ज्येष्ठ नागरिकको हत्या घटनाका आरोपित गिरफ्तार
मुसीकोट नगरपालिका–८ घोरखानीका ७४ वर्षीय जितबहादुर बुढालाई हत्या गरेको घटनाका ६ जना आरोपितलाई प्रहरीले फागुन २८ गते गिरफ्तार गरेको छ ।
गिरफ्तार पर्नेमा सोही ठाउँ निवासी २० वर्षीय अनिल पुन, १७ वर्षीय दुई जना बालक, १६ वर्षीय दुई जना बालक र १४ वर्षीय एक जना बालक रहेका छन् ।
जितबहादुरका नातीसँग आरोपितहरूको रिसिइबी रहेको र नातीको रिसले जितबहादुरलाई ०७९ फागुन २७ गते कुटपिट गर्दा जितबहादुरको सोहीदिन मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय, रुकुम (पश्चिम) का डिएसपी नवराज भट्टराईको भनाई छ ।
कुटपिटबाट गम्भीर घाइते भएका जितबहादुरको मृत्यु भएपछि उहाँको परिवारले प्रहरीलाई सोहीदिन जानकारी दिएपछि आरोपित सबैलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी भट्टराईले जानकारी दिनुभयो ।
घटनाका सम्बन्धमा पीडित परिवारले फागुन २८ गते जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका छन ।
कुटपिटबाट गम्भीर घाइते भएका बुढाको उपचारको लागि जिल्ला अस्पताल सल्लेमा ल्याएपछि सोहीदिन मुत्यु भएको डिएसपी भट्टराईले जानकारी दिनुभयो ।
शवको पोष्टमार्टम जिल्ला अस्पताल सल्लेमा भएको हो ।
मनिषा केसी
सम्बन्धित समाचारहरू
पत्रकार कुटपिट घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी
गजुरी गाउँपालिका-१ निवासी नेपाल पत्रकार महासङ्घ धादिङका सदस्य तथा ग्यालेक्सी फोरके टेलिभिजनका संवाददाता ३४ वर्षीय विकास रौनियारलाई अवैध बालुवा उद्योगको समाचार र भिडियो खिचेको भनि कुटपिट गरेको आरोपमा सोही ठाउँका…
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको छ । केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको राष्ट्रिय जनगणना ०७८ को प्रतिवेदन अनुसार नेपालको कुल जनसंख्यामध्ये पुरुषको संख्या…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
३७ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले ४३ वर्षीय चैत १० गते गिरफ्तार गरेको छ । आरोपितले बहुविवाह गरेर छुट्टै बस्दै आएकोमा चैत ७ गते घरमै पुगेर बलात्कार प्रयास…
घरेलु हिंसा पीडितलाई इन्सेकको सहयोग
घरेलु हिंसा पीडित बाणगङ्गा नगरपालिका –४ डुंगहवा माइती घरमा बस्दै आएकी २८ वर्षीया बिनु चौधरीलाई इन्सेकले चैत ११ गते आर्थिक सहयोग गरेको छ । मानव अधिकार समूहका अध्यक्षलगायतका समूहका पदाधिकारीहरूको…
स्थानीय तहमा इजलास अभावले न्याय सम्पादनमा समस्या
संविधानले स्थानीय तहमका न्यायिक समितिलाई न्याय सम्पादनको अधिकार प्रदान गरेपनि रसुवामा स्थानीय तहमा न्याय सम्पादन गर्न छुट्टै इजलास कक्ष नभएकोले न्याय सम्पादनमा कठिनाई भएको छ । नेपालको संविधान अनुसूचि ८…