवस्थामा शव फेला परेपछि मृतककी छोरा ५५ वर्षीय कृष्ण बहादुर नेपाल र ४२ वर्षीय माधव कुमार नेपालले प्रहरी चौकी, कुशेश्वर दुम्जालाई खबर गरेको र इलाका प्रहरी कार्यालय, खुर्कोटबाट प्रहरी टोली गई अनुसन्धान कार्य पुरा गरी शव पोष्टमार्टमको लागि शिक्षण अस्पताल, काठमाडौँ तर्फ पठाइएको थियो । घटनाको अवस्था हेर्दा हत्या भएको आशंका गर्न सकिने र यसबारे थप अनुसन्धान भइरहेकाले यसै भन्न नसकिने उहाँले बताउनु भयो ।
स्थानीयले पदममाया नेपालको हत्या भएको हुन सक्ने भन्दै अनुसन्धान गर्न माग गरेका छन् । बाहिरबाट चुकुल लगाएको, लुगा र धानले लास छोपेकाले उहाँको हत्या भएको भन्दै अनुसन्धान गर्न स्थानीयले माग गरेका हुन् ।
नबिनबाबु अधिकारी
सम्बन्धित समाचारहरू
यौन दुर्व्यवहार घटनाका आरोपितविरुद्ध उजुरी
१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले पकाहा गाउँपालिका-१ का २५ वर्षीय भुषण राउत र २१ वर्षीय अरुण कुमार यादबविरुद्ध चैत ५ गते प्रहरीमा उजुरी दिएको छ । आरोपितद्वयले पीडित बालिकालाई ०८१ चैत…
महायज्ञका लागि दलितको घर भत्काएको विषयमा इन्सेक र आयोगद्वारा अनुगमन
महायज्ञका लागि औरही गाउँपालिका-५ का ३५ वर्षीय डोम समुदायका दीपक मरिकको घर भत्काएको घटना इन्सेक र राष्ट्रिय मानव अधिकार आयोगले अनुगमन गरेको छ । औरही गाउँपालिकाको डोजर प्रयोग गरी दीपक मरिकको…
छुवाछुत तथा जातीय भेदभावविरुद्धको घटनाका पीडितको न्यायमा पहुँच सुनिश्चित गरः आयोग
समाजमा कायम रहेको जातीय विभेदको अन्त्य गर्ने कार्यमा पूर्ण प्रतिबद्ध हुन सबै राजनीतिक दल, गैरसरकारी संघसंस्था तथा नागरिकहरुलाई समेत राष्ट्रिय मानव आयोगले अनुरोध गरेको छ । ६० औँ अन्तर्राष्ट्रिय जातीय भेदभाव…
अनेरास्ववियु (क्रान्तिकारी) का कार्यकर्ताद्वारा क्याम्पस प्रमुखको कार्यकक्ष तोडफोड
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) का कार्यकर्ताहरुले ०८१ चैत ८ गते चौतारा बहुमुखी क्याम्पस प्रमुखको कार्यकक्ष तोडफोड गरेको छ । स्ववियु निर्वाचनका दिन चैत ५ गते एमाले सम्वद्ध अनेरास्ववियु…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिन्धुपाल्चोक जिल्ला जुगल गाउँपालिका–१ सेलाङ कुन्याउका २० वर्षीय रामकृष्ण विश्वकर्मालाई ०८१ चैत ७ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले फागुन…