जोखिममा रहेका चार बालबालिकाको उद्धार
पोखरा महानगरपालिका भित्र विभिन्न क्षेत्रमा रहेर श्रम गरिरहेका एक १४ वर्षीय बालक, ११ वर्षीया र दुई १५ वर्षीया बालिकालाई पुस १४ गते उद्धार गरिएको छ ।
गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, राष्ट्रिय बालअधिकार परिषद्, श्रम तथा रोजगार कार्यालय, पोखरा महानगरपालिका, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), शक्ति समूह, कोपिला नेपाल लगायत संस्थाहरुको पहलमा उनीहरुको उद्धार गरिएको हाे ।
घरेलु श्रमिक, होटल श्रमिक र बङ्गुर फार्ममा काम गर्ने ती बालबालिकालाई श्रमिकको रुपमा प्रयोग गरिएको खबर पाएपछि सरकारी निकाय र नागरिक संस्थासँगै सरोकारवालाको पहलमा उद्धार गरिएको पोखरा उद्योग वाणिज्य सङ्घ अन्तरगत बालश्रम न्यूनिकरण कार्यक्रम संयोजक प्रिती पाण्डेले जानकारी दिनुभयो ।
उद्धार गरिएका बालबालिकालाई पोखरा स्थित एक सुरक्षा गृहमा राखिएको छ ।
सुशन घिमिरे
सम्बन्धित समाचारहरू
पुनः मतदान मागको रिटमा उच्च अदालत विराटनगरद्वारा अल्पकालीन आदेश जारी
वैशाख ३० गते मतदान भइरहेको अवस्थामा पानी परेका कारण स्थगित भएको त्रियुगा नगरपालिका–१२ जनप्रेमी आधारभूत विद्यालय मतदान केन्द्रमा स्थगित निर्वाचन पुनः नगराउन उच्च अदालत विराटनगरले जेठ ५ गते अल्पकालीन आदेश…
झडपमा घाइते भएका शाहीको उपचारका क्रममा मृत्यु
खार्पुनाथ गाउँपालिकाको मतगणना स्थलको झडपमा घाइते भएका सोही गाउँपालिका–५ याङ्चुका ६१ वर्षीय छत्त शाहीको उपचारका क्रममा जेठ ४ गते मृत्यु भएको मृतकका छोरा सागर शाहीले जनकारी दिनु भएको छ ।…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ ५ गते)
जेठ ५ गते १२ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार २८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा २ हजार ५ सय ८०…
क्षिरेश्वरनाथ नगरपालिकाको मतगणना स्थगित
क्षिरेश्वरनाथ नगरपालिकाको जारी मतगणना विवादका कारण जेठ ३ गतेदेखि स्थगित गरिएको छ । जेठ ३ गतेदेखि अनिश्चित समयका लागि स्थगित गरिएको मतगणना जेठ ५ गतेसम्म सुरु हुन सकेको छैन ।…
कमलामाई नगरपालिका वर्डा नं. १३ मा मतपत्र बढि भेटिएपछि गणना स्थगित
कमलामाई नगरपालिका–१३ को प्रभात माध्यमिक विद्यालय रानीबासमा मुचुल्का भन्दा बढी मतपत्र भेटिएपछि ०७८ जेठ ५ गते बिहानदेखि मतगणना स्थगित भएको छ । वैशाख ३० गते भएको मतदानमा १ हजार ७…