जेष्ठ नागरिक हत्याका आरोपित विरुद्ध उजुरी दर्ता
कालिञ्चोक गाउँपालिका-६ की ७५ वर्षीया पदमकुमारी सुनुवारको हत्या गरेको आरोपमा कालिञ्चोक गाउँपालिका-४ का २३ वर्षीय विक्रम कार्की विरुद्ध ०८१ साउन १३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ ।
पीडित महिला साउन ९ गते आफ्नै घरमा मृत फेला परेकोमा पीडित परिवारको उजुरीको आधारमा आरोपितलाई साउन ११ गते गिरफ्तार गरेको डिएसपी युवराज खड्काले बताउनु भयो । चार दिन अघि परेकी कालिञ्चोक गाउँपालिका ६ पाटागाउँकी ७५ वर्षीय पदमकुमारी सुनुवारको
डिएसपी खड्काले बृद्धा महिलाको घरमा राती बास मागेर बसेका कार्कीले पैसा लुट्ने मनसायका साथ टाउकोमा खुकुरी प्रहार गरी हत्या गरेको अनुसन्धानबाट खुलेको जानकारी दिनुभयो । हत्यापछि फरार रहेका कार्कीलाई बागमती प्रदेश प्रहरी कार्यालयबाट कुकुरसहित खटिएको प्रहरी टोली र दोलखा प्रहरीबाट खटिएको संयुक्त टोलीले गिरफ्तार गरेको हो ।
वैदेशिक रोजगारीमा दुबई जानको लागि परीक्षा दिई काठमाडौँबाट घर फर्कने क्रममा आरोपित कार्की मृतक सुनुवारको घरमा पुगि बास बस्नका लागि अनुरोध गरेका थिए ।
वृद्धाले कार्कीलाई छुट्टै भान्सा कोठामा ओछ्यान लगाई आफू अर्कै कोठामा गएर सुतेकी थिइन् । कार्कीले राती आफू सुतेको कोठामा रहेको खुकुरी लिई वृद्धा सुतेको कोठाको ढोका फुटाई खुकुरीले टाउकोमा प्रहार गरी हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको डिएसपी खड्काले बताउनु भयो ।
उद्धव पोखरेल
सम्बन्धित समाचारहरू
सिरिजङ्घा गाउँपालिका–३ मा महिला मतदाता कम
जिल्लामा रिक्त रहेको एक मात्र सिरिजङ्घा गाउँपालिका–३ सिकैँचाको वडाध्यक्ष पदका लागि मङ्सिर १६ गते हुन लागेको उपनिर्वाचनमा कुल मतदाता एक हजार ५ सय २८ रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ…
संक्रमणकालीन न्याय नागरिक निगरानी समितिद्वारा ध्यानाकर्षण
बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष र सदस्यहरुको नियुक्ति पारदर्शी र स्विकार्य हुनुपर्ने माग गर्दै संक्रमणकालीन न्याय नागरिक निगरानी समिति कोशी प्रदेशले जिल्ला प्रशासन कार्यालय…
सङ्क्रमणकालीन आयोगका पदाधिकारीमा निष्पक्ष र सक्षम व्यक्तिलाई सिफारिस गर्न मानव अधिकारकर्मीद्वारा ध्यानाकर्षण
बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्ष तथा सदस्यका लागि निष्पक्ष र सक्षम व्यक्तिहरूलाई सिफारिस गर्न मानव अधिकारकर्मीहरूले ०८१ कात्तिक २८ गते ध्यानाकर्षण गराएका छन् ।…
निर्वाचन आयोगले देशका विभिन्न ठाउँमा तोक्यो निर्वाचन अधिकृत
स्थानीय तह उपनिर्वाचनका लागि निर्वाचन आयोगले निर्वाचन अधिकृत नियुक्त गरेको छ । मङ्सिर १६ गतेका लागि तोकिएको उपनिर्वाचनका लागि ३२ जना जिल्ला न्यायाधीश, ६ जना राजपत्राङ्कित कर्मचारीलाई निर्वाचन अधिकृत तोकिएको…
हत्या घटनाका आरोपित गिरफ्तार
डिलाशैनी गाउँपालिका–२ छेपट्टाकी २५ वर्षीया सुनिता बोहराको हत्या गरेको आरोपमा प्रहरीले ३० वर्षीय जेठानी दिपा बोहरालाई ०८१ कात्तिक २७ गते गिरफ्तार गरेको छ । पारिवारिक विवाद हुँदा देउरानी सुनिताको टाउकोमा जेठानी…