ज्येष्ठ नागरिक हत्या घटनाका आरोपित गिरफ्तार
कमलामाई नगरपालिका–२ भद्रकालीका ८३ वर्षीय लालबहादुर लामाको हत्या गरेको आरोपमा भारतको उत्तर प्रदेश घर भई हाल कमलामाई नगरपालिका–६ माडिबजारमा मागी हिड्ने ३५ वर्षीय अशोककुमार जैसवाल र १८ वर्षीय कृष्ण जैसवाललाई प्रहरीले ०७८ भदौ ३० गते गिरफ्तार गरेको छ ।
पीडित लालबहादुरको शव भदौ ३० गते बिहान कमलामाई नगरपालिका–६ बसपार्क छेउको प्रतिक्षालयमा फेला परेको थियो ।
पीडितका भाइ रामबहादुर लामाले सोही दाजुको हत्या गरेको भन्दै कर्तव्य ज्यान मुद्दामा जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको थियो ।
सडकमै मागेर दैनिकी चलाउँदै आएका मृतक लालबहादुरको टाउकोमा चोट रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
आरोपित दुवै जनालाई जिल्ला अदालतमा सोही दिन नै पेस गरी पाँच दिनको म्याद थप गरी अनुशन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी मनोजकुमार लामाले बताउनु भयो ।
शवको पोष्टमार्टम जिल्ला अस्पताल सिन्धुलीमा भदौ ३० गते नै गरिएको र सोही दिन शव आफन्तले बुजेर दाहसत्कार गरेको डिएसपी लामाले जानकारी दिनु भयो ।
नविनबावु अधिकारी
सम्बन्धित समाचारहरू
भलिबल खेल्ने क्रममा विवाद हुँदा कुटपिट, एक जनाको मृत्यु, आरोपित गिरफ्तार
जिल्लाको जुनीचाँदे गाउँपालिका–९ धडगाँउमा जेठ ३ गते भलिबल खेल्ने क्रममा दुई पक्षबिच विवाद भई कुटपिट हुँदा कुटपिटबाट घाइते ३६ वर्षीय रेशमबहादुर खड्काको उपचारका लागि सुर्खेत लैजाँदै गर्दा बाटोमा मृत्यू भएको…
वडाध्यक्षलाई कुटपिट घटनाका आरोपितविरुद्ध प्रहरीले उजुरी लिन नमानेको आरोप
राजपुर नपा–१ का ४० वर्षीय शेष अमिरुल्लाहलाई सोही ठाउँका नेपाली कांग्रेसका कार्यकर्ता ६० वर्षीय शेख अबदुल, ५० वर्षीय खैरुल्लाह, ४२ वर्षीय शेख अजित र ४५ वर्षीय शेख मुस्तकलगायत करिब ३०/४०…
हत्या घटनाका आरोपित गिरफ्तार
खार्पुनाथ गाउँपालिका–५ याङचुका ६१ वर्षीय छत्त शाहीलाई स्थानीय तह निर्वाचन मतगणना स्थल नजिक कुटपिट गरी हत्या गरेको घटनाको आरोपमा प्रहरीले जेठ ८ गते नौ जनालाई गिरफ्तार गरेको छ । हत्याको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले मानेभञ्ज्याङ्ग गाउँपालिका–५ धिम्लेका २७ वर्षीय टङ्कराज राई(रिदम) लाई जेठ ८ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले जेठ ८ गते बलात्कार गरी…
पतिको खुकुरी प्रहारबाट पत्नी घाइते
धनकुटा नगरपालिका–१ हिलेकी ३५ वर्षीया सरस्वतीदेवी पण्डितलाई ३८ वर्षीय पति रञ्जित पण्डितले खुकुरी प्रहार गरी घाइते बनाएको प्रहरीले जनाएको छ । पीडितलाई मादक पदार्थ सेवन गरेका आरोपितले जेठ ८ बिहान…