ज्येष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता पाउनबाट बन्चित
नाम्खा गाउँपालिका–६ को लिमिका ज्येष्ठ नागरिकले आर्थिक वर्ष ०७८/७९ को सामाजिक सुरक्षा भत्ता पाउन नसकेको गुनासो गरेका छन् ।
गाउँपालिकाले सो भत्ता सेवाग्राहीको बैङ्क खाता सञ्चालन गरेर खातामा राखिदिए पनि लिमिका २ सय ५० ज्येष्ठ नागरिकहरू सदरमुकाम सिमकोट आउन नसक्दा भत्ता पाउनबाट बन्चित भएका हुन् ।
अघिल्लो आर्थिक वर्षको सामाजिक सुरक्षा भत्ता हालसम्म नपाएको हल्जी गाउँका ७७ वर्षीया कोन्ज्योक निमा तामाङले गुनासो गर्नु भयो । लामाले यसअघि गाउँमै कर्मचारी र जनप्रतिनिधि आएर भत्ता वितरण गर्ने गरेका थिए तर पछिल्लो समय नत जनप्रतिनिधि गाउँमा आउँछन नत कर्मचारी भन्दै गुनासो गर्नु भएको छ ।
उहाँले भन्नु भयो भत्ता पाउने नपाउने विषयमा आफूलाई कुनै जानकारी नभएको र राज्यले दिएको सेवा सुविधा गाउँमै आएर दिने व्यवस्था मिलाई दिएको भए हुन्थ्यो ज्येष्ठ नागरिक लामको भनाई छ ।
गाउँपालिकाबाट सामाजिक सुरक्षा भत्ता सेवाग्राहीको बैङ्क खातामा गएको भएपनि उहाँहरूले पाउन नसकेको नाम्खा गाउँपालिका–६ लिमिका वडाध्यक्ष पाल्जोर तामाङले बताउनु भयो ।
उहाँले ७० देखि ८० वर्षका ज्येष्ठ नागरिक सो भत्ता लिन गाउँपालिका केन्द्र याल्वाङ वा सिमकोट आउन नसक्ने भएकाले भत्ता पाउन नसकेको बताउनु भयो । उहाँले सेवाग्राहीको बैङ्क खातामा भत्ता हाल्ने कार्य पारदर्शिताका लागि उपयुक्त भए पनि तीन दिन पैदल हिडेर बैङ्कमा आउनु पर्ने लिमिका लागि व्यवहारिक नभएको र हाल त्यस क्षेत्रमा एक फिटसम्म हिउँ परेपछि ज्येष्ठ नागरिकलाई समस्या हुने गरेको बताउनु भयो ।
चालू आर्थिक वर्षको पहिलो चौमासिकको भत्ता पाउनु पर्ने बेला भए पनि लिमिका ज्येष्ठ नागरिकले भने अघिल्लो वर्षकै भत्ता नपाउनु दुखद भएको ८० वर्षीया निमा तुण्डुप लामाले गुनासो गर्नु भयो ।
गाउँपालिकाका अध्यक्ष प्रेम लामाले लिमिका ज्येष्ठ नागरिक बैङ्कमा आउन नसक्ने भएपछि बैङ्कलाई लिमिमै पुगेर सुविधा दिन आग्रह गर्दा बैङ्कले सुरक्षाका कारण जान नसक्ने जनाएपछि हालसम्म भत्ता पाउन नसकेको बताउनु भयो ।
गाउँपालिकाबाट सेवाग्राहीको बैङ्क खातामा सबै गरेर ३ करोड १७ लाख रुपियाँ गएको छ भने लिमिका लागि मात्रै सामाजिक सुरक्षा भत्ता ४ करोड १३ लाख रुपियाँ भए पनि मृत्युु भएका र नाम दोहोरिएका नागरिकको नाम हटाएपछि ९६ लाख रुपियाँ फिर्ता गएको गाउँपालिकाले जनाएको छ ।
नन्द सिंह
सम्बन्धित समाचारहरू
बलात्कार कसुरमा ७ वर्ष कैद र २ लाख जरिवाना सजायको फैसला
४९ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले बरेङ गाउँपालिका–२ पोखराचौरका ४६ वर्षीय टिकाराम क्षेत्रीलाई ७ वर्ष कैद सजाय फैसला गरेको छ । २०७७ माघ २८ गते महिलालाई बलात्कार गरेको…
लोडसेडिङ्गको समय बढाएपछि एसइई परिक्षा तयारीका विद्यार्थीलाई सास्ती
सदरमुकामस्थित सिमकोट गाउँपालिकामा दैनिक १६ घण्टा विद्युत लोडसेडिङ्ग हुँदा आगामी चैत १७ गतेदेखि सुरू हुने एसइई परिक्षाको तयारी गर्दै आएका विद्यार्थीहरूले सास्ती खेपेका छन् प्रत्येक दिन सदरमुकाम सिमकोटमा लोडसेडिङ्ग हुँदै…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा सुरुङ्गा नगरपालिका–४ कदमाहा टोलका ४२ वर्षीय बच्चु भनिने शिव शंकर चौधरी माघ १८ गते गिरफ्तार भएका छन् । आफ्नै पसलमा व्यपार गरेर बसिरहेकी…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले खडक नगरपालिका–२ दुहबी टोलका ४१ वर्षीय शनिदेव चौधरीलाई माघ १६ गते गिरफ्तार गरेको छ । पीडितकी आमाले दिएको उजुरी दर्ता गर्दै इलाका प्रहरी…
डाक्टरको लापर्बाहीले अस्पतालमा सुत्केरीकको मृत्यु भएको आफन्तको आरोप
मरिण गाउँपालिका-४ वाक्सिङटारकी २७ वर्षीया सीता तामाङको उपचारको क्रममा सिन्धुली अस्पतालका डाक्टरको लापर्बाहीले ०७९ माघ १८ गते मृत्यु भएको आरोप लगाउँदै मृतकका आफन्तहरूले माघ १८ गते अस्पताल परिसरमा विरोध प्रदर्शन…