ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच गर्न घरघरमा स्वास्थ्यकर्मी
नेचासल्यान गाउँपालिकाले ७५ वर्ष माथि उमेर समूहका ज्येष्ठ नागरिकको स्वास्थ्य जाँचका लागि घरघरमा स्वास्थ्यकर्मी खटाएको छ ।
ज्येष्ठ नागरिकको स्वास्थ्य अधिकारलाई सम्बोधनका लागि गाउँपालिकाकाले ७५ वर्ष भन्दा माथि उमेर समूहका ज्येष्ठ नागरिकको स्वास्थ्य चेकजाँचका लागि स्वास्थ्यकर्मी खटाएको गाउँपालिका अध्यक्ष धनजन राईले बताउनु भयो ।
७५ वर्षभन्दा बढी उमेर समूहका ज्येष्ठ नागरिकहरूको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिनका लागि घरघरमा स्वास्थ्यकर्मी पुगेका छन् ।
घरदैलोमै पुगेर ज्येष्ठ नागरिकहरूको स्वास्थ्य उपचारसम्बन्धी सेवा उपलब्ध गराउन कार्यक्रम लागू गरी सञ्चालनमा ल्याइएको नेचासल्यान गाउँपालिकाका अध्यक्ष धनजन राईले बताउनु भयो ।
गाउँपालिका भित्रका पाँच ओटै वडाका घरघरमा पुगेर ज्येष्ठ नागरिकको तथ्याङ्क सङ्कलन, प्रेसर (उच्च रक्तचाप) चेकजाँच, स्वास्थ्य परामर्श र औषधि वितरणका लागि कार्यक्रम सुरू गरिएको गाउँपालिकाले जनाएको छ ।
चालु आर्थिक वर्षदेखि सुरू भएको यो कार्यक्रम गाउँपालिकाले अभियानकै रूपमा सञ्चालन गर्ने गाउँपालिका स्वास्थ्य शाखा संयोजक युवराज शर्माले बताउनु भयो ।
संविधानको धारा ३५ मा स्वास्थ्यसम्बन्धी हक र त्यसको उपधारा १ मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निः शुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन भन्ने उल्लेख छ ।
उपधारा २ मा आफ्नो स्वास्थ्य उपचारको सम्बन्धमा जानकारी पाउने हक हुने भन्ने उल्लेख भए पनि ग्रामीण भेगमा नागरिक आधारभूत स्वास्थ्य सुविधाबाट प्राय वञ्चित हुनु परेको छ ।
ज्येष्ठ नागरिकको अधिकार र स्वास्थ्य अधिकारकाको सवाल सम्बोधनका नेचासल्यान गाउँपालिकाले घरघरमा स्वास्थ्यकर्मी परिचालन गरी ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख नारदमुनी सुवेदीले बताउनु भयो ।
ज्येष्ठ नागरिकको घरमा पुगेर स्वास्थ्य अवस्था, समस्या, प्रयोग गरेको औषधिका विषयमा समेत विवरण सङ्कलन गर्ने स्वास्थ्यकर्मीले परामर्श सेवा दिइरहेको छ ।
अञ्जु कार्की
सम्बन्धित समाचारहरू
यौन दुर्व्यवहार गरेको कसुरमा दुई महिना कैद सजाय फैसला
सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालत चितवनका न्यायाधीश रितेन्द्र थापाको इजलासले रत्ननगर नगरपालिका-१३ बस्ने ४५ वर्षीय विष्णुबहादुर रानाभाटलाई ०७९ चैत १२ गते दुई महिना कैद सजाय हुने…
बलात्कार गरेको कसूरमा सात वर्ष कैद फैसला
२० वर्षीया युवतीलाई बलात्कार गरेको कसूरमा नारायण नगरपालिका–६ काँडाचौरका २१ वर्षीय राहुल सार्कीलाई दैलेख जिल्ला अदालतले सात वर्ष कैद फैसला गरेको छ । जिल्ला न्यायाधीश बलराम लम्सालको चैत १२ गतेको इजलासबाट…
पत्रकार कुटपिट घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी
गजुरी गाउँपालिका-१ निवासी नेपाल पत्रकार महासङ्घ धादिङका सदस्य तथा ग्यालेक्सी फोरके टेलिभिजनका संवाददाता ३४ वर्षीय विकास रौनियारलाई अवैध बालुवा उद्योगको समाचार र भिडियो खिचेको भनि कुटपिट गरेको आरोपमा सोही ठाउँका…
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको छ । केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको राष्ट्रिय जनगणना ०७८ को प्रतिवेदन अनुसार नेपालको कुल जनसंख्यामध्ये पुरुषको संख्या…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
३७ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले ४३ वर्षीय चैत १० गते गिरफ्तार गरेको छ । आरोपितले बहुविवाह गरेर छुट्टै बस्दै आएकोमा चैत ७ गते घरमै पुगेर बलात्कार प्रयास…