ज्यान जोखिममा राखेर स्थानीयहरु महाकाली नदी वारपार गर्न बाध्य
व्याँस गाउँपालिका–२ दुम्लीङमा महाकाली नदी वारपार गर्न पुल नहुँदा स्थानीयले सास्ती भोग्नु परेको छ । कोरोनायता काठेपुल निर्माण नहुँदा यस क्षेत्रका ज्येष्ठ नागरिक, सुत्केरी, गर्भवती र विद्यालय जाने विद्यार्थीहरू थप जोखिममा रहेका छन् ।
झोलुङ्गे पुल निर्माणका लागि सम्बन्धित निकायसँग बारम्बार माग राख्दै आएपनि कसैले चासो नदेखाएपछि स्थानीयले सास्ती भोग्नुपरेको छ । दुम्लीङमा कोरोना अघिसम्म काठेपुलमार्फत वारपार गर्दै आइरहेका थिए । कोरोनापछि भारतीय सीमा सुरक्षा बल एसएसबीले काठेपुल लगाउन नदिएपछि स्थानीयले अहिलेसम्म ज्यान जोखिममा राखेर महाकाली वारपार गर्नुपरेको स्थानीय महेन्द्रसिह बुढाथोकीले बताउनु भयो ।
यहाँका कल्जु, दुम्लीङका ६० बढि परिवारले तुइनको प्रयोग गर्दै आएका छन् । पुल नहुँदा कयौंले अकालमै ज्यान गुमाउन बाध्य छन् । स्थानीयले दैनिक उपभोग्य वस्तु भारतबाट ओसार पसार गर्न निकै समस्या छ, स्थानीय प्रभात बुढाथोकीले भन्नु भयो, नेपालतिर गत असार महिनादेखि बाटो अवरुद्ध भएको छ । दार्चुला तिंकर सडक अहिले दुहुँ गाउँपालिकाको राताकाठासम्म मात्रै सुचारु छ । नेपालतिरको सडक अवरुद्ध भएपछि गाउँमा खाद्यान्न समेत अभाव हुन थालेको उहाँले बताउनु भयो ।
विगतदेखि दलका नेताले विभिन्न बहाना बनाउँदै मागलाई टाल्दै आएकाले दैनिक उपभोग्य वस्तु ओसारपसार गर्न, बालबालिकालाई विद्यालय जान असहज भएको छ । सदरमुकाम खलंगा पढ्न आउने विद्यार्थीको लागि ज्यानको जोखिम राखेर महाकाली नदी वारपार गर्नुपरेको स्थानीय पुजा भण्डारीले बताउनु भयो । गत वर्ष एक जना सचिन बुढाथोकीले खलंगाबाट छुट्टि भएर घर फर्किने क्रममा तुइनबाट खसेर ज्यान गुमाएमा थिए । विद्यार्थीले ज्यान गुमाउन थालेपछि यहाँका स्थानीय झनै चिन्तत बनेका छन् ।
बिरामीलाई उपचारका लागि अस्पताल लैजान झनै कठिनाइ भएको छ । गाउँमा आधारभूत स्वास्थ्य केन्द्रमात्र छ । बिरामी हुँदा त्यही तुइनको सहारामा सदरमुकाम वा भारततिर उपचारको लागि लैजानु पर्ने बाध्यता छ । आधारभूत स्वास्थ्य केन्द्रमा प्रयाप्त औषधि पाउँदैन् ।
दुम्लीङ क्षेत्रमा सरकारले पुल लगाउने पहल नगर्दा अहिलेसम्म २६ जनाले महाकाली नदीमा ज्यान गुमाइसकेका छन् । पुलको लागि जिल्लाबाट निर्वाचित सांसद, मन्त्री सबैलाई ध्यानाकर्षण गराइसकेका छौँ व्याँस गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष धिरेन्द्रसिह बुढाथोकीले भन्नु भयो, तर पुल निर्माणतर्फ कुटनीतिक पहल हुन सकेको छैन् । व्याँस गाउँपालिकाका अन्य तुइन भएको ठाउँमा अहिले पुल निर्माण भए पनि दुम्लीङबस्तीको लागि मात्र झोलुङ्गे पुल निर्माण हुन सकेको छैन् ।
पुल निर्माणको विषयमा दार्चुलाबाट निर्वाचित सांसदमार्फत परराष्ट्रमन्त्रालयलाई जानकारी गराइसकेको प्रमुख जिल्ला अधिकारी किरण जोशीले बताउनु भयो । महाककाली नदीमा पुल निर्माण गर्ने विषय अन्तर्राष्ट्रिय मामिला हो । महाकाली नदीका अन्य ठाउँमा तुइन विस्थापन गर्दै झोलुङ्गे पुल निर्माण भएका छन् । एउटा मात्रै पुल थप बनाउन सके दुम्लीङबासीलाई सहज हुने भन्दै आफ्नोतर्फबाट पहल गरिएको उहाँले बताउनु भयो ।
नरेन्द्रसिह कार्की
सम्बन्धित समाचारहरू
सोती घटनामा संलग्न २४ जना आरोपितलाई जन्मकैद फैसला
चौरजहारी नगरपालिका–८ सोती गाउँमा ०७७ जेठ १० गते अन्तरजातीय विवाहको विषयलाई लिएर ६ जनाको ज्यान जाने गरी भएको हत्या घटनामा संलग्न भएको भन्दै मङ्सिर १९ गते रुकुम पश्चिम जिल्ला अदालतले २४…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रसौनी गाउँपालिका–४ खुटवाका २६ वर्षीय साँजिद अन्सारीलाई ०८० मङ्सिर १७ गते जिल्ला प्रहरी कार्यालयले गिरफ्तार गरेको छ । पीडितलाई कात्तिक १९ गते आरोपितले बलात्कार…
भूकम्प प्रभावित अझै त्रिपालमुनि : अस्थायी आवास निर्माणमा १ करोड ३० लाख वजेट निकासा
भूकम्प प्रभावित अझै त्रिपालमुनि रहेका छन । अस्थायी आवास निर्माणमा लागि १ करोड ३० लाख रुपियाँ निकासा भएकाे छ । आवास निर्माणमा चार सय जना स्वंयसेवक परिचालन भएका छन । भूकम्पले …
प्रमुख प्रशासकीय अधिकृत नहुँदा तल्कोट गाउँपालिकाको कार्यसम्पादनमा समस्या
जिल्लाको तल्कोट गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा गाउँपालिकाको कार्यसम्पादनमा समस्या भएको छ । प्रमुख प्रशासकीय अधिकृत नहुँदा गाउँपालिकाले सञ्चालन गर्दै आएका सम्पूर्ण विकासका अयोजनाहरू समेत प्रभावित हुँदै आएको तलकोट गाउँपालिका–१…
कुटपिट घटनाका आरोपित गिरफ्तार
म्याङलुङ नगरपालिका-८ की ३४ वर्षीया अरूमीता राईलाई कुटपिट गरेको आरोपमा प्रहरीले ३९ वर्षीय पति मिङ्माकाजी शेर्पाले मङ्सिर १९ गते गिरफ्तार गरेको छ । घरायसी विवादका क्रममा आरोपितले ०८० मङ्सिर १८…