जेष्ठ नागरिक हत्याको २२ वर्षपछि मुद्दा मुल्तबीमा राख्ने फैसला
भारतको जिल्ला सुपौल कमलपुर ग्राम–२ कुनौली थानाका ६५ वर्षीय रघुबिर मेहताको हत्या गरेको आरोपमा फरार रहेका सोही ठाउँका ४० वर्ष उमेरका मैदिन मियाँ र हलुवान मेहता विरुद्धको उजुरी २०७९ माघ ३ गते मुल्तबीमा राख्ने फैसला भएको छ ।
जिल्ला न्यायाधीश हरिश्चन्द्र इङ्गनामको इजलाशले घटनाको २२ वर्षपछि मुद्दाको अन्तिम आदेश गर्दै मुल्तबीमा राख्ने फैसला गरेको सप्तरी जिल्ला अदालतले जनाएको छ ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ भारदहस्थित कोशी ब्यारेज पुलभन्दा दुई किलोमिटर पश्चिम कोशी पश्चिमी नहरको दक्षिण डिल किनारमा ०५७ साउन ३२ गते जेष्ठ नागरिक मेहताको लाश फेला परेको थियो ।
लाश फेला परेको खबर पछि सनाखत गरेका मृतकका छोरा ३५ वर्षीय सहदेव मेहताले जिल्ला प्रहरी कार्यालयमा ०५७ भदौ १ गते उजुरी दिनुभएको थियो । भारतको बिरपुर अदालतमा तारेख लिन गएका बुबाको पछि–पछि गएका आरोपितहरूले विषादी खुवाई हत्या गरेको सहदेवले आरोप लगाए । शवको पोष्टमार्टमा राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा ०५७ भदौ १ गते भएको थियो । जिल्ला प्रहरी कार्यालयले ०५७ भदौ ८ गते कर्तव्य ज्यानको उजुरी दर्ता गरेको थियो ।
आरोपितहरू फेला नपरेपछि जिल्ला प्रहरी कार्यालयले २० वर्ष पछि जिल्ला सरकारी वकिल कार्यालयमार्फत ०७७ साउन ४ गते अदालतमा अभियोग पत्र दायर गरेको थियो । आरोपितहरू विरुद्ध अदालतले सोही दिन र ०७८ असोज ७ गते वारेण्टसहितको म्यादी पुर्जी जारी गरेको थियो । आरोपितहरू फेला नपरेपछि अदालतले गोरखापत्र राष्ट्रिय दैनिक पत्रिकामा ०७९ असार १३ गते आरोपितहरूको नामको समाह्वान म्याद सूचना जारी गरेको थियो ।
मनोहरकुमार पोखरेल
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कपिलवस्तु बाणगंगा नपा–१० ओदारीका १९वर्षीय मनोज चौधरी र तिलोत्तमा नपा–१० सुपौलीका कुलबहादुर थापालाई माघ १० गते घरबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रुबीभ्याली गाउँपालिका-६ का ४६ वर्षीय आफ्नै बुवालाई प्रहरीले ०७९ माघ १२ गते गिरफ्तार गरेको छ । पीडित सुतेकै अवस्थामा नीलकण्ठ नगरपालिका-१२ साङकोष अस्थाई घरमा…
पीडित महिलालाई इन्सेकद्वारा आर्थिक सहयोग प्रदान
कथित बोक्सी आरोपमा कुटिएकी सिद्धलेक गाउँपालिका–२ बिसटारी की ४७ वर्षीया हिरादेवी सिलवाललाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले ०७९ माघ १३ गते सहयोग नगद उपलब्ध गराएको छ । इन्सेकको पीडित…
कानुनी प्रकृयामा जानका लागि पीडितलाई इन्सेकको सहयोग
आर्थिक अवस्था कमजोर भई कानुनी प्रकृयामा जान नसकेका दुई जना घरेलु हिंसा पीडित महिलालाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय, सुर्खेतले आर्थिक सहयोग गरेको छ । जाजरकोट जिल्लाको…
अनुगमनमा गएका वडा सदस्यमाथि कुटपिट
छिन्नमस्ता गाउँपालिका–५ का वडा सदस्य ४७ वर्षीय योगेन्द्रप्रसाद शर्मा, उहाँका बुबा ७५ वर्षीय बिन्देश्वर शर्मा र भतिजा ३० वर्षीय संजयकुमार शर्मालाई ०७९ माघ ११ गते सोही ठाउँका ५० वर्षीय जयनाथ…