ज्यान मार्ने धम्की दिएको पीडितको आरोप
देवानगञ्ज गाउँपालिका-१ का ३३ वर्षीय पत्रकार विवेककुमार महेताले देवानगञ्ज गाउँपालिका-२ का ४० वर्षीय बेचन खत्वेले ज्यान मार्ने धम्की दिएको आरोप लगाउनु भएको छ ।
सुनसरीमा सञ्चालित दर्शन एफएम र नागरिक अभियान अनलाइनमा कार्यरत पत्रकार मेहताले आफू ०८० कात्तिक २ गते देवानगञ्ज गाउँपालिका कार्यालयमा गएको अवस्थामा आरोपितले ज्यान मार्ने धम्की दिएको पीडित पत्रकारले बताउनु भयो ।
आरोपित खत्वेले समाचार र रेडियोको विषयलाई लिएर धम्की दिएको आरोपमा पीडित पत्रकारले शान्ति सुरक्षाको माग गर्दै कात्तिक २ गते इलाका प्रहरी कार्यालय, देवानगञ्जमा उजुरी दिनु भएको छ ।
पीडितले न्यायका लागि पहल गरीदिन इन्सेक, सुनसरीलाई समेत निवेदन दिनु भएको छ ।
आरोपित बेचन खत्वेसँग घटनामा विषयमा इन्सेकले जानकारी लिन खोज्दा आरोपित सम्पर्कमा आउन चाहनु भएको छ ।
पीडित पत्रकारले निवेदन दिएकाले घटनाका विषयमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
मानव अधिकार रक्षकसम्बन्धी घोषणापत्र सन् १९९८ ले पत्रकारलाई मानव अधिकार रक्षकका रुपमा परिभाषित गरेको छ ।
जयकृष्ण यादव
सम्बन्धित समाचारहरू
१५ वर्षदेखि टहरामा पढ्दै छन् दुम्लिङका चेपाङ बालबालिका
धादिङको बेनीघाट रोराङ गाउँपालिका-२, दुम्लिङस्थित सहारा आधारभूत विद्यालयमा १५ वर्षदेखि चेपाङ बालबालिका टहरामा पढ्दै आएका छन् । अत्यन्त गरिब र बिहान बेलुकी छाक टार्न समेत धौ धौ पर्ने चेपाङ समुदायका…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
४० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा रोशी गाउँपालिका-९, नार्केस्थित सागर मेडिकलका सञ्चालक ५० वर्षीय चेतन रामलाई प्रहरीले ०८० मङ्सिर १४ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले मङ्सिर…
ज्येष्ठ नागरिक हत्या घटनाका आरोपित गिरफ्तार
गोसाइकुण्ड गाउँपालिका-५, सानो भार्खुका बुबा ६६ वर्षीय छेवाङ तामाङको लाठीले टाउकोमा हानेर हत्या गरेको आरोपमा ४० वर्षीय गोपाल तामाङलाई प्रहरीले ०८० मङ्सिर १५ गते गिरफ्तार गरेको छ । मदिरा सेवन…
भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास निर्माणको काम शुरु
विनासकारी भूकम्पले घरमा क्षति गरेपछि त्रिपालमुनि बसेका पीडितहरुका लागि अस्थायी आवास निर्माणमा पहिलो किस्ता रकम स्थानीय तहमा पठाएपछि निर्माणको काम शुरु भएको छ । विपद व्यवस्थापन कोषमा जम्मा भएको रकम…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मेचीनगर नगरपालिका-६ बर्मेली टोलका ३४ वर्षीय जगतमणि आर्चायलाई मङ्सिर १४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८० मङ्सिर ८ गते बलात्कार…