ज्येष्ठ नागरिकको हत्या घटनाका आरोपित गिरफ्तार

  ०८१ वैशाख ११ गते

सुरुङ्गा नगरपालिका–३ लक्ष्मीपुर का ६८ वर्षीय बिल्टु रामको हत्या गरेको आरोपमा सोही ठाउँका ४० वर्षीया रीता खत्वेलाई प्रहरीले ०८१ वैशाख ८ गते गिरफ्तार गरेको छ ।

सुरुङ्गा नगरपालिका–३ लक्ष्मीपुर का देबलाल रामको घर आँगनमा भइरहेको भोजमा उत्पन्न विवादमा आरोपितहरूले ०८० चैत २१ गते राति कुटपिट गर्दा राम गम्भीर घाइते भएको स्थानीयवासीले जानकारी दिएका छन् । उपचारका क्रममा वैशाख ६ गते विराटनगरमा रामको मृत्यु भएको हो । शवको पोष्टमार्टम कोशी अस्पताल विराटनगरमा वैशाख ६ गते भएको छ ।

आरोपित रीताका पति ४५ वर्षीय उपेन्द्र राम हालसम्म फरार छन् । फरार उपेन्द्र विरुद्ध पक्राउ पुर्जी जारी भएको अदालतले जनाएको छ ।


मनोहरकुमार पोखरेल