ज्येष्ठ नागरिकहरू अस्पतालबाट पाउने छुटबाट बञ्चित
जिल्ला अस्पतालमा उपचार गर्न जाने ज्येष्ठ नागरिकहरूले अस्पातलबाट पाउने सेवा सुबिधाबाट बञ्चित भएका छन् ।
ज्येष्ठ नागरिक स्वास्थ्योपचार सेवा कार्यक्रम कार्यान्वयन निर्देशिका, २०६१ अनुसार सरकारले ज्येष्ठ नागरिकलाई अस्पताल बिशेष छुटको व्यवस्था भएपनि तर ज्येष्ठ नागरिकहरुले भने जिल्ला अस्पतालबाट पाउने सेवा सुबिधाबाट बञ्चित हुन परेको छ ।
६८ वर्षीया पत्नी पंचकला रोकायालाई पेट सुनिने भएपछि उपचारको लागि सरकारले ज्येष्ठ नागरिक लाई उपचारमा छुट दिने थाहा पाएपछि जिल्ला अस्पातल ठिनीमा जेठ १५ गते पुगेको तर अस्पातलबाट ज्येष्ठ नागरिककालागि कुनै खाले त्यस्तो सुविधा नपाएको छाँयानाथ रारा नगरपालिका—४ का ७८ वर्षीय देबीदास रावलले बताउनु भयो ।
निःशुल्क उपचारको अपेक्षा गरेका मुगुका ज्येष्ठ नागरिक अस्पतालमा पुगेपछि कुनै पनि सेवा निःशुल्क नपाएको गुनासो छ । आर्थिक अवस्था न्युन भएका मुगुका नागरिकलाई सधै रोग र भोगले पिरोली रहने गरेको छ । आफनो पतिको अपचार गर्दागर्र्दै हजारौं रुपियाँ सकियो । जिल्ला अस्पतालमा उपचार गराउदै आएको छौ तर अस्पतालबाट ज्येष्ठ नागरिकलाई सरकारले व्यवस्था गरेको जस्तो सेवा नपाएकोे छायानाथ रारा नगरपालिका —४ का धर्मदेवि भामले बताउनु भयो ।
उनी मात्र होइन निशुल्क उपचार पाउने विश्वासले अस्पताल पुग्ने जेष्ठ नागरिकहरु उपचारका लागि शुल्क तिर्न बाध्य छन् । सरकारले जेष्ठ नागरिक र अति बिपन्नलाई निःशुल्क उपचारको घोषणा गरेको छ । जिल्ला अस्पतालले भने सरल सेवामा अंकुश लगाएको सेवाग्राहीको आरोप छ ।
बाथ र दमको समस्याले अस्पताल उपचार गर्न एक दिन लगाएर पुगेको थिए । अस्पातलमा ज्येष्ठ नागरिकलाई उपचारमा छुट हुने अस्पातलमा पुग्दा आवश्यक कागजपत्र चाहिन्छ भनेर थाहा भएन उपचारका लागि आउनु भएकी मुगुम कार्मारोङ गाँउपालिका—७ कि ७५ वर्षीया ईटोल लामाले बताउनु भयो ।
उपचारका लागि ज्येष्ठ नागरिकलाइ लाइन बस्नुनपर्ने टिकट काट्न सम्म लाईनमै बस्नु पर्ने यो बिषयमा अस्पातलका कर्मचारीहरुनै व्यवस्थागराउनु पर्ने भएको भएपनि ज्येष्ठ नागरिकप्रति ध्यान अस्पतालले नपुर्याएको सेवाग्राहीहरुले आरोप लगाउदै आएका छन ।
जिल्ला अस्पताल मुगुमा ज्येष्ठ नागरिक र लक्षित वर्गलाई दुई प्रकारको बजेट आएको छ । ७० वर्ष भन्दा माथिका ज्येष्ठ नागरिक लाई निशुःल्क गर्ने र ६० वर्ष देखि ६९ वर्षका नागरिक लाई परिचय पत्रको आधारमा ५० बाट ७० वर्ष देखि ७९ वर्षका लाई ७५ प्रतिशत र ८० वर्ष वर्ष भन्दा माथिका ज्येष्ठ नागरिक लाई शत प्रतिशत उपचार दिएको स्वास्थ्य सेवा कार्यालय मुगुका कार्यालय प्रमुख डाक्टर कमल ढुङगाना बताउनु भयो । आवश्यक कागजात साथमा नल्याई अस्पातलमा आउने गरेकाले केही ज्येष्ठ नागरिकहरु सेवाबाट बञ्चित हुन सकेको प्रमुख डाक्टर ढुङगानाले बताउनु भयो ।
जीवन सेजुवाल
सम्बन्धित समाचारहरू
म्यासेञ्जर च्याटको विषयमा बालिकामाथि कुटपिट
उर्लावारी नगरपालिका-४ थापाडाँगीकी १६ वर्षीया बालिका आयुष्मा बस्नेतलाई म्यासेञ्जर च्याटको विषयलाई उर्लावारी नगरपालिका-५ सूर्यचोकका २० वर्षीय यूनिक शिवाले कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ । साथीको फेसबुक आइडी चलाएको…
यौन दुर्व्यवहार घटनाका आरोपितहरू गिरफ्तार
१४ वर्षीया दुई जना बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा इन्द्रावती गाउँपालिका-६ घरभई श्री कमला देवी माविका शिक्षक ४५ वर्षीय सुरेन्द्र कोइराला र सोही विद्यालयका शिक्षक ४९ वर्षीय कविराज पौड्याललाई प्रहरीले…
दलित भएकै कारण वृद्धाश्रममा बस्न नदिएको पीडितको आरोप, प्रहरीमा उजुरी
उर्लावारी नगरपालिका-१ की ६२ वर्षीया ज्येष्ठ नागरिक शोभा सुन्दास(परियार) ले दलित भएकै कारण विराटनगर महानगरपालिका-१ पुष्पलाल चोकस्थित जागृति वृद्धाश्रमले राख्न अस्वीकार गरेको आरोप लगाउनु भएको छ । दलित भएको भन्दै…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ३८ वर्षीय बुवालाई प्रहरीले ०८० मङ्सिर २१ गते कावासोतीबाट गिरफ्तार गरेको छ । बालिकाले घटनाको बारेमा आफ्नो साथिलाई सुनाउनुभएको थियो र साथिले आफ्नो…
१५ औँ मानव अधिकार राष्ट्रिय महाभेला सुरु
'प्राकृतिक प्रकोप तथा विपदबाट प्रभावितहरुको मानव अधिकारको सुनिश्चितताः आजको आवश्यकता' भन्ने नाराका साथ १५ औँ मानव अधिकार राष्ट्रिय महाभेला ०८० मङ्सिर २२ गतेदेखि ललितपुरमा सुरु भएको छ । मानव अधिकारका…