ज्येष्ठ नागरिकहरू सामाजिक सुरक्षा भत्ताबाट वञ्चित
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा ज्येष्ठ नागरिकहरूको सहारा र गरिबी निवारणका लागि सामाजिक सुरक्षा र गरिबी निवारण सम्बन्धी स्थानीय सामाजिक सुरक्षा योजना र व्यवस्थापनको सुनिश्चित गरिएको छ । तर, नेपालीहरूको महान चाड विजया दशमीको अवसरमा नयाँ लुगा र मिठो खाना खाने आशा बोकेका धनुषाका ६ ओटा पालिकाका ज्येष्ठ नागरिहरू सो सेवाबाट वञ्चित हुनु परेको छ ।
समयमा हुन नसकेको नगर सभा, जनप्रतिनिधिहरूबीचको असमझदारी र प्रमुख प्रशासकीय अधिकृत नभएको अवस्थाका कारण असहाय, अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकहरूको जीविकोपार्जनको एक मात्र सहारा सामाजिक सुरक्षा भत्ता स्थानीय तहले समयमा निकासा नगर्दा ज्येष्ठ नागरिकहरू उक्त सेवाबाट वञ्चित भएका छन् ।
जनकनन्दनी गाउँपालिका, धनौजी गाउँपालिका, लक्ष्मीनिया गाउँपालिका, क्षिरेश्वरनाथ नगरपालिका, सबैला नगरपालिका र नगराईन नगरपालिकासहित ६ ओटा पालिकाका ज्येष्ठ नागरिकहरूले दशैंमा पनि सामाजिक सुरक्षा भत्ता नपाएपछि निराश भएका हुन् ।
नगराईन नगरपालिकाका नगरप्रमुख विनयकुमार यादवका अनुसार आर्थिक वर्ष २०८१/०८२ को लागि नीति तथा कार्यक्रम सार्वजनिक भए तापनि नगरपालिकाका जनप्रतिनिधिहरूबीच बजेट सिलिङ नमिलेपछि नगर सभा र बजेट पारित नभएको बताउनु भयो । दशैपछि नगर सभा सञ्चालन गरी बजेट पारित गर्ने जानकारी दिनुभयो । आर्थिक वर्ष ०८०/०८१ को तेस्रो किस्ता र चालु आर्थिक वर्षको पहिलो किस्ता बापतको पाउनुपर्ने सामाजिक सुरक्षा भत्ता हालसम्म पनि पाउन नसकेकोले औषधि खर्च जुटाउन धौधौ भएको नगराईन नगरपालिका वडा नं. ६ की ७२ वर्षीया प्रेमकला देवी यादवले बताउनु भयो ।
राजनीतिक विवादका कारण सबैला नगरपालिकामा ०८१ असोज १४ गते सम्पन्न गरिएको नगर सभा उपप्रमुख रहिमा खातुनले रद्द गर्न माग गर्दै असोज १५ गते उच्च अदालत धनुषामा मुद्दा दायर गर्नुभयो भने उक्त निवेदन बमोजिम नगर सभा रोक्ने सवालमा नगर प्रमुख कारीराम यादवलाई १५ दिनभित्र जवाफ पेश गर्न न्यायाधीश किरणकुमार पोखरेलले आदेश गर्नु भयो । सबैला नगरपालिका वडा नं. १ का ६८ वर्षीय सूर्यदेव राउतले चुनावको बेला घरघरमै पुगेर भत्ता वितरण गरिने आश्वासन दिए पनि अहिलेसम्म भत्ता नपाएको उहाँले गुनासो गर्नुभयो ।
जनकनन्दनी गाउँपालिकामा एक महिनादेखि प्रमुख प्रशासकीय अधिकृत नभएकोले खाता सञ्चालन हुन नसकेको वडा नं. ४ का वडा अध्यक्ष दिलिप कुमार यादवले बताउनु भयो । सोही गाउँपालिका वडा नं. ३ का ७० वर्षीय लोचन मण्डलका अनुसार घरमा कमाउने व्यक्ति कोही नभएको र भत्ताको रुपियाँले दशैंमा खाद्यान्न र लुगा खरिद गर्दै आएको भए तापनि ०८१ वैशाख ४ गतेदेखि हालसम्म सfमाजिक सुरक्षा भत्ता नपाउँदा यस पालिको दशैंमा समस्या भएको बताए । सामाजिक सुरक्षा भत्ता नपाएपछि औषधि खर्च समेत जुटाउन मुस्किल भएको उहाँले गुनासो गर्नुभयो । अध्यक्ष यादवका अनुसार दशैंपश्चात खाता सञ्चालनमा ल्याइ सेवाग्राहीहरूको समस्या समाधान गर्छौ ।
