ज्येष्ठ नागरिक महिलाको शव घर भित्रै गुन्द्रीले छोपेको अवस्थामा फेला
गोकुलगङ्गा गाउँपालिका–४ बेतालीकी ७१ वर्षीया पद्मकुमारी खड्काको शव आधा जलेर गुन्द्रीले छोपोको अवस्थामा ०७९ फागुन ७ गते बिहान उहाँ बस्दै आएको घरमा फेला पारेको छ ।
घरमा एक्लै बस्दै आउनुभएकी खड्काको शव आधा जलेको अवस्थामा देखेपछि छिमेकीले प्रहरीमा खबर गरेका थिए ।
आफू बस्ने घर बिक्री गरे पनि सोही घरमा बस्दै आउनु भएकी खड्काले बिहान अबेरसम्म ढोका नखोलेपछि छिमेकी गंगादेवी बस्नेतले त्यस्तो अवस्थामा देखेपछि देवर रामचन्द्र बस्नेतको सहयोगमा प्रहरीमा खबर गर्नु भएको थियो ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डिएसपी होमबहादुर पराजुलीले चुलो नजिकै कम्मर भन्दा मुनिको भाग जलेको र गुन्द्रीले छोपेर राखेको अवस्थामा शव फेला परेको बताउनुभयो ।
शवको पोष्टमार्टम फागुन ७ गते मन्थली अस्पतालमा गरियो । घटनाको अनुसन्धान सुरु गरिएको डिएसपी पराजुलीले बताउनुभयो ।
नवराज पथिक
सम्बन्धित समाचारहरू
पत्रकार कुटपिट घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी
गजुरी गाउँपालिका-१ निवासी नेपाल पत्रकार महासङ्घ धादिङका सदस्य तथा ग्यालेक्सी फोरके टेलिभिजनका संवाददाता ३४ वर्षीय विकास रौनियारलाई अवैध बालुवा उद्योगको समाचार र भिडियो खिचेको भनि कुटपिट गरेको आरोपमा सोही ठाउँका…
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको छ । केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको राष्ट्रिय जनगणना ०७८ को प्रतिवेदन अनुसार नेपालको कुल जनसंख्यामध्ये पुरुषको संख्या…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
३७ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले ४३ वर्षीय चैत १० गते गिरफ्तार गरेको छ । आरोपितले बहुविवाह गरेर छुट्टै बस्दै आएकोमा चैत ७ गते घरमै पुगेर बलात्कार प्रयास…
घरेलु हिंसा पीडितलाई इन्सेकको सहयोग
घरेलु हिंसा पीडित बाणगङ्गा नगरपालिका –४ डुंगहवा माइती घरमा बस्दै आएकी २८ वर्षीया बिनु चौधरीलाई इन्सेकले चैत ११ गते आर्थिक सहयोग गरेको छ । मानव अधिकार समूहका अध्यक्षलगायतका समूहका पदाधिकारीहरूको…
स्थानीय तहमा इजलास अभावले न्याय सम्पादनमा समस्या
संविधानले स्थानीय तहमका न्यायिक समितिलाई न्याय सम्पादनको अधिकार प्रदान गरेपनि रसुवामा स्थानीय तहमा न्याय सम्पादन गर्न छुट्टै इजलास कक्ष नभएकोले न्याय सम्पादनमा कठिनाई भएको छ । नेपालको संविधान अनुसूचि ८…