क्षिरेश्वरनाथ नगरपालिकामा नेपाली कांग्रेसको बहुमत रहेको र नेकपा एमालेको एक सिट मात्र रहेकोले वडा अध्यक्षहरूले एकलौटी नगरपालिका चलाउन खोजेकोले नगरसभा सम्पन्न नभएको र अब दशैंको बिदापछि चाँडै नगरसभा सम्पन्न गरी जनताका समस्याहरूको समाधान गर्ने नगरप्रमुख सुखदेव यादवले बताउनु बताउनु भयो । क्षिरेश्वरनाथ नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष बिनोद यादवले भन्नु भयो- “दशैंको बिदापछि नगरसभा सम्पन्न गर्न नसके आफ्नो वडामा रहेका ज्येष्ठ नागरिकहरूलाई तत्काल आफ्नो व्यक्तिगत रुपियाँ बाँड्ने र उहाँहरूलाई अधिकारबाट वञ्चित हुन नदिने इन्सेक धनुषा जिल्ला प्रतिनिधि सन्तोष यादवलाई बताउनु भयो ।
लक्ष्मीनिया गाउँपालिकाको आन्तरिक विवाद र प्रमुख प्रशासकीय अधिकृत नहुँदा आर्थिक वर्ष २०८१/८२ को नगर सभा हुन नसकेकोले प्रशासनिक कामकाजमा कठिनाइ भएको अध्यक्ष भोगेन्द्र मिश्रले बताउनु भयो । विकास निर्माणको कामकाजदेखि सर्वसाधारणले पाउनु पर्ने सेवा प्रवाहमा समेत समस्या भएको अध्यक्ष मिश्रले बताउनु भयो । ज्येष्ठ नागरिक, एकल महिला, बालबालिका तथा अपाङ्गता भएका व्यक्तिले पाउनुपर्ने सुरक्षा भत्ता पाँच महिनादेखि पाउन नसकेको गुनासो गर्दै सरकारले हामी जस्ता बुढाबुढीको समस्यालाई मध्यनजर गर्दै भत्ताको व्यवस्था त गर्यो तर समयमा उपलब्ध नगराउँदा आफूहरूलाई औषधि उपचार लगायत अन्य कामकाजका लागि समस्या भएको ७१ वर्षीय विष्णुदेव झाले बताउनु भयो ।
धनौजी गाउँपालिका वडा नं. २ का ६७ वर्षीय राजेन्द्र महाराले गाउँमा धनी व्यक्तिहरू धुमधामका साथ दशैं पर्व मनाए भने हामीहरूले सुरक्षा भत्ता नपाउँदा हाम्रो दशैं नै भएन ।
सन्तोषकुमार यादव
सम्बन्धित समाचारहरू
बर्दियामा ८९ प्रतिशत घरधुरीका उपभोक्ता खानेपानीको पहुँचभन्दा बाहिर
बर्दियामा ८९ प्रतिशत घरधुरीका उपभोक्ता सुरक्षित खानेपानीको पहुँचभन्दा बाहिर रहेको पाइएको छ । खानेपानी तथा सरसफाई कार्यालय, बर्दियाको तथ्याङ्क अनुसार बर्दियामा ९४ हजार ६ सय ३० घरधुरीका उपभोक्ता सुरक्षित खानेपानीको…
नौबस्त बालसुधार गृहबाट तीन जना बालबन्दी फरार
बैजनाथ गाउँपालिका-३ स्थित नौबस्ता क्षेत्रीय कारागारमा रहेको बालसुधार गृहबाट तीन जना बालबन्दी ०८१ कात्तिक २६ गते फरार भएका छन् । बालसुधार गृहको 'सी' ब्लकमा राखिएका २५ जना बालबन्दी मध्ये बाँकेको…
कारागारमा स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीहरूको स्वास्थ्य उपचारमा समस्या !
कारागारमा स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीको जाँच उपचारमा समस्या भएको छ । कारागारमा कार्यरत एक जना स्वास्थ्यकर्मी पाँच वर्ष अगाडि अध्ययन बिदामा गएपछि अर्काे स्वास्थ्यकर्मीको व्यवस्था हुन नसक्दा कैदीबन्दीहरू नियमित स्वास्थ्य जाँच…
बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला
१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले बारबर्दिया नगरपालिका-६ का २१ वर्षीय हरि खड्कालाई १० वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश डल्लुराम चौधरीको ०८१ कात्तिक…
१६ घरधुरी परिवारमा खानेपानी अभाव हुँदा नागरिकहरूलाई समस्या
प्यूठान नगरपालिका-३, पिपलटाकुरा गाउँका १६ घरधुरी परिवार खानेपानी सुविधा नहुँदा समस्या भएको छ । वर्षौँदेखि रहेको बस्तीमा सरकारले खानेपानीको व्यवस्था नगर्दा सबै घरधुरीका नागरिकहरू बस्ती भन्दा तल रहेको थापखोलाको कुवाबाट…